Posts

उपयोगी वेबसाइट

  विद्यार्थीलाई उपयोगी ८ वेबसाइट काठमाडौं । विद्यार्थीलाई अध्ययनका क्रममा विभिन्न शैक्षिक सामग्रीहरूको आवश्यकता परिरहेको हुन्छ । पहिले पहिले यसका लागि पुस्तकालय अथवा शिक्षक–शिक्षिकाहरूले कहाँ जानुको कुनै विकल्प थिएन । तर आज हामीसँग इन्टरनेटको सहज उपलब्धताका कारण यो अवस्थाको अन्त्य भएको छ । इन्टरनेटको प्रयोगबाट हामीलाई आवश्यक पर्ने सामग्री सहजै भेटाउन सक्छौं । अहिलेको अवस्थामा कुनै पनि समस्याको समाधान इन्टरनेटमा छ । तर, त्यसका लागि उपयुक्त वेबसाइट र कन्टेन्ट छनोट सबैभन्दा महत्वपूर्ण विषय हो । विशेष गरी विद्यार्थीहरूलाई बाह्य क्रियाकलापका लागि कस्ता कन्टेन्ट र कुन वेबसाइट उपयुक्त हुन्छ भन्ने विषयमा यहाँ हामी जानकारी दिँदैछौ ।​ टेड टक्स (TED Talks) ​यदि तपाईंलाई आफ्नो सृजना क्षमता अथवा विचारमा नयाँ उचाइ लिन मन छ भने यो वेबसाइट निकै सहयोगी हुनेछ । यसमा तपाईंले हजारौं भिडिओहरू र विभिन्न वक्ताहरूले बोलेका कुराहरू पाउन सक्नुहुन्छ । यस भएका सामग्रीहरू १०० भन्दा बढी भाषाहरूमा उपलब्ध छन् । पेपर राइटर (Paper Writer) विद्यार्थीहरूलाई आफ्नो पाठ्यक्रम अनुसार विभिन्न शीर्षकमा लेख्नु पर्ने हुन्छ ।...

अभिभावकले मनन गर्नु पर्ने कुराहरु

  १, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ! २, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस्! ३, दैनिक सबै बिषयको कापी हेर्नुहोस। उस बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन ! ४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ ! ५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस् ! ६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस ! ७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस ! ८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस ! ९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्...

अभिभावकज्यूहरुमा विशेष अनुरोध

१. तपाईँका नानीहरुलाई सँधै सही समयमा विद्यालय पठाइदिनुहोस् । विद्यालय नआउँदा उसको पढाइ छुट्ने भएकाले उ पढाइमा पछि पर्न सक्छ ।  २. आफ्ना नानीहरुको विद्यालय आउने र फर्कने समयको विचार गर्नुहोस्, कतै नानीहरु अनावश्यक रुपमा बरालिने त गरेका छैनन् ? ३. कतिनानीहरु घरबाट विद्यालय जान भनेर हिड्ने तर विद्यालय नआउने गरेका पनि हुन सक्छन, त्यसैले अभिभावकज्यूहरुलाई समय समयमा विद्यालय आफै आएर वा वर्ग शिक्षकहरुलाई समय समयमा फोन गरेर आफ्नानानीहरुको बारेमा थाहालिन अनुरोध गरिन्छ ।  ४. नानीहरुको सङ्गत, आनीबानी, आचार व्यवहार आदिको बारेमा उनीहरुले थाहा नपाउनेगरी ख्याल गरिदिनुहुन र त्यसमा अवान्च्छित बदलाव आएको पाइएमा तुरुन्तै विद्यालयमा आई थप छलफल गर्नुहुन अनुरोध गरिन्छ ।  ५. आफ्नानानीहरुको विशेष रुचि, क्षमता, प्रतिभा, त्यस्तै केही शारीरिक वा मानसिक कमीजोरी भए त्यसको बारेमा समयमा नै विद्यालय प्रशासनलाई वर्ग शिक्षक मार्फत जानकारी गराउन अनुरोध गरिन्छ ।  ६. नानीहरुको पोशाक, सरसफाइ आदिमा विशेष ध्यान पु¥याई दिनुहोला । नानीहरुका पोशाक, मोजा इत्यादी दिनहु धुने र आइरन गर्ने गरेमा नानीविशेष रुपले स्...