शिक्षक आन्दोलन २०८१/८२

|| विद्यालय शिक्षा विधेयक, २०८० ||  Images

उपसमितिको छलफलपछि  ८२/०२/०४ Click  Images

**********************************

शिक्षकका मागहरू

१. सरकारसँग २०७५, २०७८, २०८० मा भएका सहमति सम्बोधन हुने गरी यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने

२. राहत, साबिक उमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिकलगायत सबै अस्थायी शिक्षकको दरबन्दी कायम गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी, स्थायी हुन नसके 'गोल्डेन ‌ह्यान्डसेक'

३. शिक्षक दरबन्दी पुनर्वितरण तथा मिलान कार्यदलको सुझावअनुसार दरबन्दी थप गरी वितरण

४. विद्यालय कर्मचारीको दरबन्दी कायम गर्दै अधिकृत, नायब सुब्बा र खरिदार पदमा स्थायी गर्नुपर्ने

५. बालविकास शिक्षालाई विद्यालय संरचनामा ल्याउँदै त्यहाँका शिक्षकलाई स्थायी गर्नुपर्ने

६. तृतीय, द्वितीय, प्रथम र विशिष्ट श्रेणीमा अनुपात वृद्धि गरी शिक्षक बढुवा गर्नुपर्ने

७. हरेक १० वर्षमा शिक्षक बढुवाको व्यवस्था गर्नुपर्ने

८. शिक्षकको तलब र ग्रेड निजामती कर्मचारीको भन्दा बढी हुनुपर्ने

९. शिक्षक स्थायी गर्दा २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको सुनिश्चितता हुनुपर्ने

१०. द्वन्द्वपीडित शिक्षकको छुटेको सेवा अवधि गणना गरी नियमअनुसार उपदान र निवृत्तिभरणको व्यवस्था गरिनुपर्ने

११. निजी विद्यालयका शिक्षकको तलब सामुदायिक विद्यालयका शिक्षकको सरह हुनुपर्ने

१२. निजी विद्यालयका शिक्षकको तथ्यांक शिक्षा विकास तथा समन्वय इकाइले राख्नुपर्ने र अनिवार्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने

१३. शिक्षक सेवा आयोगबाट प्रधानाध्यापकको चयन र नियुक्ति, प्रधानाध्यापकको छुट्टै दरबन्दीको व्यवस्था

१४. अधिकार सम्पन्न शिक्षण काउन्सिलको व्यवस्था

१५. शिक्षकलाई विभागीय कारबाही गर्न जिल्ला, प्रदेश र संघका कार्यालयको कार्यविभाजन हुने व्यवस्था

१६. शिक्षकको कार्यसम्पादन मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ र प्रादेशिक कार्यालयबाट गर्ने व्यवस्था

१७. शिक्षकको सरुवा पालिका, जिल्ला र प्रदेश तहबाट गर्ने मापदण्ड बनाउने

१८. शिक्षण पेसा प्रवेश उमेर ४० वर्ष कायम गर्नुपर्ने

१९. अभिभावक, बाहुल्य हुने विद्यालय व्यवस्थापन समितिको व्यवस्था

२०. विद्यालयको सम्पत्ति गैरशैक्षिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गर्नुपर्ने

२१. शिक्षकका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था

२२. पालिका, जिल्ला, प्रदेश, संघमा रहेका शैक्षिक प्रशासनका पदमा शिक्षक लैजाने प्रबन्ध

