Posts

Showing posts from October, 2022

उपयोगी वेबसाइट

  विद्यार्थीलाई उपयोगी ८ वेबसाइट काठमाडौं । विद्यार्थीलाई अध्ययनका क्रममा विभिन्न शैक्षिक सामग्रीहरूको आवश्यकता परिरहेको हुन्छ । पहिले पहिले यसका लागि पुस्तकालय अथवा शिक्षक–शिक्षिकाहरूले कहाँ जानुको कुनै विकल्प थिएन । तर आज हामीसँग इन्टरनेटको सहज उपलब्धताका कारण यो अवस्थाको अन्त्य भएको छ । इन्टरनेटको प्रयोगबाट हामीलाई आवश्यक पर्ने सामग्री सहजै भेटाउन सक्छौं । अहिलेको अवस्थामा कुनै पनि समस्याको समाधान इन्टरनेटमा छ । तर, त्यसका लागि उपयुक्त वेबसाइट र कन्टेन्ट छनोट सबैभन्दा महत्वपूर्ण विषय हो । विशेष गरी विद्यार्थीहरूलाई बाह्य क्रियाकलापका लागि कस्ता कन्टेन्ट र कुन वेबसाइट उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी जानकारी दिँदैछौ ।​ टेड टक्स (TED Talks) ​यदि तपाईंलाई आफ्नो सृजना क्षमता अथवा विचारमा नयाँ उचाइ लिन मन छ भने यो वेबसाइट निकै सहयोगी हुनेछ । यसमा तपाईंले हजारौं भिडिओहरू र विभिन्न वक्ताहरूले बोलेका कुराहरू पाउन सक्नुहुन्छ । यस भएका सामग्रीहरू १०० भन्दा बढी भाषाहरूमा उपलब्ध छन् । पेपर राइटर (Paper Writer) विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रम अनुसार विभिन्न शीर्षकमा लेख्नु पर्ने हुन्छ ।...