TSC Interview

 TSC Tips and Questions (Collected from social sites)


*************************************

#टिप्स १# (श्रोत: शिक्षक सारथि)

शिक्षक सेवा अायाेगकाे अन्तर्वार्ता तयारी कसरी गर्ने ?


अन्तर्वार्ता समिति

अन्तर्वार्ता समितिमा अन्तर्वार्ता समितिको अध्यक्ष, दक्ष एवं विशेषज्ञ गरी कम्तीमा तीन जना सदस्य हुन्छन् । आयोग मातहतको कार्यालयमा हुने अन्तर्वार्ताका लागि सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुन्छ । अन्तर्वार्ता समिति अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुन्छ ।


अन्तर्वार्ता मूल्याङ्कन प्रक्रिया 

अन्तर्वार्ता समितिको अध्यक्ष र सदस्यहरू अन्तर्वार्ता लिने कोठाभित्र पृथक् पृथक् वस्दछन्। उनीहरूले सामान्यतया पालो गरेर प्रश्न गर्दछन्। एकले दिने अङ्क अर्कोले देख्न नपाउने व्यवस्था हुन्छ। पृथक् पृथक् रूपमा परीक्षार्थीको गोप्य मूल्याङ्कन हुन्छ । उनीहरूले प्रश्नको उत्तरप्रति तटस्थ र वस्तुनिष्ठ भएर व्यक्तिको मूल्याङ्कन गर्दछन् । अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यले अन्तर्वार्ता भइरहेको अवस्थामा व्यक्तिको मूल्याङ्कन खेस्रा कागजमा गरी सबै उम्मेदवारको अन्तर्वार्ता समाप्त भएपछि मात्र फाराममा अङ्क प्रदान गर्दछन् । अन्तर्वार्तामा भाग लिने उम्मेदवारसँग अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा अन्तर्वार्ताकार उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था छ । अन्तर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अङ्कको अधिकतम ७० प्रतिशत र न्यूनतम ४० प्रतिशत अङ्कको सीमा तोकिएको हुन्छ, त्यही सीमाभित्र अङ्क दिइन्छ । सीमाबाहिर गएर अङ्क दिनुपर्दा स्पष्टीकरण दिनुपर्ने हुन्छ । सामान्यतया सीमावाहिर कोही जाँदैनन् । सबैले दिएको अङ्क जोडेर सदस्य सङ्ख्याले भाग गरी अन्तर्वार्ताको औसत अङ्क निकाल्ने चलन छ। यही भएर पनि अन्तर्वार्तामा खासै अन्तर पर्दैन ।


अन्तर्वार्तामा अङ्कभार कति हुन्छ ?

शिक्षक सेवा अायाेगले अन्तवार्ताको अङ्कभार २५ राखेकाे छ। न्यूनतम याेग्यताका लागि श्रेणी अनुसार क्रमश ३, २ र १, माथिल्लाे याेग्यताकाे श्रेणी अनुसार क्रमश २ र १ गरी ५, उही तहकाे राहत, अनुदान र अस्थायी सेवाकाे वर्षकाे ०.५ का दरले बढीमा ५ अंक, अन्तर्वार्तावापत् १५ अंक ।


अन्तर्वातां कति समयसम्म हुन्छ ? 

सामान्यतया अन्तर्वार्ता आधा घण्टादेखि एक घण्टासम्म हुन सक्दछ । पद, पदले गर्ने कार्य, व्यक्ति र उसको क्षमता, अन्तर्वार्तामा उठेको विषय र रोचकता आदिले समय तलमाथि पर्न सक्दछ ।


अन्तर्वार्तामा के के कागजपत्र लानुपर्दछ ? 

अन्तर्वार्तामा जाँदा प्रवेशपत्र, एक प्रति फोटो, आफ्नो शैक्षिक योग्यता, नागरिकता र आफूमा कुनै काम गरेको आवश्यक पर्ने अनुभव भए सोको सक्कल र प्रतिलिपि लानुपर्दछ ।


कस्ता प्रश्न साेधिन्छन् ? 

अन्तर्वार्तामा मूलतः सम्बन्धित पदको कार्यविवरण, दरखास्त विवरण, अध्ययन, सेवा समूहसम्बन्धी ज्ञान राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्बन्धी ज्ञान, कामको अनुभव, रुचि, व्यक्तित्व परीक्षण, अतिरिक्त क्रियाकलाप जस्तै सामाजिक संलग्नता, खेलकुद, शौख आदि विषयमा प्रश्न गर्नुपर्ने व्यवस्था छ ।


अन्तर्वार्तामा सोध्न सक्ने प्रश्नको अनुमान गर्न सकिन्छ ? 

सामान्यतया अन्तर्वार्तातामा पदसँग सम्बन्धित पाठ्यक्रम, पदले गर्नुपर्ने कार्य, संविधान, समसामयिक राजनीतिक, आर्थिक एवं प्रशासनिक विषय आफ्नो पूर्व अनुभव, आफ्नो रुचिको क्षेत्र, आफ्नो शैक्षिक योग्यता आदिजस्ता विषयमा प्रश्न आउने गर्दछन्। यिनै विषयमा तयारी गर्दा आफूले अपेक्षा गरेका प्रश्न आउन सक्दछन् ।


अन्तर्वार्ताको दिन के गर्ने ? 

अन्तर्वार्ताको अघिल्लो दिनबाट नै अन्तर्वार्ताका लागि मानसिक रूपमा तयार हुनुपर्दछ। सरसफाइ, ड्रेस. कागजपत्र तयार गर्नुपर्दछ । खानपिनमा ध्यान दिनुपर्दछ । सकारात्मक सोच वृद्धि गर्नुपर्दछ । अन्तर्वार्ताको अघिल्लो रात आरामसँग निदाउनुपर्दछ । अन्तर्वातको दिन फ्रेस हुनुपर्दछ, असजिलो महसुस गर्नु हुँदैन ।


अन्तर्वार्तामा ड्रेस कस्तो लगाउने ?

अन्तर्वार्तामा ड्रेस साधारण हुनुपर्दछ। ड्रेस तडकभडक हुनु हुँदैन। पुरुषले सुट, महिलाले सुट, कुर्तासलवार वा साडी लगाउँदा राम्रो हुन्छ । ड्रेसका कारणले अन्तर्वार्ता कोठाभित्र आफूलाई अप्ठ्यारो हुनु हुँदैन।


अन्तवार्ताको दिन कति समय पहिले पुग्ने ? 

अन्तर्वार्ताको दिन ताेकिएकाे ठाउँमा गएर केही फाराम भर्नुपर्ने हुन्छ, त्यसैले सकेसम्म अन्तर्वार्ता सुरु हुनुपूर्व कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्दछ ।


अन्तर्वार्ता कोठाभित्र के गर्ने ?

अन्तर्वार्ता कोठाभित्र प्रवेश गर्दा पालो गरेर नाम बोलाइन्छ। आफैले ढोका खोलेर भित्र पस्नुपर्दछ । ढोकाभित्र प्रवेश गरेपछि अन्तर्वार्ता समितिका सबै सदस्यलाई एकै पटक सामूहिकमा नमस्कार गर्ने र सबैलाई नजर पुऱ्याएर हेर्नुपर्दछ। ढोकाभित्र प्रवेश गर्दा सुरुमा डर लाग्न सक्दछ तर डर मान्नु हुँदैन, कसैगरी डर लागेमा पछाडि गफ गर्दै जाँदा त्यो डर हराउँछ ।


कुर्सीमा बस्दा ध्यान दिनुपर्ने कुरा

अन्तर्वार्ता कोठाभित्र प्रवेश गरेपछि आफ्ना लागि छुट्टै कुर्सीको व्यवस्था गरेको देखिन्छ । अन्तर्वार्ता समितिको अध्यक्षले कुर्सीमा वस्नुहोस् भन्नुहुन्छ। र त्यसपछि कुर्सीमा बस्नुपर्दछ। कुर्सीमा बस्दा खुट्टा अनावश्यक हल्लाउन, खप्टाउन हुँदैन ।


अन्तवार्ता कोठाभित्र अन्तर्वार्ताकारको व्यवहार कस्तो हुन्छ ?

अन्तर्वार्ता समितिका अध्यक्षले आफ्नो र अरू सदस्यको परिचय दिन पनि सक्दछन् नदिन पनि सक्दछन् । त्यसमा आफूले उनीहरूको परिचय माग्नु हुँदैन । उनीहरू आफूप्रति अत्यन्त सकारात्मक हुन्छन्। उनीहरूले कसैलाई पनि आग्रह पूर्वाग्रह राख्दैनन् । उनीहरू व्यक्तिको व्यक्तित्व परीक्षण गर्नमा बढी केन्द्रित हुन्छन्। उनीहरूले आपसमा कार्यविभाजन गरेका हुन्छन्, सोहीअनुरूप आलोपालो गरेर प्रश्न गर्दछन् । बीच-बीचमा छड़के प्रश्न पनि हुन सक्दछ। अन्तर्वार्ता समितिको अध्यक्षले अन्तर्वार्ताको समन्वय गरेका हुन्छन्, जुन कुरा ढोकाभित्र प्रवेश गरेपछि प्रस्ट थाहा हुन्छ ।


अन्तर्वार्तामा हतोत्साहित नहुन के गर्ने ? 

आयोगको लिखित परीक्षा पास गरेपछि मात्र अन्तर्वार्ताको चरण सुरु हुन्छ । लिखित परीक्षा पास गर्नका लागि आफूले गरेको मेहनत सम्झनुपर्दछ । मैले लिखित परीक्षा तयारीमा ठूलो दुःख गरेर अन्तर्वातिसिम्म आइपुगें, अब म आत्तिनु हुँदैन, म हतोत्साहित हुनु हुँदैन भनेर आत्मैदेखि डर, चिन्ता, भय हटाउनुपर्दछ। यसो गर्दा हतोत्साहित नहुन सकिन्छ ।


अन्तर्वार्ता सकेर कोठाबाहिर निस्कँदा के गर्ने ? 

