अभिभावकज्यूहरुमा विशेष अनुरोध


१. तपाईँका नानीहरुलाई सँधै सही समयमा विद्यालय पठाइदिनुहोस् । विद्यालय नआउँदा उसको पढाइ छुट्ने भएकाले उ पढाइमा पछि पर्न सक्छ । 

२. आफ्ना नानीहरुको विद्यालय आउने र फर्कने समयको विचार गर्नुहोस्, कतै नानीहरु अनावश्यक रुपमा बरालिने त गरेका छैनन् ?

३. कतिनानीहरु घरबाट विद्यालय जान भनेर हिड्ने तर विद्यालय नआउने गरेका पनि हुन सक्छन, त्यसैले अभिभावकज्यूहरुलाई समय समयमा विद्यालय आफै आएर वा वर्ग शिक्षकहरुलाई समय समयमा फोन गरेर आफ्नानानीहरुको बारेमा थाहालिन अनुरोध गरिन्छ । 

४. नानीहरुको सङ्गत, आनीबानी, आचार व्यवहार आदिको बारेमा उनीहरुले थाहा नपाउनेगरी ख्याल गरिदिनुहुन र त्यसमा अवान्च्छित बदलाव आएको पाइएमा तुरुन्तै विद्यालयमा आई थप छलफल गर्नुहुन अनुरोध गरिन्छ । 

५. आफ्नानानीहरुको विशेष रुचि, क्षमता, प्रतिभा, त्यस्तै केही शारीरिक वा मानसिक कमीजोरी भए त्यसको बारेमा समयमा नै विद्यालय प्रशासनलाई वर्ग शिक्षक मार्फत जानकारी गराउन अनुरोध गरिन्छ । 

६. नानीहरुको पोशाक, सरसफाइ आदिमा विशेष ध्यान पु¥याई दिनुहोला । नानीहरुका पोशाक, मोजा इत्यादी दिनहु धुने र आइरन गर्ने गरेमा नानीविशेष रुपले स्मार्ट देखिने गर्दछ, त्यसमा ध्यानपु¥याइ दिनुहोला । उनीहरुको पुस्तक च्यातिएको भएमा त्यसमा गाता लगाइदिनुहोला । ब्यागको चेन बिग्रिएको हुन सक्छ, नानीलाई व्यागको चेन लगाउने तरिका राम्ररी सिकाइदिनुहोला । विद्यालय आउँदा उनीहरुको टिफिनको व्यवस्था गरिदिनुहोस् । पानीको बोतल अनिवार्य बोक्न लगाउनुहोस् ।

७. आफ्ना नानीहरुले घरमा अध्ययन गर्ने, गृहकार्य गर्ने कुराको सुनिश्चितता गर्नुहोस् । नानीहरुलाई घरमा पढ्ने वातावरणको व्यवस्था गर्नुहोस् । अध्ययनका लागि कर गर्ने वा दवावदिने भन्दापनि प्रोत्साहन गर्नुहोस् । 

८. नानीहरुलाई प्रशस्त समय दिनुहोस् । उनीहरुसँग बसेर घरका, उसका साथीहरुका, विद्यालयको वातावरण, शिक्षक, पढाइआदिको बारेमा खुलेर कुरा गर्नुहोस् । उसलाई बढी भन्दा बढी कुराहरु गर्न प्रोत्साहित गर्नुहोस् । उसका कुरा गराइबाट तपाइले उसका कमीकमजोरीहरु थाहापाउन सक्नुहुन्छ, कति कुराहरु समयमै सच्याउन सकिन्छ । 

कुरा गर्दा आफ्नो मातृभाषाको प्रयोग गर्नुहोस् , यसबाट आफ्नो मातृभाषा लोप भएर जाने सम्भावना कमहुन्छ । नेपाली भाषाको प्रयोग पनि गर्नुहोस् । नानीहरुलाई विद्यालयमा नेपाली भाषामा अध्यापन गराइने भएकाले यो भाषा सिक्नपनि उत्तिकै आवश्यक छ ।

९. सचेत रहनु होस्, तपाईको नानीकुनै दुव्र्यवहारको सिकार त भइरहेको छैन? विशेष गरी दुव्र्यवहार चिनेजानेकै मानिसहरुबाट हुने गरेको छ । नानीहरुलाई अन्यायको विरुद्ध खुलेर बोल्न पे्ररित गर्नुहोस् ।

१०. तपाईहरु पाक्षिक रुपमा विद्यालय आउने गर्नुहोस् । तपाईहरुको उपस्थितिको विद्यालयमा अभिलेख राखिने छ । 

११. नानीहरु विद्यालयको सम्पर्कमा मात्र ६÷७ घण्टा रहन्छन्, बाँकी समय तपाईहरु सँगै रहने हुँदा तपाईहरुको जिम्मेवारी बढी रहेको कुरा घामजत्तिकै छर्लङ्ग छ ।

१२. शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयत्नबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार हुने हो । विद्यार्थीको क्षमताको विकास भन्नु नै विद्यालयको विकास हो । 

१३.बालबालिकाको पहिलो विद्यालय उसको घर हो । बालबालिकाहरुमा आमा, बुवाका व्यवहारको प्रत्यक्षप्रभाव पर्ने भएकाले भभिभावकहरुले विशेष रुपमा आफ्ना कमीकमजोरीहरु आफ्नानानीहरुको अगाडिन देखाउनुहोस् । 

१४. नानीहरुलाई मोबाइल फोनको अत्यधिक प्रयोग तथा सामाजिक सञ्जालबाट पर राख्नुहोस् । फेसबुक आदिको प्रयोगबाट नानीहरुको पढाइमाठूलो क्षतिपुग्न सक्छ । पढाइका सन्दर्भमा आइपरेका समस्याहरु गुगलमा तथा विश्वकोषमा खोज्ने बानीको विकास गराउनुहोस् ।

१५. नानीहरुको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासकालागि फुर्सदको समयमा नानीहरुलाई खेलकुद, योग, ध्यान आदिमा लाग्न प्रोत्साहन गर्नुहोस् ।

१६. नानीहरुलाई पोषणयुक्त सन्तुलित भोजनको व्यवस्था गरिदिनुहोस् । पोषणयुक्त खानाले नानीहरुको सर्वपक्षिय विकासमा सहयोग पु¥याउछ । जङ्क फुड्सको प्रयोग भरसक गर्न नदिनुहोस् ।

१७. आफ्ना नानीहरुलाई नैतिक शिक्षाको ज्ञानदिनुहोस् । उच्च नैतिकचरित्र नै समाज निर्माणको आधार हो । कुरीति र अन्धविश्वासबाट नानीहरुलाई पर राख्नुहोस् ।

१८. कपाल, मुन्द्रा, गरगहना आदिमा ध्यान दिनुहोस् । आवश्यकता भन्दा भड्किलो स्वाभाव देखिएमा त्यसले हानी गर्न सक्छ ।


(श्रोत: सामाजिक संजाल)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books