Posts

Showing posts from January, 2023

घमण्डी मोबाइल

 ------------------घमण्डी मोबाइलको कुरा -------------------  म मोबाइल हुँ, मैले घडिलाई खाएँ, मैले टिभीलाई खाएँ, मैले रेडियोलाई खाएँ, मैले चिट्ठीको त नामोनिसाना छाडिन, म मोबाइल हुँ,, मैले किताबलाई खाएँ, मैले पढाइलाई खाएँ मैले मान्छेकाे  समयलाई खाएँ मैले क्याल्कुलेटरलाई खाएँ, म मोबाइल हुँ, म धेरै सानो छु तर पनि ठुलो पर्दावाला फिलिम हललाई खाएँ, मैले टर्चलाइटलाई खाएँ, मैले टेपरिकर्डरलाई खाएँ,,  मैले क्यासेट र सिडिलाई खाएँ मैले धेरै कलाकारहरुकाे पेसालाई खाएँ , मैले क्यामेरालाई खाएँ, मैले गल्ली गल्लीमा खेलिने खेललाई खाएँ  म मोबाइल हुँ,, मैले बच्चाको बालापनलाई खाएँ, जवानको जवानीलाई खाएँ, मैले धेरैकाे घरबार खाएँ मैले बाजेबज्यैको कथालाई खाएँ,, म मोबाइल हुँ, ममा ज्ञानको भण्डार छ  तर पनि प्रयोग बँचेर गर्नु ,म तपाईंको निद हरण गरिदिन सक्छु,। म होस उडाइदिन्छु, आँखाको नानी गुमाइदिन्छु,,, म मोबाइल हुँ, न म तपाईंको  कसरत गर्ने समय राख्छु  न त तपाईंको खेल्ने समय नै राख्छु,, यहाँसम्म कि म तपाईंको काम गर्ने शक्ति आधा भन्दा बढी खाइदिन्छु😍😍 हो म मोबाइल हुँ, मेरो प्रय...

अभिभावकलाई सन्देश

 एकैछिन रोकिएर पढ्नुस त! ~~~~~~~~~~~~~~~~ आदरणीय अभिभावकज्यू,       🙏नमस्कार!!🙏 – माया गर्ने नाममा आफ्ना सन्तानलाई अत्ति नै परनिरर्भर नबनाउनुहोस् । १० वर्ष नाघेपछि छोरा वा छोरी जो भए पनि कम्तिमा उनीहरूलाई आफ्नो लुगा आफैँ लगाउन, आफ्नो कोठा/ओछ्यान आफैँ मिलाउन, कोठा सफा गर्न, आफ्नो लुगा आफैँ धुन, खाएको थाल माझ्न, कम्तिमा चिया, दाल, भात जस्ता सहज खानेकुरा पकाउन सिकाउनुहोस् ।  – छोरालाई बन्दुक, गाडि र छोरीलाई गुडिया किन्ने नगर्नुहोस् । उनीहरू स्वयम् लाई आफ्नो रोजाइ छान्न दिनुहोस् ।  – कक्षामा कुन स्थान ल्यायो र कति प्रतिशत अङ्क आयो भनेर अनावश्यक तनाव दिनु भन्दा पनि उसले कसरी अध्ययनलाई सहज तरिकाले लिन सक्छ र कसरी रटान भन्दापनि बुझाइमा केन्द्रित हुन सक्छ भन्ने कुरामा ध्यान दिई सहयोग गर्नुहोस् ।  – साँझ वा बिहान समय मिलेसम्म केही समय उनीहरूसँग खेल्नुहोस् । आफू पनि उनीहरूजस्तै बच्चा बनिदिनुहोस् ताकी उनीहरू तपाईंसँग खुल्न सकून् । – साँझमा केही समय उनीहरूसँग दिनभरीका कुरा सेयर गर्ने बानी बसाल्नुहोस् । टिभी, मोबाइल जस्ता कुरालाई केही समय आराम दिई परिवारमा एक अर्...

मूल्याङ्कन

 रसियामा अध्ययनरत एक विद्यार्थीको त्यहॉको शिक्षा प्रणालीको बारेमा अनुभूति- रूसमा धेरै जसो परीक्षाका लागि उच्च अंक ५ हो। यदि कुनै विद्यार्थीले कुनै पनि प्रश्नको उत्तर दिएन र आफ्नो प्रश्नपत्र खाली फिर्ता दियो भने पनि, कुनै प्रश्नको उत्तर बिना पनि उसले ५ मध्ये २ अंक पाउँछ ।  मस्को युनिभर्सिटीको मेरो पहिलो दिनमा, मलाई यस प्रणालीको बारेमा थाहा थिएन , म छक्क परेँ र प्रा. डा. थिओडोर मेद्रदेवलाई सोधेँ, "के यो निष्पक्ष हो कि कुनै विद्यार्थीले कुनै प्रश्नको उत्तर नदिदा पनि तपाईंले उसलाई ५ मध्ये २ दिनुहुन्छ? किन? उसलाई शून्य अंक दिन मिल्दैन? के यो सही तरीका हो? " उनले जवाफ दिए: "हामी कसरी एक मानव (human being)लाई शून्य दिन सक्छौं? जसले बिहान ७ बजे उठेर उसको जिबनको अमूल्य समय हाम्रा लेक्चर सुन्नमा खर्च गर्छ। हामी कसरी उसलाई शून्य दिन सक्छौं ? जसले चिसो मौसममा उठेर सार्वजनिक यातायात प्रयोग गर्दै समयमै परीक्षामा सामेल हुन पुग्छ। अनि सबै प्रश्नहरू पढेर समाधान गर्ने प्रयास गर्छ। हामी कसरी उसलाइ शून्य दिन सक्छौ? जो रातमा नसुतिकन अध्ययन गर्छ।  हामी उसलाइ कसरी उसलाइ शून्य दिन सक्छौ? जो आफ्...