अन्तर्वार्ता क्रम चलिरहन्छ, समय बित्तै जान्छ । आफूलाई समय बितेको पत्तै हुँदैन । अन्तर्वार्ता समितिका अध्यक्षले तपाईंको अन्तर्वार्ता समाप्त भयो जान सक्नुहुन्छ भन्नुहुन्छ, त्यसपछि उठेर सबैलाई नजर लगाउँदै सामूहिक नमस्कार गरेर बाहिर निस्कनुपर्दछ । कहिलेकाहीँ बाहिर निस्कने बेलामा अन्तर्वार्ताकारले प्रश्न गर्न सक्दछन् तपाईलाई आजको अन्तर्वार्ता कस्तो लाग्यो भनेर यस्तो वेलामा मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो। हजुरहरूको व्यवहार सकारात्मक रहेछ, तपाईंहरूको व्यवहारबाट म असाध्यै प्रभावित भएँ। आज म धेरै खुसी छु समग्रमा अन्तर्वार्ता सफल भएको जस्तो लाग्दछ भनेर साहे छोटो र मिठो बोल्ने प्रयास गर्नुपर्दछ ।

*************************************


#टिप्स २#  (श्रोत: नखुलेको)

प्राथमिक तहको लिखित परीक्षा उत्तीर्ण भै अन्तर्वार्ताको तयारीमा रहनुभएका साथीहरूलाई सुझाव:

१. तपाईंको अन्तिम नतिजा लिखित परीक्षाको अंकले निर्धारण गर्छ। अन्तर्वार्ता त औपचारिकता मात्रै हो।

२. अन्तर्वार्तामा तपाईंको औसत प्रस्तुति भए पनि १५ अंकमा ७-८ अंक आउछ। अति राम्रो प्रस्तुति हुनेको बढीमा ९-१० अंक हो। एकदमै नाजुक प्रस्तुति भए पनि ६ अंक आउछ। तीन जना अन्तर्वार्ताकारले छुट्टाछुट्टै दिएको अंक जोडेर औसत निकालिने भएकोले अधिकासं उम्मेदवारको अंक ७,८,९ कै आसपास हुन्छ।

३. तपाईंको ज्ञास र सिप ( knowledge & skill) लिखित परीक्षामा मूल्यांकन भैसक्यो। अन्तर्वार्तामा अभिवृत्ति (attitude) परीक्षण हुन्छ। त्यसकारण अब किताब घोक्ने होइन आफू जस्तै साथीहरू वा भर्खरै मावि, निमाविमा सिफारिस भएका साथीहरूसँग नमूना अन्तर्वार्ताको अभ्यास गरि आत्मविश्वास (confidence) बढाउनुहोस।

४. अन्तर्वार्तामा तपाईंको ब्यक्तित्व, विनम्रता, वाकपटुकता र इमानदारीता परीक्षण गर्न सक्छन्। त्यसकारण धैर्यतापुर्वक प्रश्नकर्ताको पुरा प्रश्न सुनेर, नआत्तिएर जवाफ दिनुस। तर तपाईंलाई प्रश्नको सहि उत्तर आएन भने पनि सरी सर मलाई आएन भन्दिनुस तर अनुमानित जवाफ नदिनुस। केहि फरक पर्दैन। कुनै २/४ वटा प्रश्नको उत्तर नजान्दैमा तपाईंको अंक घट्दैन।

५. अन्तर्वार्ता नजिकै आउदा केके होला, कसरी दिने होला भन्दै तनाव लिने, दिनरात किताब पढ्ने,ईन्स्टिच्युट र प्रशिक्षको पछि दौड्ने काम नगर्नुहोस् । कक्षा १-५ को पाठ्यक्रम, पाठ्यवस्तु, मूल्यांकन प्रक्रिया, संविधान, शिक्षा ऐन-नियमावली एकपटक हेर्नुस् ।

६. तपाईंले सुझाव लिन चाहनुहुन्छ भने भर्खरै मावि वा निमावि तहमा सिफारिस भएका वा लिखित परीक्षामार्फत प्रावि,निमावि वा मावि प्रथम वा द्वितीय श्रेणीमा बढुवा भएका शिक्षकहरूले मात्रै अन्तर्वार्तामा के हुन्छ र के गर्नुपर्छ भनेर सहि सल्लाह दिन सक्छन् । अरुले त अनुमानित कुरा मात्रै गर्ने हुन। किनभने अन्तर्वार्ताको दुई पक्ष मध्य अन्तर्वार्ता लिने पक्षलाई अन्तर्वार्ताको किताब लेख्न, प्रशिक्षक बन्न र कक्षा संचालन गर्न अनुमति छैन। लिखित परीक्षाको प्रश्नपत्र निर्माण र उत्तर पुस्तिका परीक्षणकर्तालाई पनि तयारी किताब लेख्न र तयारी कक्षामा पढाउन अनुमति छैन।

७. अन्तर्वार्ता जहिले पनि विषयवस्तु केन्द्रित हुन्छ। भावनात्मक कुरा सोधिदैन। सोधिहाले पनि त्यस्ता प्रश्नको जवाफ दिन नसक्दा कुनै फरक पर्दैन।

८. अन्तर्वार्ता कक्ष प्रवेश गर्दा मौसम अनुकुलको औपचारिक पोशाक, प्रसन्न (हसिलो)मुद्रामा अन्तर्वार्ताकारहरूलाई अभिवादन गर्दै प्रवेश गर्नुस, बस्न आग्रह गरेपछि बस्नुस।

परिचय मागेपछि परिचय दिदा आफ्नो, नाम, ठेगाना, शैक्षिक योग्यता र पेशा भन्नुहोस् ।

पालैपालो प्रश्न सोधिन्छ, यथोचित मुद्रा र सामान्य हाउभाउमा, प्रश्नकर्तातर्फ नजर जुधाएर जवाफ दिनुस र अन्तर्वार्ताका अन्य सदस्यतर्फ पनि ध्यान दिनुस् ।

फर्किदा धन्यवाद भन्न नबिर्सनुस।



*************************************

#१#

(@KaiLash ChAnd सरको वालबाट)

अन्तर्वार्तामा सोधिन सक्ने नमूना प्रश्नहरु तथा उत्तर

~~~~~~~~~~~~~~~~~~~~~~

क)आफ्नो विचार दिने र समस्यामुलक प्रश्नहरु:

१) शिक्षण पेशा किन रोज्नु भयो ?

- शिक्षण पेशानै सबैभन्दा उत्तम पेशा हो । यसले मलाई आत्मा सन्तुष्ट मिल्छ किनकी शिक्षक नै सबै जनशक्ती को उत्पादक हो ।

२) विद्यार्थीहरु कक्षाकार्य गृहकार्य नगरेमा तपाईं के गर्नु हुन्छ ?

- कक्षाकार्य गृहकार्य नगर्नुको कारण पत्ता लगाई मैत्रीपुर्ण व्यवाहार द्वारा गृहकार्य गर्न प्रेरित गर्छु आवश्यक अनुसार मामला अध्ययन समेत गर्छु।

३) एकदमै ध्यान दिने ,सधै नियमित हुने विद्यार्थी परिक्षामा राम्रो नतिजा ल्याउदैन भने तपाईं के गर्नु हुन्छ ?

-मामला अध्यन गरी समस्या अन्तर्वार्तामा सोधिन सक्ने नमूना प्रश्नहरु तथा उत्तर

~~~~~~~~~~~~~~~~~~~~~~

क)आफ्नो विचार दिने र समस्यामुलक प्रश्नहरु:

१) शिक्षण पेशा किन रोज्नु भयो ?

- शिक्षण पेशानै सबैभन्दा उत्तम पेशा हो । यसले मलाई आत्मा सन्तुष्ट मिल्छ किनकी शिक्षक नै सबै जनशक्ती को उत्पादक हो ।

२) विद्यार्थीहरु कक्षाकार्य गृहकार्य नगरेमा तपाईं के गर्नु हुन्छ ?

- कक्षाकार्य गृहकार्य नगर्नुको कारण पत्ता लगाई मैत्रीपुर्ण व्यवाहार द्वारा गृहकार्य गर्न प्रेरित गर्छु आवश्यक अनुसार मामला अध्ययन समेत गर्छु।

३) एकदमै ध्यान दिने ,सधै नियमित हुने विद्यार्थी परिक्षामा राम्रो नतिजा ल्याउदैन भने तपाईं के गर्नु हुन्छ ?

-मामला अध्यन गरी समस्या समाधान गर्छु।

४) तपाईले पढाउने विषयको पाठ्यपुस्तक उपलब्ध नभएको अवस्थामा तपाईं कसरी शिक्षण गर्नुहुन्छ?

-पाठ्यक्रमको सहयोग लिई प्रस्सत सामाग्री को प्रयोग गरी शिक्षण गर्छु

५) तपाईले पढाउने कक्षामा केही विद्यार्थी धेरै जान्ने छन र प्रयजसो विद्यार्थी एकदमै कमजोर छन भने तपाईं शिक्षण कार्यलाई कसरी अगाडि बढाउनु हुन्छ ?

- मिश्रित बसाइ ब्यवस्थान गरी जान्ने विद्यार्थीको सहयोगमा कमजोर विद्यार्थीलाई समेत सँगसँगै लिइजाने गरी शिक्षण गर्छु ।

७) तपाईं सिफारिस भएर जाने विद्यालयको शैक्षिक अवस्था एकदमै कमजोर छ, विद्यालय प्रशासन र विब्यस पनि निष्क्रिय छन,अन्य शिक्षकहरु पनि लापरबाही गर्छन, यस्तो अवस्थामा तपाईं के गर्नु हुन्छ ?

- प्रअ सँग छलफल गरी यस्तो हुनुको कारण पहिल्याई सबै सरोकारवालासँग छलफल गर्ने वातावरण मिलाई सुधारको योजना बनाई काम गर्न प्रअ लाई सुझाव र सहयोग गर्छु ।

८) विद्यालयमा पढाइ भैरहेको अवस्थामा अविभावक वा अन्य व्यक्ती मदिरा सेवन गरी हल्ला गर्दै आयो भने तपाईं के गर्नु हुन्छ ?

- प्र अ लाई जानाकारी गराउँछु ,विद्यार्थिको ध्यान त्यता जान नदिन रमाईला क्रियाकलाप गर्छु ।

९) तपाईंले पढाउदै गर्दा विद्यार्थी निदायो भने तपाईं के गर्नु हुन्छ ?

- निदाउनुको कारण खोजी रमाईला क्रियाकलापद्वारा कक्षालाई रुचिपुर्ण बनाउँछु ।

१०) तपाईले पढाइरहेको विषयमा अभिभावकबाट गुनासो (complain) आयो भने तपाईं के गर्नुहुन्छ ?

- सल्लाह लिएर आफ्नो कमजोरी भए सुधार्ने र उसले नबुझेर भए बुझाउने प्रयास गर्छु ।

११) सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको कारण के होला ?

- फितलो शैक्षिक नीति, अभिभावकहरुको विद्यालयमा कम चासो , शिक्षाकहरू आफुले तालिममा सिकेका कुरा कक्षामा लागू नगर्नु , निजि विद्यालयहरुको प्रभाव र भ्रामक विज्ञापन आदि ।

१२) माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संविधानको व्यवस्थाको बावजुत निजि विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, यसमा तपाइको बिचार के छ ? निजि विद्यालयको हकमा सरकारले के गर्नुपर्ला ? 

- देसभरै एकैकिसिमका विद्यालय र शिक्षा हुनुपर्छ । निजिलाई बिस्तारै नाफाविहिन गुठीमा परिणत गर्नुपर्छ।

१३) अहिले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने लहर नै चलेको देखिन्छ यसलाई के भन्नूहुन्छ ? के अंग्रेजी माध्यमले गुणस्तर सुधारमा सहयोग गर्छ त ?

