शिक्षा भौचर
शिक्षामा भौचर के हो ?
School Voucher/Education Voucher
---
राजनितिक दलहरुका घोषणा पत्र/संकल्प पत्र आइरहदा नेपाली #काग्रेसको संकल्प पत्रमा उल्लेख भएको शिक्षामा भौचर पद्धतिको बारेमा जिज्ञासा शुरु हुन थालेको छ ! भौचरको बारेमा विश्वमा भएका केही अभ्यास अध्ययन गर्दा बुझेका कुरा---
*मानव अधिकारको रुपमा रहेको अनिवार्य र निशुल्क प्राथमिक (आधारभुत) शिक्षा र निशुल्क माध्यमिक शिक्षा सरकारले कार्यन्वयन गर्न भौचर पद्धती कार्यन्वयनमा ल्याएको पाइयो !
*भौचर सरकारले बालबालिकालाई अध्ययनका लागि दिने प्रमाणपत्र हो जसको अभिलेखिकरण सरकारले गर्छ !
*विद्यालय पढने उमेरका बालबालिका सबैलाइ सरकारले भौचर दिन्छ जुन भौचरको आधारमा विद्यार्थी विद्यालय पढन जान्छन !
*भौचरको आधारमा विद्यार्थी/अभिभावकले विद्यालय छनोट गर्ने (school choice) अवसर पाउँछन्, आफुले चाहेको विद्यालयमा पढन सक्छन !
*सरकारले प्रती विद्यार्थी लगानी सुनिस्चित गर्छ र त्यो बराबरको लगानी सरकारको हुन्छ !
*विद्यालय छनोट सामान्यतया सामुदायिक वा निजि जुन पनि हुन सक्छ ! केही देशले सामुदायिकलाई मात्र राखेका छन भने केहिले दुबै !
*गरिब तथा मध्यम वर्गका लाई अध्ययनमा पुर्ण सहयोग हुन्छ ! उपल्लो वर्गकाले समेत शिक्षामा सरकारी लगानिको अनुभूति गर्छन !
*सामुदायिकमा अध्ययन गर्दा सरकारी लगानी हुने हुदा निशुल्क शिक्षा भौचर मार्फत लिन सकिने, निजि विद्यालयमा अध्ययन गर्दा परिवारले सरकारलाइ तिर्नु पर्ने आयकरबाट आफ्ना नानिको शिक्षा खर्चबापतको रकम कट्टा गरि आय कर बुझाउन सक्ने !
*बालबालिकाको शिक्षामा निरन्तरता, शिक्षाको गुणस्तर सुधारमा भौचर प्रभावकारी बनाउन सकिने !
*विद्यालय छनोट गर्न पाउने सुबिधाले विद्यालयहरु प्रतिस्पर्धी र गुणात्मक बन्न सक्ने !
*भौचर पद्धतिले सामुदायिक र निजि गरि भनिएका दुई खाले शिक्षा बीचको खाडल पुर्न सक्छ !
*सामुदायिक र निजि बीचको द्वन्द्व कम गर्न सहयोग पुग्छ ! साथै निजिमा पडदा निशुल्क शिक्षाको अनुभूति नभएका अभिभावकले सरकारको शिक्षामा भएको लगानीको अपनत्व गर्न सक्छन !
---
भौचर पद्धती कार्यन्वयनका अभ्यासहरु विश्वका विभिन्न देशहरुमा आ-आफ्नै तरिकाका देखिन्छन ! हाम्रोमा मुलत संविधानको व्यवस्था बमोजिम निशुल्क शिक्षाको कार्यन्वयन गर्न भौचर पद्धतिलाइ राजनितिक दलले अगाडि सारेको प्रस्ताव/योजना हुन सक्छ ! यसला मोडालिटी र रणनिती आएपछी थप प्रस्ट हुन सकिएला !
#श्रोत: google search
Comments
Post a Comment