बिदाको सदुपयोग
अभिभावकज्यूहरु , सादर नमस्कार ! विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिने क्रममा छ | यस पछि उनिहरुलाई कम्तीमा १० दिन जतिको छुट्टि हुदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु | - कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला | - बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला | - बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला | - कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला | - चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला | - चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै माई स्नान गर्न लैजानु होला | - गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली ग...