Herbivores or Carnivores
कक्षा कोठामा पढाउँदै गर्दा शिक्षकले आफ्नो कक्षा ४ मा अध्यनरत विद्यार्थीहरुलाई सोध्नुभयो: तपाइँहरू भ्रमणको लागि चिततवन राष्ट्रिय निकुञ्ज जाँदै हुनुहुन्छ र त्यहाँ तपाइँहरूले केही जीव जनावर अजिङ्गर, सर्प, गोही, मृग, गैडा, हात्ती, बाघ, भालु लाई देख्नुभयो, जुन चिज तपाइँहरूले आफ्नो जीवनमा कहिले देख्नुभएको छैन, प्रश्न यो छ कि तपाईंहरूले कसरी चिन्नुहुन्छ ती जनावरहरुले अन्डा दिन्छन कि बच्चा जन्माउँछन भनेर? उनीहरुलाई कुन माध्यमले चिन्नुहुन्छ? अधिकांश विद्यार्थी चुपचाप मौन बसे, जबकि केही विद्यार्थीहरु एकाअर्कालाई मुखामुख गरेर खासखुस गर्दै थिए..। मिनेट दुई मिनेटपछि फेरि उस शिक्षकले आफैले भन्नुभयो यो चिन्नको लागि धेरै नै सजिलो छ, जुन जनावर हरुको कान बाहिर देखिन्छ उनीहरु सबैले बच्चा जन्माउँछन भने जुन जनावरहरुलाई हेर्दा कान देखिदैन उनिहरुले अन्डा कोरल्छन....। त्यसपछि फेरि शिक्षकले दोस्रो प्रश्न सोध्नुभयो, यो कुरा भन्नुहोस्. तपाइँहरू अगाडी अचानक कुनै जनावर आयो.. तपाइँहरूले कसरी थाहा पाउनुहुन्छ कि त्यो शाहाकारी हो वा मांसाहारी हो? किनकि तपाइँहरूले त्यो जनावरले कहिले ख...