अभिभावकले मनन गर्नु पर्ने कुराहरु
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ! २, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस्! ३, दैनिक सबै बिषयको कापी हेर्नुहोस। उस बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन ! ४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ ! ५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस् ! ६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस ! ७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस ! ८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस ! ९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्...