Posts

Showing posts from June, 2023

कमजोर पढाईका कारण

 वर्तमान अवस्थामा विद्यार्थीहरुमा अनुशासनहिनता तथा पढ़ाई प्रति उदासीनता देखिनु पछाडिका केहि प्रमुख कारणहरु : 1. ग्रेड सिस्टम : यसले विद्यार्थिहरुमा नपढ़िकन पनि पास हुन सकिन्छ भन्ने धारणाको विकास भएको छ। फेल हुने डर नै हराएर गएको छ जबकि जीवनको हरेक क्षेत्रमा आफूले गरेको मेहनतको आधारमा फेल र पास हुने सिद्धान्त कायम छ । स्वभावले नै मानिस मौजमस्ती खोज्ने प्राणी ( Pleasure seeking animal) हो। यस अवस्थामा नपढीकन पनि पास भइन्छ भन्ने ग्रेड सिस्टमले  विद्यार्थिहरुलाई पढ़ाई प्रति गम्भीर हुन दिएको छैन। 2. चीटिंग सिस्टम : SEE परीक्षा होस या 12 को परीक्षा फेल हुने विद्यार्थिहरु पनि व्याप्त चीटिंगले गर्दा राम्रो डिवीजनमा पास भएका छन। यसले आफू भन्दा जूनियर विद्यार्थिहरुमा प्रत्यक्ष सन्देश दिएको छ : चिंता नगर नपढीकन पनि चोरेर पास हुन हुन्छौ र जब विद्यार्थिहरुसंग मेहनत गरेर पढेर पास हुने र चोरेर पास हुने दुइवटै विकल्प छन भने ऊनीहरु सजिलो तरीका चोरेर पास हुने छनोट गर्छन।  3. पढ़ाई बाहेक आनन्दको विकल्प : हाम्रो बेलामा हामी संग दुइवटा बिकल्प हुन्थे : की त पढ्नु पर्यो की त खेतमा  या जंगलमा य...

बालबालिकामा हर्ट अट्याक

 अभिभावकहरु ध्यान दिनुहोस्  हार्ट अट्याकबाट ११ बर्षिय विद्यार्थीको मृत्यु कारण डाक्टरहरुले भनेका छन्:  १• बिहान बच्चाहरुलाई काचो निन्द्रामा उठाउनाले ( निन्द्रा पूरा नहुनाले )  २• बिहान नास्ता बिना खाली पेट स्कुल पठाउनाले । ३• बच्चाको कुल वजन भन्दा बढी स्कुल ब्याग बोक्नाले । ४• स्कुलको होमवर्क पूरा नगरेकोमा शिक्षकको दबाब ।   ५• बोकेर लगेको खाना खान नपाउनाले ।  ६• स्कुलबाट आउने बित्तिकै नुहाउनाले, चिल्लो गुलियो खाना खुवाउनाले । ७• घरमा आराम नगरी होमवर्क सकाउनको लागि बुबा आमाको दबाब दिनाले... अभिभावकहरु के ८-१० बर्षको बच्चालाई पनि डाक्टर, इन्जिनियर , लप्टन , इनिस्पेकट पाइलट बनाउनुहुन्छ?  आफुलाई हेर्नुहोस कति पढ्नुभाछ र तपाईंले कहिलेदेखि स्कुल जान सुरु गर्नुभयो, तपाईंले उस अबोध बच्चाको जिबनको पछी लागिरहनु हुन्छ ।  हामीले एकअर्काको देखासिकीमा बच्चाको बचपन छिनिरहेका छौँ ।  तपाई जवान हुनुहुन्छ बिहान ५ बजे उठेर अढाइ बजेसम्म रेगुलर काम गरेर देखाउनुहोस र त्यसपछि भोजन गरेर फ़ेरि तुरुन्तै काम गरेर देखाउनुहोस। सानो अबोध बच्चाको साथ यति अन्याय के सहि ह...