२३. शिक्षकलाई अध्ययनमा आर्थिक सहयोगको व्यवस्था

२४. शिक्षकलाई मासिक तलब

२५. शिक्षक अस्पताल स्थापना

***

१. राहत, करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी

२. स्थायी हुँदा अस्थायीको सेवा अवधि जोड्ने, नहुनेलाई गोल्डेन हेन्डसेक

३. विद्यालय कर्मचारीको तह तोकेर शिक्षक सेवा आयोगबाट स्थायी गर्ने

४. बाल कोटाका शिक्षकलाई दरबन्दीमा परिणत गरी स्थायी प्रक्रिया थाल्ने

५. स्थायी शिक्षकको १० वर्षमा तहगत बढुवा, निजामती सरह तलब र ग्रेड

६. प्राविबाट निमावि हुँदै मावि शिक्षक बन्न आन्तरिक प्रतिस्पर्धामा कोटा

७. द्धद्ध पीडित र शिक्षक नेताको टुटेको अवधि गणना गरी उपदान वा पेन्सन

८. निजी स्कूलका शिक्षकको तलब सामुदायिक सरह, सामाजिक सुरक्षा कोष

९. प्रधानाध्यापकको छुट्टै दरबन्दी, स्थायी शिक्षकबीच प्रतिस्पर्धाबाट नियुक्ति

१०. शिक्षण काउन्सिल स्थापना, राज्यको मर्यादाक्रममा शिक्षकको पनि तोक्ने

११. शिक्षक नियुक्ति, सरुवा, कासमु, कारवाहीको अधिकार स्थानीय तहलाई नदिने

१२. सबै तहका सरकारको शैक्षिक प्रशासनका पदहरुमा शिक्षण पेसाबाट लैजाने।


निजामती vs शिक्षा 

एउटा खरदारको सेवा प्रवेशको लागी न्युनतम शैक्षिक योग्यता १० कक्षा पास चाहिन्छ। तर, एउटा प्राथमिक शिक्षकलाई सेवा प्रवेशको लागी न्युनतम शैक्षिक योग्यता 12 कक्षा पास चाहिन्छ।

एउटा खरदारको अंतिम ग्रेड संख्या १० ओटा छ। तर, एउटा प्राथमिक शिक्षकको अंतिम ग्रेड संख्या ६ ओटा मात्र छ ।

एउटा खरदारको दुर्घटना बिमा १० लाख को छ । तर, एउटा प्राथमिक शिक्षकको दुर्घटना बिमा छैन।

एउटा खरदारको संततिलाई उच्च शिक्षा पढन छात्रवृत्ति छ। तर, एउटा प्राथमिक शिक्षाकको संतान लाई उच्च शिक्षा पढन छात्रवृत्ति छैन ।

एउटा खरदार लाई रकम सहित 10 दिने भ्रमण काज छ ।एउटा प्राथमिक शिक्षाकलाई त्यो सुविधा छैन ।

एउटा खरदार बढुवा भएर उपसचिव सम्म पुगेको छ ।एउटा प्राथमिक शिक्षाक जीवनभरि तृतीय श्रेणी मै रहन बाध्य छन् ।

एउटा खरदारको निजामती अस्पताल छ । एउटा प्राथमिक शिक्षकको कुनै अस्पताल छैन।

खाली , खरदार र प्राथमिक तृतीय शिक्षक को तलब भत्ता मात्र बराबर छ । बांकी केही बराबर छैन ।



फरक मत: 

# शिक्षकहरुको आन्दोलन किन ??

१) निशुल्क शिक्षा हुनुपर्छ भनेर हो ? हैन !

२) सरकारी स्कुललाई गुणस्तरीय बनाउनुपर्छ भनेर हो ? हैन !

३) सरकारी विद्यालयमा विद्यार्थीको संख्या थोरै भयो भनेर हो ? हैन !!

४) सरकारी स्कुलमा राजनीतिकरण गर्नुहुँदैन भनेर हो ? हैन !

५) सरकारी शिक्षकले private bording स्कुल खोल्न हुन्न भनेर हो ? हैन !

६) शिक्षकले राजनीति गर्नुहुँदैन भनेर हो ? हैन !!

७) स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न पाईँदैन भनेर हो ? हैन !

८) सरकारी स्कुलमा विद्यार्थीभन्दा शिक्षक धेरै भयौँ भनेर हो ?😜 हैन, हैन !!

९) ६० बर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश हुनुपर्छ भनेर हो ? त्यो पनि हैन !!!

