समय मापन

 सबैभन्दा छिटो गर्न सक्ने काम भनेको आँखा झिम्क्याउनु हो।

एकपटक आँखा झिम्काउँदा लाग्ने समयलाई एक निमेस भनिन्छ। 

६० श्वास = १ पला 

६० पला = १ घडी 

६० घडी = १ अहोरात्र ( २४ घन्टा समय ) 

७ अहोरात्र = १ सप्ताह (हप्ता) 

२ सप्ताह = १ पक्ष (कृष्ण र शुक्ल ) 

२ पक्ष = १ मास / महिना 

२ महिना = १ ऋतु 

३ ऋतु = १ अयन (एक अयन भनेको ६ महिनाकाे समय)

२ अयन = एक वर्ष 

यसै हिसाबले मनुष्यकाे कूल परम आयु १०० वर्ष। 

सत्ययुगको आयु १७,२८००० वर्ष 

त्रेतायुगको आयु १२,९६००० वर्ष

द्वापर युगकाे आयु ८,६४००० वर्ष 

कलि युगको आयु ४,३२००० वर्ष 

सत्य, त्रेता, द्वापर र कलि चारै युग काे आयु जोड्दा ४३,२०,००० वर्ष। 

४३,२०,००० वर्ष भनेको एक महायुग हो। यसलाई एक चौकाडी पनि भन्छन्। यस्तै ७१ वटा चौकडी व्यतीत हुँदा एक मनु काे पालो पुग्छ रे। 

अनि, यस्तै १४ वटा मनु काे पालो पुगे पछि ब्रह्मा जी काे एक दिन हुन्छ अरे। 

ब्रह्मा जी काे एक वर्ष बराबर पृथ्वी लोक मा ३१ खर्ब १० अर्ब ४० करोड वर्ष हुन्छ भन्छन् पण्डित हरू र ऋग्वेद मा पनि यही लेखेको छ रे। 

-----------------------------------------------++++

अनि, एक ब्रह्म आयु = ३१ नील १० खर्ब ४० अर्ब मानव वर्ष हुने अरे। 

४३,२०,०००×१०००=४,३२,००,००,००० मानव वर्ष। यो एक ब्रह्म दिवस हो। अर्थात् पृथ्वी मा ४ अर्ब ३२ करोड वर्ष व्यतीत हुँदा ब्रहलोक मा १२ घन्टा मात्रै व्यतीत हुन्छ अरे। 


अनि, यही हिसाब ले अर्को १२ घन्टा बित्यो भने फेरि ४ अर्ब ३२ करोड वर्ष व्यतीत हुन्छ रे। 


यही हिसाब ले भगवान् ब्रह्मा काे कूल आयु पनि १०० वर्ष हुन्छ रे 

अनि उनको कूल आयु = पृथ्वी मा ३१ नील १० खर्ब ४० अर्ब वर्ष हुन्छ रे। 

यो कुरा ऋग्वेद काे ऋचा मा स्पष्ट लेखेको छ।


(श्रोत: सामाजिक संजाल)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books