- 'भाषा ' शिक्षणको माध्यम मात्र हो, कुनैपनि विषय बस्तुको ज्ञान लिन दोस्रो तेस्रो भाषा भन्दा मातृभाषा नै बढी प्रभावकारी हुन्छ । सिकाइ माध्यमबाट नभई विषबस्तुबाट बढी उत्तम हुन्छ।

१४) उदारकक्षोन्नती , निरन्तर मूल्याङ्कन प्रणाली र अक्षरांकन पद्धति जस्ता मूल्याङ्कन पद्धतिले पनि विद्यार्थीले पढ्ने बानी बिगाररेको भन्ने आवाज आउन थालेको भन्नमा सुनिन्छ, यसमा तपाईको विचार के छ ?

- यदाकदा यस्तो आवाज सुनिन्छ तर यो गलत बुझाइ हो । विद्यार्थीले सिकेका व्यवहारको मूल्याङ्कन दुई तीन घन्टाको परीक्षा र मापन अंकमा गर्नु उपयुक्त हुदैन। अहिलेका मूल्याङ्कन प्रणाली एकदम उचित छन् । केही विद्यालयले र शिक्षकले गरेका गलत प्रयोगले नराम्रो नतिजा आएको हुनसक्छ ।

१५) अन्तिम नतिजामा तपाई सिफारिस नभए के गर्नु हुन्छ ?

- पुन अर्को पटक प्रयास गर्छु ।

ख)तथ्यपरक उत्तर दिने प्रश्नहरु:

१) प्रावि तहमा सबैभन्दा उपयुक्त शिक्षण विधि कुन हो ?

- खेल विधि

२) बसाइ व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरु केके हुन ?

- पाठको प्रकृति - विद्यार्थी संख्या - कोठाको आकार 

३) पाठ्यपुस्तक निर्माणको मुख्य आधार के हो?

-पाठ्यक्रम 

४)पाठयोजनाको मुख्य अंग के हो?

- उद्देश्य 

५) शैक्षिक सामाग्री छनौट्को मुख्य आधार के हो ?

- शैक्षणिक उद्देश्य

६) शिक्षण विधि छनौटका आधारहररु केके हुन ?

- विषयको प्रकृति , पाठको उद्देश्य विद्यार्थी संख्या, सामाग्रीको उपलब्धता 

७) शिक्षक निर्देशिका साधन हुन भने पाठ्यक्रम र पाठ्यपुस्तक केके हुन ?

- पाठ्यक्रम साध्य र पाठ्यपुस्तक साधन

८) पाठ्यक्रम निर्माणको मुख्य आधार के हो?

१०) पाठ्यक्रममा कति प्रकारका उद्देश्य समेटिएका हुन्छन ?

११)कस्तो अवस्थामा बहुकक्षा शिक्षण गरिन्छ ?

१२) विषय शिक्षणका दुइवटा फाईदा बताउनुहोस ?

ग)विषयगत प्रश्नहरु:

१) कुनै संख्यालाई सत प्रतिशत वृद्धि गरी पचास प्रतिसत घटाउदा पहिलाको संख्यामा कतिले फरक पर्छ ?

- फरक पर्दैन बराबर हुन्छ ।

२) पूर्व फर्केको मानिस २७० डिग्री घडीको दिसामा घुम्दा उसको दायाँ हात कुन दिसामा हुन्छ ?

-पुर्व दिशामा

३) १/३ लाई ०.५ ले गुणन गर्दा कति हुन्छ ?

- 1/6 वा 0.66

४) कोठामा राखेको A/C ,कुलर बाट किन पानी झर्छ ?

- हावामा भएको पानीको बाफ लाई A/C ले पानीमा परिणत गरेर

५) एक सेकेन्ड समय भनेको के हो ?

- सुर्य नतांस देखि नताम्ससम्म आईपुग्न लाग्ने समयको ८६४०० खण्डको एक खण्ड

छ) सुर्य ग्रहण किन औसिको दिनमा मात्र लाग्छ ?

- औँसीको दिनमा मात्रै सुर्य र पृथ्वीको विचमा चन्द्रमा पर्ने भएकाले 

७) 'रुखको स्याउ नमीठो छ' यस वाक्यमा कतिवटा विशेषण शब्द छन?

- दुई वटा 'रुखको' र 'नमिठो

८) 'राम घर जाउ' यस वाक्यमा घर कुन कारक हो?

- अधिकरण कारक 

९) ' तिमी अहिलै जाउ , म एकैछिनमा आईहालें । ' यो वाक्य कालगत रुपमा कस्तो वाक्य हो?

- कालगत विचलन भएको वाक्य

१०) ' The sun always rises in east. ' negative के हुन्छ?

११) Foolish को similar meaning भन्नूहोस 

१२) तपाइको योग्यता र कार्यरत अवस्था अनुसारका प्रश्नहरु

> केही समसामयिक विषयवस्तु

> संविधान, शिक्षा ऐन तथा नियमावली सम्बन्धी प्रश्नहरू > नयाँ पाठ्यक्रम, मूल्याङ्कन पद्धति तथा लेटर ग्रेडिङ प्रणाली पनि महत्त्वपूर्ण हुनेछन् ।

सम्पूर्णमा सफलताको शुभकामना 🌹🌹🌹 सामाग्री को प्रयोग गरी शिक्षण गर्छु

५) तपाईले पढाउने कक्षामा केही विद्यार्थी धेरै जान्ने छन र प्रयजसो विद्यार्थी एकदमै कमजोर छन भने तपाईं शिक्षण कार्यलाई कसरी अगाडि बढाउनु हुन्छ ?

- मिश्रित बसाइ ब्यवस्थान गरी जान्ने विद्यार्थीको सहयोगमा कमजोर विद्यार्थीलाई समेत सँगसँगै लिइजाने गरी शिक्षण गर्छु ।

७) तपाईं सिफारिस भएर जाने विद्यालयको शैक्षिक अवस्था एकदमै कमजोर छ, विद्यालय प्रशासन र विब्यस पनि निष्क्रिय छन,अन्य शिक्षकहरु पनि लापरबाही गर्छन, यस्तो अवस्थामा तपाईं के गर्नु हुन्छ ?

- प्रअ सँग छलफल गरी यस्तो हुनुको कारण पहिल्याई सबै सरोकारवालासँग छलफल गर्ने वातावरण मिलाई सुधारको योजना बनाई काम गर्न प्रअ लाई सुझाव र सहयोग गर्छु ।

८) विद्यालयमा पढाइ भैरहेको अवस्थामा अविभावक वा अन्य व्यक्ती मदिरा सेवन गरी हल्ला गर्दै आयो भने तपाईं के गर्नु हुन्छ ?

- प्र अ लाई जानाकारी गराउँछु ,विद्यार्थिको ध्यान त्यता जान नदिन रमाईला क्रियाकलाप गर्छु ।

९) तपाईंले पढाउदै गर्दा विद्यार्थी निदायो भने तपाईं के गर्नु हुन्छ ?

- निदाउनुको कारण खोजी रमाईला क्रियाकलापद्वारा कक्षालाई रुचिपुर्ण बनाउँछु ।

१०) तपाईले पढाइरहेको विषयमा अभिभावकबाट गुनासो (complain) आयो भने तपाईं के गर्नुहुन्छ ?

- सल्लाह लिएर आफ्नो कमजोरी भए सुधार्ने र उसले नबुझेर भए बुझाउने प्रयास गर्छु ।

११) सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको कारण के होला ?

- फितलो शैक्षिक नीति, अभिभावकहरुको विद्यालयमा कम चासो , शिक्षाकहरू आफुले तालिममा सिकेका कुरा कक्षामा लागू नगर्नु , निजि विद्यालयहरुको प्रभाव र भ्रामक विज्ञापन आदि ।

१२) माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संविधानको व्यवस्थाको बावजुत निजि विद्यालयमा विद्यार्थीको चाप अत्याधिक छ, यसमा तपाइको बिचार के छ ? निजि विद्यालयको हकमा सरकारले के गर्नुपर्ला ? 

- देसभरै एकैकिसिमका विद्यालय र शिक्षा हुनुपर्छ । निजिलाई बिस्तारै नाफाविहिन गुठीमा परिणत गर्नुपर्छ।

१३) अहिले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ गर्ने लहर नै चलेको देखिन्छ यसलाई के भन्नूहुन्छ ? के अंग्रेजी माध्यमले गुणस्तर सुधारमा सहयोग गर्छ त ?

- 'भाषा ' शिक्षणको माध्यम मात्र हो, कुनैपनि विषय बस्तुको ज्ञान लिन दोस्रो तेस्रो भाषा भन्दा मातृभाषा नै बढी प्रभावकारी हुन्छ । सिकाइ माध्यमबाट नभई विषबस्तुबाट बढी उत्तम हुन्छ।

१४) उदारकक्षोन्नती , निरन्तर मूल्याङ्कन प्रणाली र अक्षरांकन पद्धति जस्ता मूल्याङ्कन पद्धतिले पनि विद्यार्थीले पढ्ने बानी बिगाररेको भन्ने आवाज आउन थालेको भन्नमा सुनिन्छ, यसमा तपाईको विचार के छ ?

- यदाकदा यस्तो आवाज सुनिन्छ तर यो गलत बुझाइ हो । विद्यार्थीले सिकेका व्यवहारको मूल्याङ्कन दुई तीन घन्टाको परीक्षा र मापन अंकमा गर्नु उपयुक्त हुदैन। अहिलेका मूल्याङ्कन प्रणाली एकदम उचित छन् । केही विद्यालयले र शिक्षकले गरेका गलत प्रयोगले नराम्रो नतिजा आएको हुनसक्छ ।

१५) अन्तिम नतिजामा तपाई सिफारिस नभए के गर्नु हुन्छ ?

- पुन अर्को पटक प्रयास गर्छु ।

ख)तथ्यपरक उत्तर दिने प्रश्नहरु:

१) प्रावि तहमा सबैभन्दा उपयुक्त शिक्षण विधि कुन हो ?

- खेल विधि

२) बसाइ व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरु केके हुन ?

- पाठको प्रकृति - विद्यार्थी संख्या - कोठाको आकार 

३) पाठ्यपुस्तक निर्माणको मुख्य आधार के हो?

-पाठ्यक्रम 

४)पाठयोजनाको मुख्य अंग के हो?

- उद्देश्य 

५) शैक्षिक सामाग्री छनौट्को मुख्य आधार के हो ?

- शैक्षणिक उद्देश्य 

६) शिक्षण विधि छनौटका आधारहररु केके हुन ?

- विषयको प्रकृति , पाठको उद्देश्य विद्यार्थी संख्या, सामाग्रीको उपलब्धता 

७) शिक्षक निर्देशिका साधन हुन भने पाठ्यक्रम र पाठ्यपुस्तक केके हुन ?

