Present Curriculum
© Onlinekhabar अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन २०८१ कात्तिक २ गते ७:४१२०८१ कात्तिक २ गते ७:४१ डा. विजय ज्ञवाली अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन जब बच्चा हुर्कंदै जान्छन्, उनीहरूमा तीन प्रकारको विकास हुन्छ । एक– शारीरिक, दुई– सामाजिक, तीन– भावनात्मक । त्यसमध्ये हामीले आँखाले देख्ने विकास भनेको शारीरिक हो । शारीरिक विकास हामी झट्ट देख्न सक्छौं । अहिले हाम्रो बालबालिकालाई पढाउने जुन तरिका छ, त्यो शारीरिक विकासमा केन्द्रित छ । त्यस्तै हाम्रो ‘प्यारेन्टिङ’ अर्थात् बच्चा हुर्काउने विधि पनि शारीरिक विकासमा केन्द्रित छ । तर, एउटा बच्चालाई कसरी भावनात्मक र सामाजिक रूपमा विकास गर्न सकिन्छ ? यसबारे हाम्रो विद्यालयको शिक्षाले केही भन्दैन । पाठ्यक्रमले केही भन्दैन । उदाहरणका लागि, तपाईंले कुनै विद्यालय-कलेजको विज्ञापन हेर्नुहोस् । त्यसमा यस्तो विद्यार्थीको फोटो राखेर विज्ञापन गरिन्छ, जसको भौतिक विकास भएको देखिन्छ । जस्तो, परीक्षामा उत्कृष्ट अंक हासिल गरेका छन् भने, रूपरंगका हिसाबले ‘सुन्दर’ देखिएका छन् भने, कुनै चर्चा क...