Cockroach Theory

 एउटा रेस्टुरेन्टमा अचानक कतैबाट एउटा साङ्लो उडेर एउटी महिलामाथि बस्यो । उनी डरले कराउन थालिन् । आतंकित अनुहार र काँपिरहेको आवाजका साथ, उनी उफ्रन थालिन् । आफ्ना दुवै हातले साङ्लोबाट छुटकारा पाउनको लागि सक्दो प्रयास गर्दै थिइन्। उनको त्यो व्यवहारले समूहका सबैजना पनि आतंकित भए।


ती महिलाले अन्ततः साङ्लोलाई फाल्न सफल भइन् तर ... त्यो साङ्लो समूहकी अर्की महिलामा खस्यो। अब समूहमा रहेका अर्की महिलाले पनि उस्तै प्रतिक्रिया जनाउन थालिन् ।


वेटर साङ्लोबाट छुटकारा दिन अगाडि बढे । ती महिलाबाट साङ्लो फड्केर वेटरमाथि खस्यो ।


वेटर अडिग उभियो, उसको शर्टमा रहेको साङ्लोको व्यवहार हेर्यो। जब मौका आयो, उसले साङ्लोलाई आफ्नो औँलाले समात्यो र रेस्टुरेन्टबाट बाहिर फालिदियो।


अब सोचौं त, के ति महिलाहरू तर्सनुको लागि त्यो साङ्लो जिम्मेवार थियो त ? थियो भने  वेटरलाई किन विचलित भएन ? उसले विना कुनै हल्लाखल्ला त्यो समस्यालाई समाधान गर्यो ।


अब यो घटनालाई जीवनको क्रिया र प्रतिक्रियासँग दाजेर हेरौं । जीवनमा साङ्लो जस्ता चिज जीवनमा कता कताबाट फड्केर आइ नै रहन्छ । तर त्यसको असर तपाईले कसरी प्रतिक्रिया दिनुहुन्छ त्यही अनुसार देखिन्छ । जस्तै; तपाईलाई सडकको ट्राफिक जामले बाधा पुर्‍याउने होइन, तर ट्राफिक जामले गर्दा हुने बाधालाई सम्हाल्न नसक्दा तपाइको विचलित हुने हो ।

समस्या भन्दा बढी, तपाइको जीवनमा अराजकता सिर्जना गर्ने समस्याप्रतिको तपाइको प्रतिक्रिया समस्या हो।


कथाबाट सिक्नुपर्ने पाठ:

जीवनमा समस्या आउँदा विचलित भएर प्रतिक्रिया दिनु हुँदैन। खुसी व्यक्ति त्यो होइन जसको जीवनमा सबै कुरा सही छ। खुसी त्यो व्यक्ति हुन्छ जसले जीवनमा सबै कुराप्रति उसको दृष्टिकोण सही छ !


यसलाई The cockroach theory for self-development भनिन्छ ।


#socialmedia

Comments

Popular posts from this blog

शिक्षक आन्दोलन २०८१/८२

Books

Leave बिदा