- पाठ्यक्रम साध्य र पाठ्यपुस्तक साधन

८) पाठ्यक्रम निर्माणको मुख्य आधार के हो?

१०) पाठ्यक्रममा कति प्रकारका उद्देश्य समेटिएका हुन्छन ?

११)कस्तो अवस्थामा बहुकक्षा शिक्षण गरिन्छ ?

१२) विषय शिक्षणका दुइवटा फाईदा बताउनुहोस ?

ग)विषयगत प्रश्नहरु:

१) कुनै संख्यालाई सत प्रतिशत वृद्धि गरी पचास प्रतिसत घटाउदा पहिलाको संख्यामा कतिले फरक पर्छ ?

- फरक पर्दैन बराबर हुन्छ ।

२) पूर्व फर्केको मानिस २७० डिग्री घडीको दिसामा घुम्दा उसको दायाँ हात कुन दिसामा हुन्छ ?

-पुर्व दिशामा

३) १/३ लाई ०.५ ले गुणन गर्दा कति हुन्छ ?

- 1/6 वा 0.66

४) कोठामा राखेको A/C ,कुलर बाट किन पानी झर्छ ?

- हावामा भएको पानीको बाफ लाई A/C ले पानीमा परिणत गरेर

५) एक सेकेन्ड समय भनेको के हो ?

- सुर्य नतांस देखि नताम्ससम्म आईपुग्न लाग्ने समयको ८६४०० खण्डको एक खण्ड

छ) सुर्य ग्रहण किन औसिको दिनमा मात्र लाग्छ ?

- औँसीको दिनमा मात्रै सुर्य र पृथ्वीको विचमा चन्द्रमा पर्ने भएकाले 

७) 'रुखको स्याउ नमीठो छ' यस वाक्यमा कतिवटा विशेषण शब्द छन?

- दुई वटा 'रुखको' र 'नमिठो

८) 'राम घर जाउ' यस वाक्यमा घर कुन कारक हो?

- अधिकरण कारक 

९) ' तिमी अहिलै जाउ , म एकैछिनमा आईहालें । ' यो वाक्य कालगत रुपमा कस्तो वाक्य हो?

- कालगत विचलन भएको वाक्य

१०) ' The sun always rises in east. ' negative के हुन्छ?

११) Foolish को similar meaning भन्नूहोस 

१२) तपाइको योग्यता र कार्यरत अवस्था अनुसारका प्रश्नहरु

> केही समसामयिक विषयवस्तु

> संविधान, शिक्षा ऐन तथा नियमावली सम्बन्धी प्रश्नहरू > नयाँ पाठ्यक्रम, मूल्याङ्कन पद्धति तथा लेटर ग्रेडिङ प्रणाली पनि महत्त्वपूर्ण हुनेछन् ।

सम्पूर्णमा सफलताको शुभकामना 🌹🌹🌹

*************************************


#२#

प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको अन्तर्वाता तयारी, २०७९अन्तर्वार्ताका अति सम्भाव्य प्रश्नहरू (Most Probable Questions)

                                              स्रोत: चूडामणि शर्मा

                                          सहसचिव नेपाल सरकार


१. तपाईंको सुस्पष्ट एवं संक्षिप्त परिचय दिनुहोस् ।

२.तपाईंको उच्चतम शैक्षिक योग्यता बताइदिनुहोस् ।

३.तपाईंको रुचीको विषय के हो अर्थात् तपाई के गर्न मन पराउनु हुन्छ

४. तपाईले शिक्षक सेवा नै किन रोज्नु भयो । प्राथमिक शिक्षक पदको परीक्षामा तपाईंको यो पहिलो प्रयास हो वा यस अघि यस पदमाअनात् अन्य पदमा प्रतिस्पर्धा गर्नु भएको थियो ? 

५.प्राथमिक शिक्षक पदका लागि तपाई आफूलाई कस्तो व्यक्ति हुँ भन्ने ठान्नु हुन्छ

६.तपाईंको यस अघिको चरणको परीक्षाप्रतिको अनुभव के रहेको छ अर्थात् उक्त परीक्षामा के कस्तो भूमिका वहन गरेको ठान्नुहुन्छ

७.तपाईंका सवल पक्ष र दुर्बल पक्ष के के छन् ? 

८.तपाईंको जीवनको लक्ष्य के रहेकी छ ?

१०. तपाईले कस्तो जीवनलाई आदर्शमूलक जीवन ठान्नु हुन्छ र किन ? 

११. हाल नेपालको शिक्षक सेवाको राम्रा पक्ष र नराम्रा पक्ष के के देख्नु हुन्छ बुँदागत रूपमा २ राम्रा र २ नराम्रा कुरा बताउनुहोस् 

१२. प्राथमिक शिक्षक पदका लागि तोकिएको विद्यमान पाठ्यक्रम तथा परीक्षा पद्धतिप्रति तपाईंको धारणा के छ यो कस्तो होस् भन्ने चाहनु हुन्छ किन

१३. हालका दिनहरुमा तपाईं के गर्दै हुनुहुन्छ अर्थात् तपाईंको हालको पेशा के हो

१४. तपाईंको दृष्टिकोणमा शिक्षक सेवा आयोगका सबल पक्ष र दुर्बल पक्ष के के देख्नुहुन्छ ?

१५. तपाईले हाल गरिरहेको कार्यमा तपाई कति सन्तुष्ट हुनुहुन्छ त्यसका आधारहरु के के छन् 

१६. प्राथमिक शिक्षक पदमा उत्तीर्ण हुनका लागि तपाईले आफूलाई के कति हदसम्म योग्य ठान्नुहुन्छ । अर्थात् तपाई सफल हुने आधारहरु के के हुन्छ 

१७. तपाई प्राथमिक शिक्षक पदमा उत्तीर्ण हुनु भयो भने तपाईंले के कस्तो चाहना राख्नु हुन्छ ?"

१८. शिक्षकले अवलम्बन गर्न पर्ने मूलभूत ५ आचारणहरू के के होलान् 

१९ तपाईंको जीवनको हालसम्मको सबैभन्दा सुखद क्षणात दिन कुन हो र के आधारमा हो ?

२०.तपाईंको जीवनको हालसम्मको सबैभन्दा दुःखद क्षण अर्थात् दिन कुन हो र के आधारमा हो मानौ तपाई यस परीक्षामा अनुत्तीर्ण हुनु भयो भने कसलाई दोष दिनुहुन्छ र फिन

२१. तपाईं यदि यस पटकको परीक्षामा उत्तीर्ण हुनु भएन भने त्यसपछि के गर्न हुन् ?

२२.तपाईंका ३ मूलभूत विशेषताहरु अर्थात् विशिष्ट पहिचान बताईदिनुहोस ।

२३.

२४. शिक्षक भएर तपाईं नियमित रूपमा विद्यालय गइरहंदा एक दिन बाटोमा कुनै २ जनाबीच झगडा भई एकले अर्कालाई हानाहान भएको अवस्था देख्नु भयो । त्यस बखत तपाईं के गर्नु हुन्छ

२५. तपाईंका २ राम्रा बानी र २ नराम्रा बानी के के हुन् ? 

२६. तपाईंको परिवारमा हाल कुल कति सदस्य हुनुहुन्छ ?

२७ शिक्षक पदको हालको लिखित परीक्षामा तपाईलाई सबैभन्दा सरल लाग्ने विषय र सबैभन्दाजटिल लाग्ने विषय कुन कुन हुन्?

२८. हाल नेपालको शिक्षक सेवामा अवलम्बन गरिएको समावेशी पद्धति एवं आरक्षण व्यवस्थाप्रतितपाईंको दृष्टिकोण के रहेको छ?

२९ मानी तपाईं अहिले यो मुलुकको शिक्षामन्त्री हुनु भयो भने तपाईले प्राथमिकता दिने विषयतथा कार्य के के होलान्?

३०. नेपालको विद्यमान शिक्षा प्रणालीमा सुधार गर्न के के गर्नु पर्ला है प्राथमिकताका आधारमा कराहरू बताउनुहोस् ।

३१. नेपालको सर्वाङ्गीण विकासका लागि जोड दिनु पर्ने ५ मूलभूत क्षेत्रहरु के के देख्नुहुन्छ?

३२. शिक्षा भनेको के हो

३३.शिक्षा र दर्शनबीच के फरक छ ।

३४ औपचारिक शिक्षा र अनौपचारिक शिक्षाबीच के फरक छ 

३५. नेपालको शिक्षा प्रणालीका विद्यमान चुनौतीहरु (Challenges) के के हुन्

३६. अनियमित अर्थात् अतिरिक्त शिक्षा भनेको के हो

३७ व्यावसायिक शिक्षाबारे तपाईलाई के थाहा छ विशेष शिक्षा कस्तो प्रकारको शिक्षा हो ?

३८. 

३९ शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो?

४०.मौलिक हक र मानव अधिकारबीच के फरक छ?

४१. नागरिक चेतना भनेको के हो ?

४२. शिक्षा व्यवस्थापन सम्बन्धमा गठित प्रदेश मन्त्रालय कुन हो ?

४३. शिक्षा मनोविज्ञान भनेको के हो ?

४४. आरक्षण भनेको के हो?

४५. मानव विकासका मूलभूत ३ सूचकहरू के के हुन् ? 

४६. सिकाइ स्थानान्तरण भनेको के हो ?

४७ उत्तरबाल्यावस्था भनेको के हो ?

४८. सिकाइ बारे तपाईलाई के थाहा छ ?

४९. परिपक्वता र सिकाइबीच के फरक होला?

५०. उत्प्रेरणा भनेको के हो

५१. सिकाइ पद्धतिमा SR Model बारे तपाईलाई के थाहा छ?

५४. पाठ्यक्रमका मूलभूत तत्वहरू के के हुन् ?

५५. समतामूलक शिक्षा र समानतामूलक शिक्षाबीच के फरक होला है 

५४. विविधता व्यवस्थापन भनेको के हो ?

*************************************

#३#  (श्रोत: नखुलेको)

अन्तरवार्ताको अनुभव

1. तपाईको परिचय दिनुहोस ।

2. कक्षा कोठाको बसाइँ व्यवस्थापनबारे केही थाहा छ?

3. सिकाईका अपवाद भन्नाले के बुझिन्छ?

4. शैक्षिक प्रविधि र शैक्षणिक प्रविधिमा फरक छ?

5. मापन र मूल्यांकनमा के भिन्नता छ?

6. प्राथमिक तहमा कविता शिक्षण गर्दा के कस्ता सिकाई क्रियाकलाप गर्नुहुन्छ ?

7. एकीकृत पाठ्यक्रम कस्तो खालको पाठ्यक्रम हो ?

8. How do you develop oral skills of grade 4 students.

9. प्राथमिक तहकाे पाठ्यक्रममा गणितको स्थानबारे केही थाहा छ?

10. अमैथुनिक प्रजनन् पाठ कक्षामा के कस्ता शिक्षण विधिहरू प्रयोग गर्नुहुन्छ ?