१०) दुर्गम र विकट ठाउँमा शिक्षक, किताब र शैक्षिक सामग्री समयमा किन पुगेन भनेर हो? हैन !

अनि के चैँ हो त ??

आफ्ना छोराछोरीलाई निजि स्कुलमा पढाएर, सरकारी स्कुलमा तलब थोरै भयो भन्दै सडकमा रमिता देखाउनु ठिक भएन !! पढाइ राम्रो भएन भन्दै विद्यार्थीले स्कुल छाड्न मिल्छ भने, मास्टरले पनि तलब थोरै भएमा जागीर छाड्न मिल्छ !!

***

# यति लामो आन्दोलन गर्ने शिक्षकका माग यति चै हुनुपर्ने होः

१) १२ कक्षा सम्म निशुल्क शिक्षा।

२) सरकारी विद्यालयको गुणस्तरीयतामा जोड।

३) सरकारी विद्यालयमा विद्यार्थीको संख्या बढाउने योजना। 

४) सरकारी स्कुलमा राजनीति प्रतिबन्ध।

५) सरकारी शिक्षकले private bording स्कुल खोल्न रोक। 

६) शिक्षकले विद्यार्थीलाई पिट्न, गाली गर्न र भेदभाब गर्न रोक।

७) स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न निषेध।

८) विद्यार्थीभन्दा शिक्षक धेरै भएका स्कुलहरु अर्को स्कुलमा समायोजन। 

९) ६० बर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश।

१०) दुर्गम र विकट ठाउँमा शिक्षक, किताब र शैक्षिक सामग्रीको सहज वितरण।

११) प्राविधिक र प्रयोगात्मक शिक्षामा जोड। 

१२) विद्यालयको स्तोरोन्नती, एक विद्यालय एक पुस्तकालय। 

१३) शिक्षकलाई प्रविधीको तालिम। 

१४) शिक्षकका छिराछोरी बोर्डिङ स्कुल पठाउनमा रोक। 

१५) विद्यार्थीको चाहना र रुची अनुसारको विषय छनौट र शिक्षण बिधी।

१६) आफूले पढाउने विषयमा ९०% भन्दा कम विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई कार्वाहि।

१७) महंगी अनुशार तलब र सेवा सुविधा बढुवा।


***


२०८१/०१/१७ को सहमति:

के के भयो सहमति?

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक - राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५)  स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने । @शिक्षा 



*********


आन्दोलन :


#१७ (८१/०१/०५)

ओजस्वी 

#२० (८१/०१/०८)

लजिता प्रदर्शन  समाचार  राजीनामा फरक  क्षमता विचार

#२१ (८१/०१/०९)

अभिनय प्रदर्शन अध्यक्ष तस्वीर विचार परीक्षा

#२२ (८१/०१/१०)

अन्तर्वार्ता चेतावनी तलब 

#२३ (८१/०१/११)

रक्तदान आदेश विश्लेषण विश्लेषण

#२४ (८१/०१/१२)

चित्रबहादुर निर्देशन 

#२५ (८१/०१/१३)

वार्ता वार्ता यज्ञमणी

#२६ (८१/०१/१४)

झडप :      

घाइते :       लिस्ट

#२७ (८१/०१/१५)

र्‍याली संसद झलनाथ 

#२८ (८१/०१/१६)

र्‍याली 

मोफसल : बिर्तामोड कनकाई मेची शिवसताक्षी गौरीगञ्ज

धरान

#२९ (८१/०१/१७)

र्‍याली समाचार सहमति बुँदा  समझदारी मन्त्रीपरिषद्  नीति आभार  प्रष्टिकरण:  

---------------

(८१/०१/१९)

कर्मचारी आन्दोलनको घोषणा


******

#विचार :

लक्ष्मी शिक्षा घनश्याम वासु अभिषेक विश्वर लिला जीवन प्रकृति

Comments

Popular posts from this blog

Leave बिदा

Books