मूल्याङ्कन

 रसियामा अध्ययनरत एक विद्यार्थीको त्यहॉको शिक्षा प्रणालीको बारेमा अनुभूति-

रूसमा धेरै जसो परीक्षाका लागि उच्च अंक ५ हो।

यदि कुनै विद्यार्थीले कुनै पनि प्रश्नको उत्तर दिएन र आफ्नो प्रश्नपत्र खाली फिर्ता दियो भने पनि, कुनै प्रश्नको उत्तर बिना पनि उसले ५ मध्ये २ अंक पाउँछ । 

मस्को युनिभर्सिटीको मेरो पहिलो दिनमा, मलाई यस प्रणालीको बारेमा थाहा थिएन , म छक्क परेँ र प्रा. डा. थिओडोर मेद्रदेवलाई सोधेँ, "के यो निष्पक्ष हो कि कुनै विद्यार्थीले कुनै प्रश्नको उत्तर नदिदा पनि तपाईंले उसलाई ५ मध्ये २ दिनुहुन्छ? किन? उसलाई शून्य अंक दिन मिल्दैन?

के यो सही तरीका हो? "

उनले जवाफ दिए:

"हामी कसरी एक मानव (human being)लाई शून्य दिन सक्छौं? जसले बिहान ७ बजे उठेर उसको जिबनको अमूल्य समय हाम्रा लेक्चर सुन्नमा खर्च गर्छ।

हामी कसरी उसलाई शून्य दिन सक्छौं ? जसले चिसो मौसममा उठेर सार्वजनिक यातायात प्रयोग गर्दै समयमै परीक्षामा सामेल हुन पुग्छ। अनि सबै प्रश्नहरू पढेर समाधान गर्ने प्रयास गर्छ।

हामी कसरी उसलाइ शून्य दिन सक्छौ? जो रातमा नसुतिकन अध्ययन गर्छ। 

हामी उसलाइ कसरी उसलाइ शून्य दिन सक्छौ? जो आफ्नो पैसा कलम र नोटबुकमा खर्च गर्छ र अध्ययनको लागि कम्प्युटर किनेको हुन्छ।

हामी कसरी उसलाइ शुन्य दिन सक्छौं? जो अरू सबै जीवन शैलीहरू छोडेर उ अध्ययनको खोजीमा हिड्छ।

उत्तर थाहा नभएता पनि यहाँ हामी विद्यार्थीलाई शुन्य दिंदैनौं किनकी हामीलाई राम्ररी थाहा छ उ एउटा यो मानव (human being) हो । मानव भन्ने तथ्यलाई हामी सम्मान गर्ने प्रयास गर्छौं । उसको दिमाग छ र उसले जीबनयापन गर्ने उपायहरुको खोजी गरिराखेको हुन्छ। उसले उत्तर लेख्न प्रयास गरिरहेको हुन्छ भने कसरी हामी उसलाई शुन्य दिन सक्छौं?

हामी उसलाई ५ को ठाउँमा २ दिन्छौं किनभने यो परीक्षा केबल कागजमा भएका प्रश्नहरुको लागि मात्र होईन, परीक्षा त एक मानव जातिको ब्यवहारसंग सम्बन्धित हुन्छ, त्यसैले उ २ अंक पाउन योग्य छ भनेर उसको कदर र सम्मान गरिएको हो । 

वास्तवमा मलाई कसरी प्रतिक्रिया दिने थाहा थिएन।

त्यहाँ मलाई मानवको रुपमा मेरो मूल्य मात्र थाहा थियो।

शुन्य अंकले वास्तवमै विद्यार्थीहरूमा उत्प्रेरणा घटाउछ र चाँडै नै तिनीहरुको सृजनशिलता(creativity)लाई नष्ट गर्दछ र उसलाई पढाईमा ध्यान दिनबाट रोक्छ।

एकपटक ग्रेड बुकमा शुन्य स्कोर राखिए पछि त्यसले उसलाई जीबनभरी पिरोल्छ । त्यसको मनोबैज्ञानिक असर म जीवनमा केहि गर्न सक्दिन भन्ने लाग्छ। 

जसले memory मा फोकस गर्छ उसको creativity low हुन्छ। जसले memory मा फोकस गर्दैन उसको creativity high हुन्छ। विश्वविद्यालयले memory मा फोकस गरेर हजारौको creativity ध्वस्त गर्दै छ।

यो सबै शिक्षाविदहरु, सरकारहरु, अभिभावकहरु र शिक्षकहरुलाई हाम्रो देशमा रहेको शिक्षा प्रणाली परिवर्तन गर्नका लागि एक उत्कृष्ट सन्देश हुनसक्छ ।


(Tilak Jamar Katel ले अंग्रेजीबाट नेपालीमा अनुवाद गरी आफ्नो फेसबुक वालमा राखेको)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books