11. प्राथमिक तहका तहगत उद्येश्य कति छन्?

12. वैधता भनेको के हो?

13. शिक्षकले गर्ने राजनीतिलाई कसरी लिनुहुन्छ ?

14. गण्डकी प्रदेशकाे प्रदेश प्रमुख काे हो ?

15. सूचना प्रबिधिले सिकाईमा कस्तो प्रभाव पार्छ?

16. गाउँ शिक्षा समिति कति सदस्यीय हुन्छ ?

तपाईंलाई शुभकामना छ ।

*************************************

#४#

आजको अन्तर्वार्तामा मलाई सोधिएका प्रश्नहरु।।

१) तपाईको परिचय दिनुहोस।

२) Find the objects:He give me a pen.

३) कुनै 3 सिकाइ सिद्धान्त भन्नुहोस।

४) भाषिक विविधता भएको कक्षामा कसरि शिक्षण गर्नुहुन्छ?

५) विश्व मानचित्रमा नेपाललाई चिनाउन ७ बुदामा भन्नुहोस।

६) what is evaluation?

७) What are the difference between test amd evaluation?

८) निर्माणात्मक र निर्णयात्मक मुल्यांकन भनेको के हो?

९) कुनै ५ मुल्यांकनका साधन भन्नुहोस।

१०) समूह कसरी शिक्षण गर्नु हुन्छ?

११) शारीरिक सीपहरु के के हुन??

१२) What are the difference between mistake and error?: 

१३) She kooks not food. mistake or error find out.

१४) How do you teach pronounciation at primary level?

१५) एकीकृत पाठ्यक्रम कस्तो पाठ्यक्रम हो?

१६) प्राथमिक तहमा शिक्षण गर्दा कुन विधि उपयुक्त हुन्छ?

१७) what are the language skills? 

१८)How do you teach speaking skill in 2 class?

१९) प्राथमिक तहमा मुल्यांकन कसरि गरिन्छ?

२०) While teaching english is it necessary to translate in mother tounge?why or why not?

२१) पर्यत्न र भुल सिकाई सिद्धान्तका प्रतिपाद्क को हो?

२२) कोषका कुनै ३ कार्य के के हुन?

तपाईको अन्तर्वार्ता सकियो जान सक्नुहुन्छ।।

*************************************

#५#  (श्रोत: नखुलेको)

अनुभव सेयर गरे है त सर म्याम 🙄😁😁

अन्तर्वार्ता सुरु हुन्छ 😍😍😍


#पहिलो सर

  खेमराज गौतम सर हैन ?

    प्रथम पत्र पास गर्नुभएछ बधाई साथै सफलताको अग्रिम शुभकामना छ । 

          तपाईं डराउनुभएको छ? 

          नडराउनुहोस है हास्दै 😆

         नआत्तिएर ढुक्क भएर प्रश्नोत्तर अन्तरक्रियामा सहभागी हुन सक्नुहुनेछ । 


तपाइको परिचय दिनुहोस् न 


प्रश्न नं १)  तपाईं दैलेखको मान्छे सल्यान केही सम्बन्ध छ? 

    २) विषयबस्तु पनि पढ्नुभयो होला यो कक्षाकोठा व्यावस्थापन भन्छ नि यो के के भयो भने कक्षाकोठा व्यावस्थापन भएको मानिन्छ ?

       ३)  शिक्षण विधि भन्ने छ तपाईं प्राथमिक तहको शिक्षक हुनलग्नुभएको  मान्छे प्राथमिक तहमा कस्ता खालका शिक्षण विधि प्रयोग गर्दा उपयुक्त होला ?

   ४)   बाल मनोबिज्ञानिक भन्ने छ नि , प्राथमिक तहमा बालबिज्ञन ला ध्यान दिदै शिक्षण गर्नपर्छ भन्छन ? खासमा के रहेछ यो बाल मनोबैज्ञान भनेको ? 

    ५)  प्राथमिक तहका बालबालिकाको मनोबैज्ञान कसरी बुझ्ने त ?

    ७)  पोर्टफोलियो भन्छ नि यश सम्बन्धि केही ज्ञान छ ?

        ८) निरन्तर विद्यार्थी मुल्यांकन संबन्धी के ज्ञान छ कि ?


#दोश्रो सर

     ९) भाषिक सीप हरु के के हुन? 

     १०) भाषिक सीप हरु प्रत्यकको लागि कक्षा १-३ मा कति भार कति छुट्याइएको छ? 

   ११) मातृभाषामा शिक्षा भन्ने कस्तो शिक्षा हो ?

   १२) कक्षा एक देखिनै अंग्रेजि भाषामा जोड दिनुपर्छ भन्ने कुरा आइरहेको छ यसको खास कारण के होला?एकातिर मातृभाषामा शिक्षा भन्छ अर्को तिर अंग्रेजी शिक्षा भन्छ कुरो बाझियो त?किन होला 

१३) त्यत्रो संबिधान बनाउने मान्छे ले अझै मातृभाषामा शिक्षा भन्ने लेख्दिए के तिनिहरुले नजानेका हुन त?

     १४   वणविन्य शिक्षण गर्दा के कस्ता विधि अपनाउदा उपयुक्त होला ?


#तेश्रो सर

      १५ प्राथमिक तहमा के के विषय हुन्छन् ?

      १६ एकीकृत पाठ्यक्रम भित्र के के विषय हरु पर्छन् ? 

      १७ सिर्जनात्मक कला भनेको के हो ? के के कला पर्छन?

     १८ संगित भित्र के के पर्छन ? यदि तपाइले शिक्षण गर्ने विद्यालयमा बाध्यबादनका सामान छैनन भने यसलाइ कसरी सिकाउनु हुन्छ? 

   धन्यवाद जना सक्नुहुन्छ । हजुरलाइ शुभकामना छ 🙏

*************************************

#६#  (श्रोत: नखुलेको)

आज मेरो अन्तरबार्ता विशेष :

 १.यो ढोका बिस्तारै लगाउनुस त त्यसपछि आफ्नो परिचय दिनुस।

 २.नेपालमा 8848 मिटर माथी का हिमालहरु कति ओटा छ्न ?नाम भन्नू त त्यस्तै गरि सोलुखुम्बु मा 8000 माथिका हिमाल कति ओटा छ्न भन्नू त ?

३.सोलुखुम्बु मा कति वटा स्थानीय तह छ्न भन्नू त ?

४.प्रदेश नम्बर 1को शिक्षा मन्त्री को नाम भन्नू त ?

५.हालका शिक्षा मन्त्री को हुनुहुन्छ नाम भन्नू त ?

६. 1 decimal मा 0.1 घटाउदा कति हुन्छ?

७.1देखि 10 सम्मका संख्याहरुको योगफल कति हुन्छ भन्नू त?

८.बिन्दु भनेको के हो?भन्नू त

९.रेखा भनेको के हो?भन्नू त 

१०.पेरिमिटर निकाल्ने शुत्र भन्नू त?

११.circle को area निकाल्ने शुत्र भन्नू त ?

१२.right angle triangle को area निकाल्ने शुत्र भन्नू त?१३.अपुर्ण भुतकालको प्रयोग गरि एउटा वाक्य बनाउनुस त?

१४.उपसर्ग र प्रत्यय लागेका 1/1 शब्द बनाउनुहोस त?

१५.past tense को प्रयोग गरि एउटा वाक्य बनाउनुस त?

१६.past continue tense को फर्मुला भन्नू त?

१७. विश्व स्वास्थ सङगठनको परिभाषा मा स्वास्थ भनेको के हो भन्नू त?

१८. राजनैतिक बिभाजन कसरी गरिएको छ भन्नू त?

१९. दिगो बिकासको बारेमा भन्नू त?

२०. संघ ,प्रदेश र स्थानीय तहको बारेमा भन्नू त?

२१. नेपालमा 75 जिल्ला छ्न ?यसमा तपाईंको धारणा के छ भन्नू त?

२१. शिक्षा ऎन कहिले बन्यो भन्नू त?

२२. शिक्षा निमावली कहिले बन्यो भन्नू त?

२३. Area र volume मा फरक भन्नू त?

२४.1cm मा कति mm हुन्छ भन्नू त?

२५.1 मेक्टिक्टन मा कति kG हुन्छ भन्नू त?

२६. उत्तम कुमार बस्नेत चिन्नु भको छ?

२७. आधारभुत तह 1-8 मा पढाउन सक्नु हुन्छ?

२८. Mathematics को स्कोप नेपाल मा धेरै छ नि ?किन math पढ्ने मानिसहरू कम छन नि?

२९. ल तपाईलाई धेरै धेरै शुभकामना छ,तपाइको राम्रो हुन आउदो दिनहरु भन्नू भयो😍

बाकी चाहिँ सम्झिन सकिन है त (लगभग 40 मिनेट पुग्यो मेरो चाहिँ )🤗🤗

*************************************

#७#   (श्रोत: नविन कुलुङ छेन्हो)

आजको मेरो अन्तरवार्ता 

(१)तपाईंको परिचय दिनुहोस।कुन बिधालयमा पढाउनु हुन्छ?

(२) सोलुखुम्बु जिल्लामा कति वटा नगरपालिका छ?

जम्मा कति वटा गाउपालिका छ?

(३)सोलुखुम्बु जिल्लाको नाम कसरी रहन गयो?

(४)सोलुखुम्बु जिल्लामा कति ओटा 8000 मिटर भन्दा माथिका हिमाल छ्न ?नाम भन्नुहोस

(५)राजनितिक बिभाजनका आधारहरु भन्नुहोस।

(६)शिक्षक सेवा आयोगको अध्यक्ष को हुनुहुन्छ?

(७)शिक्षक सेवा आयोगको गठन कहिले भएको हो?

(८)शिक्षा ऐन सुन्नु भाछ यसको स्थापना अनि पहिलो संसोधन भन्नुहोस।

दोस्रो ब्यक्ती बाट

(१)तपाईले कुनै नेपाली या अङ्ग्रेजी बिधाका कविता लयमा कसरी गाएर बिद्यार्थीलाई सिकाउनुहुन्छ?

(२)मेरो स्वर मन पर्यो क्यारे तपाईलाई राष्ट्रिय गाण आउछ भनेको गाउन लगाईदिराको🤣मज्जाले उठेर गाए।

(३)शिक्षण विधि हरु भन्नुहोस।प्रवचन विधि कस्तो विधि हो ?

(४)भाषाका सिपहरु नेपाली अङ्ग्रेजी दुबैमा भन्न लगायो।भाषाका सीप मध्ये सबैभन्दा महत्वपूर्ण कुन हुन्छ किन?कारण दिनुहोस।

(५)बिस्कुट खानुहुन्छ खादिन भनेको नखाए पनि बिस्कुट को स्पेलिङ भन्नुहोस।

(६)पाठयोजना बनाउनुहुन्छ बनाउछु भनेको सबैभन्दा महत्वपूर्ण तत्व कुन हो कारण दिनुहोस।

(७)शैक्षिक सामाग्रीको प्रकार भन्नुहोस।

(८)भौगोलिक बनोट अनुसार वनस्पतिको प्रकार भन्नुहोस।

(९)नेपाल धरातलिय स्वरुपमा कति भागमा बिभाजन गरिएको छ?

