घमण्डी मोबाइल

 ------------------घमण्डी मोबाइलको कुरा -------------------

 म मोबाइल हुँ,

मैले घडिलाई खाएँ,

मैले टिभीलाई खाएँ,

मैले रेडियोलाई खाएँ,

मैले चिट्ठीको त नामोनिसाना छाडिन,


म मोबाइल हुँ,,

मैले किताबलाई खाएँ,

मैले पढाइलाई खाएँ

मैले मान्छेकाे  समयलाई खाएँ

मैले क्याल्कुलेटरलाई खाएँ,


म मोबाइल हुँ,

म धेरै सानो छु तर पनि ठुलो पर्दावाला फिलिम हललाई खाएँ,

मैले टर्चलाइटलाई खाएँ,

मैले टेपरिकर्डरलाई खाएँ,, 

मैले क्यासेट र सिडिलाई खाएँ

मैले धेरै कलाकारहरुकाे पेसालाई खाएँ ,

मैले क्यामेरालाई खाएँ,

मैले गल्ली गल्लीमा खेलिने खेललाई खाएँ 


म मोबाइल हुँ,,

मैले बच्चाको बालापनलाई खाएँ,

जवानको जवानीलाई खाएँ,

मैले धेरैकाे घरबार खाएँ

मैले बाजेबज्यैको कथालाई खाएँ,,


म मोबाइल हुँ,

ममा ज्ञानको भण्डार छ

 तर पनि प्रयोग बँचेर गर्नु ,म तपाईंको निद हरण गरिदिन सक्छु,।

म होस उडाइदिन्छु,

आँखाको नानी गुमाइदिन्छु,,,


म मोबाइल हुँ,

न म तपाईंको  कसरत गर्ने समय राख्छु  न त तपाईंको खेल्ने समय नै राख्छु,,

यहाँसम्म कि म तपाईंको काम गर्ने शक्ति आधा भन्दा बढी खाइदिन्छु😍😍

हो म मोबाइल हुँ,

मेरो प्रयोग बँचेर गर्नु🙏

                                         साभार

                                सर्जकलाई धन्यवाद

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books