अभिभावकको गल्ती
अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत डा. विजय ज्ञवाली ‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् । बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी लगभग हरेक बालबालिकामा देखिन्छ । एकल परिवारमा आमाबाबु दुवै काममा व्यस्त हुने भएकाले बच्चालाई पर्याप्त समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बच्चालाई भुलाउन उनीहरुको हातमा मोबाइल थमाइदिन्छन् । यसले उनीहरुलाई मोबाइलको लत बसाइदिन्छ । जसबाट छुटाउन निकै सकस पर्छ । १. अभिभावकले समय नदिनु बालबच्चालाई मोबाइल वा टीभीको लत बस्नुमा अभिभावक नै जिम्मेवार हुन्छन् । आफ्ना आमाबुबालाई फोनमा व्यस्त भएको देख्दा उनीहरुले पनि त्यही सिक्ने हुन् । आमाबुबाले समय नदिंदा उनीहरुले विकल्प खोज्छन् र त्यसको पहिलो प्राथमिकतामा मोबाइल पर्छ । समय बिताउन मोबाइल चलाउँ...