तेस्रो ब्यक्ती बाट नवीन जी 

(१)तपाईलाई के धेरै सोध्नु सिकाई भनेको के हो?

(२)सिकाई स्थानान्तर भनेको के हो?

(३)बृतको क्षेत्रफल निकाल्ने सुत्र भन्नुहोस् ।

(४)बर्गको परिमिती कसरी निकाल्नु हुन्छ?

५) समबाहु त्रिभुज भनेको के हो?

६,७,८...

९समय गईसकेछ ल शुभकामना है


*************************************

#८#  (Source: Rajendra Barai)



finally interview पनि दिएयो सर / mam 


1.what is curriculum and evaluate ?

2. पारिस्थितिक पद्धति भने को के हो ?

3.सार्क भनेको के हो?

4.मुर्त,अमुर्त र सान्केतिक बाट शिक्षण कसरी गर्नु हुन्छ ?

5.दिगो बिकास भनेको के हो ?

6.शैक्षिक ब्यवस्थापन भित्र कुन कुन कुरा पर्द्छ्न र शिक्षण सामग्री लाई कसरी ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

7बिद्यार्थी केन्द्रत बिधि  के के हुन ? आदि


*************************************

#९# (श्रोत: सुरेश कार्की -Suresh Karki)


मलाई अन्तर्वार्तामा सोधिएका प्रश्नहरु

* 1/2 र 1/2 जोड्दा कति हुन्छ ?

* तपाईं अहिले कुन कार्यालयमा हुनुहुन्छ ?

* काग छ लाई अंग्रेजीमा भन्नुहोस् ।

* काग रुखमा छ लाई अंग्रेजीमा भन्नुहोस् ।

* x र y जोड्दा कति हुन्छ ?

* म स्कुल १० बजे जान्छु लाई अंग्रेजीमा भन्नुहोस् ।

* मूल्यांकन कति प्रकारका छन ? निदानात्मक मूल्यांकन भनेको के हो ?

* बिशिस्टीकरण तालिका भनेको के हो ?

* बहुकक्षा शिक्षण भनेको के हो ?

* कक्षा शिक्षण भनेको के हो ?

* तपाईं दैनिक कार्यतालिका बनाउनु हुन्छ कि हुदैन ? ५० जना बिद्यार्थी भएको प्राथमिक तहमा दुई जना शिक्षक हुनुहुन्छ भने दैनिक कार्यतालिका कसरी बनाउनुहुन्छ ?

* बार्षिक शैक्षणिक योजना भन्नाले के बुझिन्छ ?

* प्राथमिक तह १-३मा मूल्यांकनका लागि के के आधारहरु राखिएको हुन्छ ?

* अक्षराङ्कन पद्धति भन्नाले के बुझिन्छ ?

* जम्मा कतिवटा ग्रेडहरु निर्धारण गरेको छ ?

* विश्वको भूगोलको बारेमा भन्नुहोस् ।

* महादेशहरु कतिवटा छन ? क्रमशः भन्नुहोस् ।

* महासागरहरु कतिवटा छन ? ठूलोदेखि सानोको क्रममा भन्नुहोस् । 

* जम्मा ग्रहहरु कतिवटा छन् ? 

* भित्री ग्रहहरु के के हुन ?

* चेकोस्लोभाकियाको स्पेलिङ भन्नुहोस् । 

* म्याथम्याटिक्सको स्पेलिङ भन्नुहोस ।

* 75×75 कति हुन्छ ? छिटो भन्नुहोस् ।

* 28×28 कति हुन्छ ? छिटो भन्नुहोस् । 

* 15×15 कति हुन्छ ? 

* विद्यालयमा सुधार कसरी गर्नुहुन्छ ?

* स्मरण भनेको के हो ? स्मरण कति प्रकारका छन् ?

* बालमनोविज्ञान किन आवस्यक पर्छ ?

* शिक्षक निर्देशिका किन आवस्यक पर्छ ? यसका अंगहरु भन्नुहोस् । 

* शिक्षक निर्देशिका प्रयाेग नगरी प्रश्नपत्र निर्माण गर्दा के हुन्छ ?

* विद्यार्थीलाई अौंला भाची भाची जोड सिकाउने गरिएको छ । अब तपाईं कसरी जोड सिकाउनुहुन्छ ?

* विषय शिक्षण भनेको के हो ?

* कक्षा शिक्षण भनेको के हो ?

* x-y कति हुन्छ ?

* कक्षा १-३ को पाठ्यघण्टा र कार्यघण्टा कति कति छ ?

* एक्स पाई स्क्वायर माइनस वाई कति हुन्छ ?

* समूह भनेको के हो ?

* अग्ला विद्यार्थीका समूह लामा कपाल भएका विद्यार्थीको समूह ठीक छ त ? 

* नेपालको भूगोलको बारेमा भन्नुहोस् । 

* नेपालको क्षेत्रफल कति छ ?

*What is the fullform of TPD?

  सफलताको शुभकामना तपाईं जान सक्नुहुन्छ।


*************************************

#१०# (Source: Amrit Budha Magar)


१,ल बस्नुस् र आफ्नो परिचय दिनुस् ।
२,भनेपछि तपाई कार्यरत राहत , दरबन्दी ,करार ...?
३,कहिलेदेखि कार्यरत मिति ?
४,तिमीले पढाउने बिद्यालय कतिसम्म छ?
५,नर्सरीदेखि १२सम्म कति विद्यार्थी हुन्छन् ?
६,कुन कुन बिषय कति कति  कक्षामा पदाउनुहुन्छ?
७,कक्षा २ मा छुट्टै  स्वास्थ्य भन्ने बिषय त छैनहोला कुन बिषयसँग समेटिएको छ।
८,कक्षा २को मूल्याकंन गर्नुहुन्छ कि गर्नुहुन्न कसरी गर्नुभएको छ।
९,कक्षा ११/१२ मा नेपाली त पद्नुभएकैहोला, यो तत्सम,तत्भव,आगन्तुक भन्ने सब्द सुन्नुभएको छ? के होला ? उदाहरण दिनसक्नुहुन्छ?
१०)भातसात,पानीसानी, दङ्गालीसङाली कस्तो खालको सब्द हो?
११)उपसर्ग र प्रत्यय मा के फरक छ नी।रुकुमेली,दङ्गाली मा यो ली  भन्ने के हो नि?
१२)आज्ञार्थ,इच्छार्थ.....
१३).........
१४).......
१५)उ घर जान्छ।लाई स्त्रिलिंग बनाउदा के हुन्छ?
१६)रुकुमतिर भैंसी भ्ययो भने के बन्छन् ? भैसीको बच्चालाई ।
१७)हाम्रो नेपाल कस्तो खालको संरचना हो?
१८)प्रदेश तहको के काम छ? तपाई हामी जस्ता कुनै ब्यक्तिका ब्यक्तिगत कार्यहरू हुन्छन् ?
१९)गाउँ कार्यपालिकामा को को हुन्छन् ?
२०)नेपालमा कतिओटा प्रदेश छन? अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्ने प्रदेश कुन हो?
२१)यो तपाईंले लिखित परिक्षा पास गरेर आउनुभएको छ ।जस्को बिज्ञापन गर्ने निकाय कुन हो?संघ,प्रदेश,स्थानीय तह जिल्ला ।
२२)सर्बप्रथम प्रदेशको नामाकरण गर्ने प्रदेश कुन हो?
ल तपाईंको सकियो। सफलताको सुभकामना।अब बाहिर ८नं. लाई भित्र पठाउने भन्दिनु।
*************************************
#११# (Source: Kabita Khatiwada)
१.Describe about yourself 
२ How we develop our students reading skill
३.३ र ६ मा ३ ठुलाे छ कसरी भन्नुस
२.तपाईं त मधेश प्रदेशमा  एउटा भाेजपुरि गित गाउनुस 
३.भ्यागुताकाे जीवन चक्र कुन माैसम मा शिक्षण गर्दा     प्रभावकारी हाेला? कसरी शिक्षण गर्नु हुन्छ ?
४ पहिले ज्यामिती अन्तिममा राखिन्थाे तर वर्तमान curriculumमा सुरुमा छ किन हाेला?
५ बिस्मयादिबाेधक वाक्य भन्नुहाेस
६वि व्य स काे गठन किन र गठन प्रकि्या भन्नुहाेस
७ ....
*************************************
#१२#  (Source: Madhavi Singh)
१.तपाई को परिचर भन्नुस्                                       ।     २.ए तपाईं त गणित को बिघ्यार्थि किन बढि जसो गणित को बिघ्यार्थि पास हुन्छन् होला?                                    ३.2 को पावर 0=1हुन्छ थाहा छ कसरि सिकाउनु हुन्छ।    4.कुनै सामाग्री बिना ,चक नलिएर क्लासमा कसरि त्रिभुज सिकाउनु हुन्छ।                                                5.मापन भनेको के हो यसका ईस्केल बताउन सक्नु हुन्छ।  6.जन्म पुर्व का अबस्ता भन्नु होस्।                                 7.तपाइ त एउटा स्माट मान्छे तपाईं लाई प्र अ बनायो भने के गर्नुहुन्छ जहा स्कुल को बाताबरण फोहर छ टिचर समयमा आउदैन, बिद्यार्थी नि समय मा पुग्दैन, भवन को छत चुहिने छ भने कसरि ब्यबस्थापन गर्नु हुन्छ। अनि अर्को को पालो 9.तपाइले ऐन नियम र सम्विधान त पढ्नु भा होला है नागरिक का कर्तव्य काहा राखेको छ कति ओटा छन् भन्नुस्।                                                        10.कति अनुसुची छन् भन्नुस् 1-9 सम्म।                       11.मौलिक हक कति धारा देखि राखेको छ 10 भन्नुस्।      12.कतै उल्लेख नभएको अधिकार का हा व्यवस्था छ।      13.संघियता भनेको के हो। र संघीयता र विकेन्द्रीकरण एउटै होर।                                                                 14.समावेसिमा महिला को लागि कति % छुट्यको छ येसमा मुस्लिम र दलित महिला को लागि कति % छुट्याएको छ। अब अर्को को पालो ए तपाइको मनोविज्ञान र पाठ्यक्रम त पढ्नु भएको होला तेसो भए 15. वृदि र विकास बिच को सम्बन्ध के छ                      16.ए अगाडि सरले नि सोध्नु भा हो म पनि सोध्छु सम्विधान मा शिक्षा सम्बन्धी हक छ कति धारा छ केके को ब्यबस्था छ बताउनुहुन्छ।                                       17.पाठ्यक्र म त पढ्नु भा छ होला यकिकृत पाठ्यक्रम भनेको के हो।                                                               18.म र मेरो परिवार भन्ने थिम छ यसको पाठयोजना बनाएर सुनाउनुस्                                                       19.कार्परकसिकाइ सिद्धान्त को बारेमा बताउनुस्             20.लैङ्गिक समता र समानता भनेको के हो                     अनि यो भन्दा अगाडि नि अन्तरबार्ता दिनु भा थियो। ल तपाईं लाई शुभकामना जान सक्नुहुन्छ ढोका लगाएर धन्यवाद
*************************************
#१३# (Source: Loksewa Learning)
आज म अन्तर्वार्ता दिँदै गर्दा सोधिएका प्रश्नहरु! 

