विद्यालय

 


अभिभावक ज्युहरुले बुझ्नुपर्ने !

१. जहाँ होमवर्क दिइन्छ त्यो होमोकालय हो !

२. जहाँ कोठाभित्र थुनेर रटाइन्छ त्यो पिँजडालय हो !

३. जहाँ किताबको कुरा बताइन्छ त्यो सूचनालय हो !

४. जहाँ निर्णयात्मक ग्रेडसिट दिइन्छ त्यो परीक्षालय हो !

५. जहाँ English बेचिन्छ त्यो भाषालय हो !

६. जहाँ बालबालिका पिटिन्छ त्यो यातनालय हो !

७. जहाँ यौन दुर्व्यवहार गरिन्छ त्यो पिपाशुलय हो !

८. जहाँ बालबालिकालाई सिकाइन्न त्यो ठगालय हो !

९. जहाँ कडा नियममा राखिन्छ त्यो बधुवालय हो !

१०. जहाँ A र A प्लसको भूत दिइन्छ त्यो भूतालय हो !

११. जहाँ सीप सिकाइन्न त्यो बेरोजगारलय हो !

"जहाँ प्रत्यक्ष प्रयोग गरेर बालबालिका आफैं सिक्दछन् र सिकेको कुरा उनीहरुले व्यबहारमा परिवर्तन गर्दछन् त्यो मात्र  विद्यालय हो !" 

माथिका लयहरु जस्तामा छोराछोरी बुझाएर सन्ततिको भविष्य बर्बाद नगरौं ! 

अबको युग होमस्कूलिङको युग हो !

घरलाई स्कुल र स्कुललाई घर बनाऔं !


#Src_Social_Sites


Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books