राम्रो विद्यालयका लक्षण
राम्रा विद्यालयका २० लक्षणहरु १) प्रअ दुरदर्शी र योजना बनाउने हुन्छन्। रीस नियन्त्रण गर्ने क्षमता हुन्छ। आवश्यक समयमा तुरुन्त निर्णय लिन सक्छन्। २) शिक्षकहरुमा टीमवर्क हुन्छ। कुनैपनि शिक्षकमा पक्षपातपूर्ण व्यवहार र विभेद हुँदैन। शिक्षक मिलनसार र संयमित हुन्छन्। ३) विद्यार्थीहरुसँगको व्यवहार प्रष्ट र पारदर्शी हुन्छ। कुनैपनि आधारमा शिक्षकले विद्यार्थीलाई भेदभाव गर्दैनन्। शिक्षकहरुसँग विद्यार्थीको सम्पूर्ण जानकारी हुन्छ। ४) कक्षाहरु सफा र सुन्दर हुन्छन्। कक्षामा हावा र प्रकाश छिर्ने वातावरण हुन्छ। कक्षामा सबैतिर घुमेर पढाउन सक्ने गरी कक्षाको व्यवस्थापन गरिएको हुन्छ। ५) प्रअले हरेक शिक्षकको व्यक्तिगत फाइल बनाएका हुन्छन्। सकरात्मक कुराहरुको उक्त फाइलमा नोट गरिएको हुन्छ। शिक्षकले हरेक विद्यार्थीको व्यक्तिगत फाइल खडा गरेका हुन्छन्। ती फाइलमा विद्यार्थीको नकरात्मक बानीभन्दा सकरात्मक प्रयासलाई प्राथमिकतामा राखिएको हुन्छ। ६) विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध सँधै सकरात्मक र मिजासिलो हुन्छ। विद्यालयको भलाईका निम्ति छलफल र योजना बनाइन्छ। ७) कुनैपनि शिक...