१) यो कोठामा हजुरलाई स्वागत छ। आफ्नो परिचय आफैले बसेर दिनुहोस्।‌

२) हजुर त कोट पाइन्ट , ढाकाटोपीमा सजिएर जन्ती जाने जस्तै देखिने गरी आउनुभा'छ। खासमा यो जन्ती भनेको के हो? जन्ती किन गइन्छ? 

३) यो कोठामा कति जना मानिस हुनुहुन्छ? कतिवटा ढाका टोपीहरु छन्? तीमध्ये कालो टोपीको दशमलवमा मान बताउनुहोस्। (जम्मा ढाकाटोपी ४ र कालोटोपी १ थिए) 

४) हरेक ठाउँअनुसार नेपाली भाषा फरक लवजले बोलिन्छ। हजुरले नेपाली भाषा पढाउनुपरे त्यो भाषिक विचलनलाई कसरी समाधान गराउनुहुन्छ? 

५) कक्षामा हजुर पढाउन जानुहुन्छ? कि अरु केही गर्न?? 

हस्। हजुरलाई शुभकामना व्यक्त गर्दछौं। जानुहोस्। 

यति प्रश्नमा २८ मिनेट बितेको थियो। तर, मलाई ५ मिनेट बराबर लागेको थियो। निर्धक्क भएर अन्तर्वार्ता दिनुहोस्। 🙂🙂

*************************************
#१४# (Source: Ishwar Dhungana)
अन्तर्वार्तामा मलाइ सोधेका प्रश्नहरु
 १ परिचय दिनुहोस
 २ मा बि मा पढाउने मान्छे प्रा बि मा आउदै हुनुन्छ घटुवा पो हुन लाग्नु भएछ, यो के सजाय हो?
 ३ a and an कस्तो कस्तो अवस्थामा लाग्छ sentence बनाउनुहोस
 ४ कक्षा कोठा व्यवस्थापन अन्तर्गत के के पर्छ्न?
 ५ कुनै कबिता भनेर कबिको नाम र छन्द भन्नुहोस्।
 ६ समाज र समुदाय बिच फरक भन्नुहोस
 ७ listening speaking reading and writing भासिक सिपको कार्यकलाप कसरि गराउनु हुन्छ
७ हामी के कारणले यसरि आम्नेसाम्ने हुने मौका पायौ?
 ८ भिन्न लाइ कसरि शिक्षण गर्नुहुन्छ?
 ९ 1/2 भन्नु र 1:2 भन्नु एकै हो?
 १० कुनै ४ लाइनको भनाइ लाइ यो पाठ शिक्षण गर्दा उदेस्य के राख्नु हुन्छ र मुल्यान्कनको लागि प्रश्न बनाउनुहोस!

   (अन्तिम अन्तर्वार्ता दिने ब्यक्ति भएकोले )
अब प्रस्न सकियो अनौपचारिक गफ गरौ!!
 कति बर्स पुग्नु भयो?
 बिहे गर्नु भको छ?
 यो ज्याकेट कतिमा किन्नुभयो😂
 चस्माको पावर कति हो?😉
 अगाडि को परिक्षामा कस्तो गर्नु भको छ खुलामा हुनुहुदो रैछ
 हामिले कति अन्क सम्मदिन पाउछौ?
 हामिले तपाइलाइ कति अन्क दियौ होला( हास्दै)😁
 ल शुभकामना छ जान सक्नु हुन्छ!
*************************************
#१५# (Source: Dil Bahadur BC)
आज मलाइ सोदिएको 
1) तपाइको परिचय दिनुहोस ?
2) कटारी देखि गाइगाड सम्म आउदा कति ओटा जिल्ला पार गर्नु पर्छ ?
3) अन्तरबार्ता दिदै गरेको शिक्षा कार्यलय कुन नगरपालिकामा पर्छ ?
4) यो नगरपालिकाको अध्यक्षको नाम के हो ?
5) उदयपुर जिल्ला मा कति ओटा प्रतिनिधिसभा निर्वाचन रहेको छ ?
6) उदयपुर जिल्लामा कस्ले चुनाबमा जित्यो ?
7) तपाईं को गा पा अध्यक्षको नाम के हो ?
9) प्रदेश ख तपाइको जिल्ला कस्ले जितेक हो ?
10) पुर्ब तपाइको सभासद कसको उदयपुरमा घर रहेको छ ?
11)ओखलढुंगा प्रतिनिधि सभामा कस्ले जित्यो ?
12) ओखलढुंगामा कति ओटा स्थानिय तह रहेको छ ?
13) गुणन कसरी सिकाउनु हुन्छ ?
14) a पलस b क्युबको सुत्र भन्नुहोस ?
15) वाक्य कति प्रकारको हुन्छ ?
16) सयुक्त वाक्य बनाउनु होस ?
17) अक्षर कसरी चिन्ने बनाउनु हुन्छ ?
18) मौलिक हक कति ओटा छ ? 
19) कति ओटा मौलिक हक हरु रहेको छ ?
20) चार सहिदको नाम भन्नू होस ?
21) कहिले सहिद दिबस पर्छ ?
22) prithi नारायण साह कहिले राजा भए ?
23)कति बर्षको उमेर मा राजा भए ?
24) कहिले राजा भए ? 
25 ) हस धन्यवाद बधाइ छ जानुहोस?
*************************************
#१६# (Source: Dinesh Chand)
१.गिलासलाइ कसरी चिनाउनुहुन्छ?
2. What are the natural order of language?
३. बास फुल फुल्ने बिरुवा हो कि नफुल्ने?
४. आधारभुत तहमा कस्तो मुल्यांकन हुन्छ ?
५. प्राणत्व र घोसत्व भनेको के हो?
६. फुल फुल्ने र नफुल्ने बिरुवा कसरी शिक्षण गर्ने?
७. एक दलिय र दुई दलिय कसरी शिक्षण गर्ने?
*************************************
#१७# (Source: Gurumantra Academy)
आजको प्रावी अन्तर्वार्तामा सोधिएका प्रश्नहरु
1. तपाइको परिचय दिनुहोस ।
2. तपाइको नामको अर्थ बताउनुहोस ।
3. तपाईं कुन स्थानिय तहमा बस्नुहुन्छ रे?
4. त्यसको अर्थ बताइदिनुहोस ।
5. साबिकको कुन ठाउँ हो?
6. साच्चै त्यो ठाउको अर्थ के हो? बताउनुहोस न।
7. नेपाली इतिहासमा तपाइले कसलाइ Legendary Figure मान्नुहुन्छ?
8. साच्चै तपाइलाइ नेपाली बाङ्मय क्षेत्रको कुन व्याक्ती मनपर्छ?
9. नेपालको जनघनत्व कति छ?
10. साच्चै तपाइको अध्ययन कति हो ?
11. दरवार स्कोलको स्थापना कहिले भएको हो?
12. सिद्धिचरण श्रेष्ठलाइ के भनेर चिनिन्छ?
13. ए!!! गणितको शिक्षक हुनुहुदो रहेछ? अल्जेब्राको व्यबहारिक उपयोगीता बताइदिनुहोस न।
14. Zero को Value हुदैन तर 1 को पछाडी जति Zero थप्यो उत्ति Value बढ्दै जान्छ । किन?
15. तपाईं कार्यरत हो ?
16. तपाईं कक्षा शिक्षण गरिसकेपछी अन्त्यमा के गर्नुहुन्छ?
17. प्रश्न 12 को उत्तर पछि त्यसमै जोडेर कक्षा शिक्षण गरिसकेपछी अन्तिममा तपाइले गर्नुहुने मुल्याङ्कन कस्तो प्रकारको मुल्याङ्कन हो?
18.  व्यवस्थित र  अव्यवस्थित शरीकरण भैरहेको छ भनिन्छ , यश वारे तपाइको बिचार के छ?
19. अन्तर्वार्ताकै क्रममा, उता ढोकालाई हेर्न लगाउछ्न, र प्रश्न गर्छ्न , अहिले तपाइलेले जुन ढोका हेर्नुभयो त्यो ढोका बालमैत्री छ कि छैन? कसरी?
20. व्याकरणिक एकाइहरु थाहा छ तपाइलाइ?
21. साच्चै तपाईं अहिले के गर्नुहुन्छ? कतै कार्यरत हुनुहुन्छ कि?
22. कार्यमुलक अनुसन्धान भनेको के हो? 
23. तपाइले शिक्षण गर्नुहुने कक्षामा एकदमै लजालु छात्रा बिध्यार्थी छिन, उनको लाजालुपनको कारणले गर्दा शिक्षक सग राम्रोसग घुलमिल हुन नसकेर उनको पढाइमा असर गरिरहेको छ, यस्तो अवस्थामा तपाईं उनको सिकाइमा सुधार ल्याउन के कस्ता कदम चाल्नुहुन्छ?
...........
..........
......
ल तपाइलाइ शुभकामना छ । जान सक्नुहुन्छ ।
*************************************
#१८#  (श्रोत: मित्र खनाल)
आज मलाई अन्तरवार्तामा साेधिएका प्रश्नहरु:
१. परिचय दिनुहाेस्
२. शिक्षण पेशामा त्यस्ताे के छ र आउनु भयाे?
३. मा.वि. विस्थापित हुनुभएकाे रहेछ यसलाई कसरी लिनुभएकाे छ?
४. पुरानाे काेट लगाउ नयाँ किताब किन याे भनाईकाे तात्पर्य के हाे?
५. श्रुतिसमभिन्नार्थ भनेकाे के हाे?
६. श्रुतिसमभिन्नार्थकलाई english मा के भनिन्छ?
७. गद्य र पद्य भनेकाे के हाे?
८. अक्षांश र देशान्तर भनेकाे के हाे? 
९. शिक्षण सिकाईमा सुचना प्रबिधिकाे प्रयाेगका फाईदा हरु भननुहाेस्
१०. अन्तिममा नेपाली काव्य समालाेचना बाट साेध्नुभयाे । अनि सकियाे ।
*************************************
#१९# (Source: Su Za Na Magar)
1.बसेर आफ्नो परिचय दिनु न त हामिलाई। 
2. हजुरको जस्तो नाम त सुनेकै थिएन मैले, नाम बिग्रेको होकि यहि हो?😆
2.पढाउदै हुनुहुदो रैछ कुन विषय अनि कुन लेभल मा पढाउनुहुन्छ?
3. तपाईंको स्कुलमा वि.व्य.स गठन भाछ? छ भने के के काम गर्छ वि.व्य.स ले?
4. स्कुलमा library, science lab, computer अनि ICT छ?
4. प्रयोग गर्नुभाछ कि नाई तपाईंले ? गर्नुभाछ भने तपाईंले ICT Use गरेर पढाउनुभको एउटा lesson भन्नुस् न? कसरी पढाउनुभयो?
5. Next sir, म अलि late आए परिचय सुन्न पाईन, सुजना है नाम? अनि कहाँ बाट आउनुभो?
6. तपाईं मगर है? मैले तपाईं मगर नै हो भनेर कसरी चिन्ने? तपाईं कसरी मगर हो? 
7.While teaching grammar, which topic would u feel easy to teach? How do u teach this....?
8. How do u teach auxiliary verbs?
9. Why do we use auxiliary verbs in english? 
10. Do u think that the saari u r putting on is culture ?
next sir..
11. primary level मा सबै विषय पढाउनुपर्छ, बिजगणितको समीकरण कसरी सिकाउनुहुन्छ?
12. पानीमा शक्ति हुन्छ भनेर कसरी बुझाउनुहुन्छ?
13.तपाईं यहाँ किन आउनुभाको?
14. अन्तर्वार्ता किन दिने?
15. अन्तर्वार्ता भनेको के हो? 
16. मैले गाईलाई घाँस खुवाए भन्नलाई english मा भन्नुस न?🤣🤣 दिए नभन्नुस है गाईले नखान पनि सक्छ खुवाए भन्नुस 😂😂
17. क ख त भुल्नुभाछैन नि english पढ्ने मान्छेले? 😂 ल क देखि ज्ञ सम्म सुनाउनुस त ?🤣🤣 
(बिगार्छु कि के हो भनेर कम्ता पिर परेथेन 😂😂)
At last, All the best, wish u good luck 😊
u can leave now.
*************************************
#२०# (Source: Inarwa, Sunasari)
१. मति शब्दको व्युत्पति भन्नुहोस् ।
२. 1/2 ठूलो कि 1/4? कसरी ? 
३. Preposition: Board .... the wall
४. In front कसरी पढाउनुहुन्छ ?
५. वि ब्य स मा सदस्य संख्या कति हुन्छन् ?
६. शैक्षणिक सङ्गठन के के हुन् ?
७. नामको परिभाषा दिनुहोस्।
८. कक्षा कोठामा शुरुमा motivation कसरी गर्नुहुन्छ?
९. कक्षा १-३ मा मूल्याङ्कन कसरी गर्ने हो?
१०. जोड, गुणन, भाग, सरल कसरी सिकाउनुहुन्छ?
११. वर्णविन्यास भनेको के हो?
१२. सामाजिकिकरण भनेको के हो?
१३. Rubrics भनेको के हो?
१४. Jigsaw method के हो?
१५. सामुदायिक विद्यालयको स्तर खस्किनुका कारणहरू के के हुन्?
१६. विरूवाका प्रकार भन्नुहोस्।
१७. एकीकृत पाठ्यक्रम भनेको के हो?
१८. शक्ति र सामर्थ्य बीच के फरक छ?
१९. मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण प्रणाली कुन हो?
२०. आगमन / निगमन बिधि के के हुन्?
२१. Language skills भन्नुहोस् ।
२२. चुम्बक बनाउने तरिका भन्नुहोस् ।
२३. पदार्थ भनेको के हो?
२४. " मैले कुकुरलाई खाना खुवाएँ " लाई अंग्रेजीमा भन्नुहोस् ।
२५. जनसंख्या व्यवस्थापन भनेको के हो?
२६. माल्थसको जनसंख्या सिद्धान्त बारे के थाहा छ?
२७. श्रुतिबोध कसरी र किन गराउनुहुन्छ?
२८. नेपालको इतिहासमा स्वर्णिम युग भनेर कुन समयलाई चिनिन्छ?
२९. काल के हो? यसका प्रकार के के छन्?
३०. आफ्नो शरीरको प्रयोग गरेर गणित कसरी पढाउनुहुन्छ?
३१. कविता/ कथा कसरी पढाउनुहुन्छ?
३२. पुनर्बल भनेको के हो?
३३. Auxiliary verbs भन्नुहोस्। 
३४. परीक्षा बाहेकका मूल्याङ्कनका साधन के के हुन् ?
३५. कक्षा व्यवस्थापन भन्नाले के बुझिन्छ?

