EPF Online Entry

 कर्मचारी सञ्चयकोषमा office KYC र अनलाइन फाटबारी इन्ट्री गर्ने तरिका

KYC DATA EDIT को लागि ध्यान दिन पर्ने कुरा :

Please note that, if you have need to update and changes any data (mobile No., Bank Account, Password reset, PAN No. Name, Address, Date etc) in your KYC,

please fill the application (you can download from our website www.epf.org.np ) with your signature and your organization's authorized person's signature with related supporting document then send it on our email id kyc@epf.org.np or contact our nearest branch. 

KYC Reject

कार्यालयको KYC भर्दा Office Code मिलेको हुनु पर्ने र इमेलमा कार्यालयकै इमेल राख्नु पर्नेमा व्यक्तिको इमेल राखेर KYC submit भएको अवस्थामा Office KYC reject हुने हुँदा आफ्नो कार्यालय को Office Code एकिन गरि कार्यालयकै इमेल राखेर KYC submit गर्नु होला / 

Office KYC भर्दा ध्यान दिनु पर्ने कुरा:

कोषले सञ्चयकर्तालाई प्रवाह गर्ने बिभिन्न सेवा सुविधा सरल, सहज र प्रभावकारी बनाउन कोष कट्टी गर्ने कार्यालयको Office KYC बिवरण अध्याबधिक गर्ने कार्य भै रहेको व्यहोरा अनुरोध छ । यद्यपी केही कोष कट्टी गर्ने कार्यालयको Office KYC विवरणको Office Email मा व्यक्तिगत इमेल तथा अन्य डोमेन (Hotmail/gmail/Yahoo) को इमेल प्रयोग गर्ने गरेको पाइएको, जसले गर्दा कार्यालयको सम्बन्धित कर्मचारी अन्यत्र सरुवा भई गए पश्चात सरुवा भई आउने कर्मचारीले कोषमा website मा Login गर्न कठिनाई भएको गुनासो आउने गरेको । 

अतः सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७५ (नेपाल राजपत्र–खण्ड ६८, काठमाण्डौ, कार्तिक २६ गते, २०७५ साल, संख्या ४०) अनुसार सबै सरकारी/संस्थान कार्यालयहरुले Government Domain वा आ–आफ्नो Domain कै Email बनाई सो अनुरुप Office KYC बिवरण अध्याबधिक गरि सेवा प्रबाहलाइ सहज र प्रभावकारी बनाउन सहयोग गरि दिनुहुन अनुरोध छ ।

कर्मचारी संचय कोषले प्रदान गरिने सेवाका सम्बन्धमा जानकारी

बिशेष सापटी : यहाले बिशेष सापटी लिन खोज्नु भएको भए कर्मचारी संचय कोषको webite www.epf.org.np मा गएर individual Login मा login गरेर online apply गर्न सक्नु हुनेछ /

Password : Password Reset सम्बन्धि सुचना

KYC Update गरिसकेका संचायाकर्ताहरुले कोषको विवरण हेर्न कोषको App चलाउन वा Individual Login गर्न आबश्यक Password हराएमा वा बिर्सिएमा password पासवर्ड reset गर्ने प्रक्रिया :

कोषको website www.epf.org.np मा गइ Individual Login मा click गर्ने,

EPF iPortal मा User Name मा आफ्नो PF Number (क.स. कोष परिचय पत्र न.) राख्ने,

Forgot Password मा Click गर्ने, मागेको बिबरण भर्ने,

OTP का लागि आवश्यक Information (user id,Full Name र Date of Birth) सम्बन्धित पोर्टलमा राखी Request OTP मा Click गर्ने,

कोषको KYC मा रजिस्टर्ड भएको मोबाइलमा SMS मार्फत OTP प्राप्त हुन्छ, उक्त OTP ३ मिनेट भित्र EPF iPortal मा राख्ने र Verifiy OTP मा Click गर्ने,

अन्तमा New Password राख्ने र सोहि Password लाई Confirm Password पोर्टलमा राखी Click गर्ने,

Password राख्दा कम्तिमा एउटा अक्षर Capital letter, Special Character ( @,%,$,….), Number गरि कम्तिमा ८ वटा Digit राख्नु पर्नेछ. जस्तै- Epfkyc@159

Password should contain at least 1 digit, 1 letter(Upper & Lower each), 1 special character( %, $, #, !, @, ~, ^, &), length >= 8

सापटी रकम तिर्ने सम्बन्धमा, यहाले www.connectips.com मा आफ्नो user बनाएर आफ्नो बैंक खातासंग लिंक गरे पछी घरबाटै संचय कोषबाट लिएका सापटीको सावा ब्याज तथा किस्ता तिर्न सक्नु हुन्छ / यसरि connectIPS मार्फत सापटी तिर्दा www.connectips.com मा login गरेर Government Payment मा जाने र EPF अंकित logo भएको ठाउमा click गरेर process गरेर सापटी तिर्न सक्नु हुनेछ / यसरि सापटी तिरे पछी यहाको कोषको खातामा तत्कालै इन्ट्री हुने ब्यबस्था भएको हुँदा deposit स्लिप लिएर कोषमा आइरहन नपर्ने /

थप जानकारीको लागि कोषको कल सेन्टरमा कल गरेर जानकारी लिन सक्नुहुनेछ

Call Center: 01-5970041

Email: ksk.call@epfnepal.com.np


epf


Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books