Posts

Showing posts from April, 2024

पुस्तान्तर

हजुरबुवा पहाड हुनुहुन्थ्यो  बुवा मधेसको गाउँ झर्नुभयो  हामी छोराछोरी सहर पस्यौं  हाम्रा छोराछोरीहरू दुबई,कतार,मलेसिया हिँडे नातिनातिना अमेरिका,अष्ट्रेलिया, जापान हिँडे त्यसपछिका कहाँ जालान् ? हजुरबुवा ढिँंडो र आटोमै बस्नुभो  बुवा भातको खोजीमा झर्नुभो हामी फ्राइ राइसमा दौडियौं हाम्रा छोराछोरी चाउमिन र मममै अघाए  नातिनातिना पिजा,बर्गर खान थाले  त्यसपछिकाले के खालान् ? हजुरबुवाले सल्लाका दाउरामा पकाउनुभो  बुवाले सालका दाउरामा पकाउनुभो हामीले स्टोभचुल्हो बालेर पकायौं छोराछोरीले ग्यासचुल्हो बालेर पकाए  नातिनातिनाले बिजुलीचुल्होमै पकाए त्यसपछिकाले केमा पकाउलान् ? हजुरबुवा हिँडेरै खबर पुर्याउनुहुन्थ्यो  बुवाले हुलाकबाट चिठी पठाउनुहुन्थ्यो  हामीले टेलिफोनबाट खबर पुर्‍याउँथ्यौं  छोराछोरीले मोबाइलमा हेर्दै कुरा गर्थे  नातिनातिनाले आइफोनबाटै भिडियो कल गर्न थाले  त्यसपछिकाले के गर्लान् ? हजुरबुवा गोरेटो र घोडेटोमा हिँड्नुभो बुवा मालबाहक ट्रकमा हिँड्नुभो हामी साइकल र बसमा हिँड्यौं छोराछोरी मोटरसाइकल र एसी डिलक्स बसमा हिँडे  नातिना...

Funny

 4. Promotion My boss thinks I'm stupid. He sent me to buy 2kg of sugar yesterday but I found only 1kg at the shop so I didn't buy. When I came back he was pissed off saying I should have used my brain and buy two 1kgs to make 2kg of sugar. I kept quiet, today he sent me to buy size 6 of shoes and there was no size 6 but only size 3. So this time I used my brain and bought 2 pair's of size 3 shoes to make size 6. He told me to wait outside the office I saw him writing I think it's a promotion letter who knows!! ************ 3. Behind Success When a group of tourists visited a crocodile farm, the owner of the place launched a daring proposal; -Whoever dares to jump, swim to shore and survive, I will give 1 million dollar. Nobody dared to move. Suddenly, a man jumped into the water and desperately swam towards the shore while he was chased by all the crocodiles. With great luck he arrived, taking the admiration of everyone in the place, then the owner announced; -We have ...

Cockroach Theory

 एउटा रेस्टुरेन्टमा अचानक कतैबाट एउटा साङ्लो उडेर एउटी महिलामाथि बस्यो । उनी डरले कराउन थालिन् । आतंकित अनुहार र काँपिरहेको आवाजका साथ, उनी उफ्रन थालिन् । आफ्ना दुवै हातले साङ्लोबाट छुटकारा पाउनको लागि सक्दो प्रयास गर्दै थिइन्। उनको त्यो व्यवहारले समूहका सबैजना पनि आतंकित भए। ती महिलाले अन्ततः साङ्लोलाई फाल्न सफल भइन् तर ... त्यो साङ्लो समूहकी अर्की महिलामा खस्यो। अब समूहमा रहेका अर्की महिलाले पनि उस्तै प्रतिक्रिया जनाउन थालिन् । वेटर साङ्लोबाट छुटकारा दिन अगाडि बढे । ती महिलाबाट साङ्लो फड्केर वेटरमाथि खस्यो । वेटर अडिग उभियो, उसको शर्टमा रहेको साङ्लोको व्यवहार हेर्यो। जब मौका आयो, उसले साङ्लोलाई आफ्नो औँलाले समात्यो र रेस्टुरेन्टबाट बाहिर फालिदियो। अब सोचौं त, के ति महिलाहरू तर्सनुको लागि त्यो साङ्लो जिम्मेवार थियो त ? थियो भने  वेटरलाई किन विचलित भएन ? उसले विना कुनै हल्लाखल्ला त्यो समस्यालाई समाधान गर्यो । अब यो घटनालाई जीवनको क्रिया र प्रतिक्रियासँग दाजेर हेरौं । जीवनमा साङ्लो जस्ता चिज जीवनमा कता कताबाट फड्केर आइ नै रहन्छ । तर त्यसको असर तपाईले कसरी प्रतिक्रिया दिनुहुन्छ ...