**************************************
#२१# (Source: Rabin Raut)
बस्नुहोस ।
परिचय पाउ !
1) बजारमा हल्ला छ कि सामुदायिक बिध्यालयमा शैक्षिक गुणस्तर घट्दो छ , तपाइ सहमत हुनुहुन्छ ? 
2 ) किन? 
3) कसरि भयो ? किन भएन ? अझै पनि कक्षा 8-9 का बिध्यार्थि नेपालि पढ्न जान्दैनन , कारण के हो ? यसमा को दोषी  छ ? 
4) अब के  गर्नुहुन्छ ? किन गर्नुभएन ? के  गर्नु भयो ?
5) तपाइको बिध्यालयमा यस्तो छ कि छैन ?
6) बालमैत्री शिक्षण के हो?
7) कक्षा 1-3 मा कस्तो पाठ्यक्रम छ? 
8) किन यस्तो पाठ्यक्रम राखियो ? र 
तपाइ कुन कुन बिषय पढाउनुहुन्छ ?
9 शिक्षक का सक्षमता कति वटा छन ? दोश्रो र आठौ  मा के छ ?
10) तपाइ र बोका मा के फरक छ ?
11) रुबृक्स भनेको के हो?
12) तपाइ लाइ प्र अ ले कहिले ३ घण्टि , कहिले 7 घण्टि , कहिले कक्षा शिक्षण गर्न लगाउनु भयो भने तपाइको प्रतिक्रिया कस्तो हुन्छ? , किन ?
13) पाठ्यक्रम कुन वेब बाट डाउन लोड गर्नुहुन्छ ?
14)शिक्षाण क्रीयाकलापमा  ict कसरि प्रयोग गर्नुहुन्छ ?
15) तपाइ अब शिक्षक भयेर शिक्षण प्रकृयामा के तेस्तो नया बिधि अपनाउनुहुन्छ र कस्तो परिवर्तन गर्न चाहानुहुन्छ ?
16) लामो समय देखि यो पेशामा आबद्द हुनुहुन्दो रैछ , तपाइ बाट आज सम्म शैक्षिक गुणस्तर बृद्दिको लागि के कस्ता प्रयास गर्नु भयो ? त्यति सहज अनि सबै उपलब्ध थियो र् ? 
17) हजुर हसिलो हुनुहुदो रैछ , बिद्यार्थी ले गृहकार्य तथा कक्षा कार्य नगर्दा कतिको रिस उठ्छ अनि कत्तिको द्ण्ड सजाय गर्नु  हुन्छ ?
18) किन ? 
19 ) अब के गर्नुहुन्छ? कुनै उपाय ? 
20 ) हजुर बाट हामि आशाबादि छौ , तपाइ सफल हुनुहोस , शुभकामना अनि शिक्षण सिकाइ तथा शैक्षिक गुणस्तरमा वृद्धि हुने शिक्षण सिकाइ गर्नुहोस पुन: शुभकामना ।।।
उदयपुर को प्रा शि  मौखिक परिक्षा @ सुनसरी , इनरुवा !!! 
यति सम्म सामना गरियो ,,, उल्लेख नभएका २ वटा प्रश्न जबर्जस्ति sorry भनियो ।।।
24 मिनेट बिताइयो ।।। जय शिक्षक सेवा आयोग ।।।🙏🙏🙏

*************************************

#....# Mixed
१. मलाई त बर्तमान शिक्षा मन्त्री को हुनुहुन्छ ? म भात खान्छु लाई अङ्ग्रेजीमा Translate र गणितमा x र y जोडदा कति हुन्छ ? साथै अन्तमा यदि तपाईं शिक्षक सेवा आयोगमा पास गर्नु भो भने शिक्षण पेशाप्रति कति जिम्मेवारी हुनुहुन्छ भनेर सोधेको पाईयो
२. 2+2÷4 solve गर्नुहोस् ।
३. सजिव र निर्जिव बस्तुको धारणा कसरी दिनुहुन्छ?
४. बिज गणित को हाम्रो जिवनमा के प्रयोग हुन्छ ?
५. केले शिक्षक बन्न प्रेरित गर्यो?
६. शिक्षकको तलब कति हो तपाईंले अब पाउने?
७. शिक्षकको सेवा सुवधाहरू केके छन्?
८. बिदाका प्रकार हरु केके हुन् ?
९. पाठ्यक्रम र पाठ्यपस्तकमा फरक?
१०. कक्षा कोठा मा सूचना प्रविधि को प्रयोग कसरी गर्नु हुन्छ?
११. शैक्षिक सामग्रीबाट कसरी स्पष्ट सिकाइ हुन्छ?
१२. गणित विषयको शिक्षक हुनुहुन्छ एकासी कक्षामा जानु भयो भने कसरी पढाउने?
१३. कुनै सामान 40 मा किनेर 60 मा बेच्दा कति %  फाइदा हुन्छ?
१४. मापन र मुल्यांकन मा के फरक छ? प्रश्नउत्तर बिधि शिक्षक केन्द्रित हो कि बिध्यार्थी केन्द्रित हो ?🤔🤔
१५. कालो को बिपरित सेतो हो ? भनेर सोद्द्छन 😁
१६. तपाई एक गित गाउनु होस्
१७. निरन्तर मूल्यांकनका कारण बालबालिकाहरुमा यसै पास भैइन्छ भन्ने छ!माथिल्ला कक्षामा यसले कस्तो असर गर्छ?यसको समधान कसरी गर्ने?
१८. सामुदायिक बिध्यालयमा कक्षा 8 पुग्दा पनि क ख जानेका हुदैनन किन ?
१९. कागजको पाना सेतो हुन्छ किन ?
२०. Red pen ले लेख्दा रातो किन देखिन्छ ?
२१. तपाई षड्कोण कसरी शिक्षण गर्नुहुन्छ?
२२. तपाईं आदर्श शिक्षक बन्न के के गर्नुहुन्छ?
२३. प्राथमिक तहमा (1-3) गणित र सेरोफेरो विषय कसरी अन्तर्सम्बन्धित छन ?उदाहरण दिनुहोस् ।
२४. नेपालको इतिहासमा एक पटक महिला नै राष्ट्रपति, महिला नै प्रधानन्यायाधीश र महिला नै सभामुख रहेका थिए । अब भन्नुस वहाहरु को को हुनुहुन्थ्यो?

*************************************

*************************************



Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books