५०+ उमेरमा के गर्ने , के नगर्ने ?

 पचास वर्ष माथिकाले ध्यान दिनु पर्ने कुराहरू:-


१. आफ्नो स्वयंको स्थाई ठेगानामा रहनु जहाँ स्वतन्त्र जीवनको आनन्द लिन सकियोस् ।

२. आफ्ना बैंक ब्यालेन्स र भौतिक सम्पत्ति आफ्नै साथमा राख्नु । अति प्रेममा परेर अरु कसैको नाममा नदिनु ।

३. आफ्ना सन्तानको जीवनमा कुनै दख्खल नदिनु , उनिहरू जुन किसिमले जीवन चलाउँछन् चलाउन्, त्यसमा कुनै बाधा व्यवधान नपुर्‍याउनु, आफ्नै किसिमले जीवन जिउन सकुन् । 

४. आफ्नु बृद्ध अवस्थामा सेवा गरून् भनेर बन्धनमा नराख्नु किनकी समयको परिवर्तनसंगै उनका प्राथमिकताहरू पनि बदलिन सक्छन् र कहिलेकहिं उनले चाहेर पनि केही गर्न नसक्ने हुन्छ । 

५. अरु कोहिसंग आफ्नो तुलना पनि नगर्नु र अरु कोहि जस्तो हुन पनि नखोज्नु ।

६.  जो आफ्नो जीवनलाई प्रसन्न रहेको देख्न चाहान्छन् उनैलाई आफ्ना मित्रहरुको समुहमा राख्नु अर्थात जो आफ्ना सच्चा हितैषि हुन् ।

७. आफ्नो बृद्ध अवस्थाको आधार बनाएरअरु कसैबाट सेवा लिन र सम्मान पाउने प्रयास कहिल्यै  नगर्नु  ।

८. अरुको कुरा सुन्नु तर आफ्नो स्वतन्त्र विचारले निर्णय लिनु ।

९. प्रार्थना गर्नु तर भिख नमाग्नु यहाँसम्मकि ईश्वरसंग पनि केही नमाग्नु सिर्फ माग्नु त सहास र हिम्मत ।

१०. आफ्नो स्वास्थ्यको बहुतै ध्यान दिनु , समयसमयमा स्वस्थ्य परिक्षण गर्नु आर्थिक क्षमतानुसार पौष्टिक आहारा लिनु र  आफ्नो काम सकेसम्म आफ्नै हातले गर्नु । बुढेसकालमा सानोतिनो कष्ट हुन्छ सहनु पर्छ ।

११. आफ्नो जीवन उल्लासपूर्णरुपमा जिउनु, आफू आफैंमा खुसि रहनु र अरुलाई पनि खुसि राख्नु ।

१२. कुनै पनि टकराव नलिनु अर्थात  तनाव रहित जीवन जिउनु ।

१३. प्रत्येक वर्ष आफ्ना जीवन साथीका साथ भ्रमणमा अर्थात छोटो यात्रामा कम्तिमा पनि एक दुईपटक अवस्य जानू । यसले जीउनुको आनन्द मिल्ने छ ।

१४. जीवनमा कुनै पनि चिज स्थाई छैन । चिन्तन पनि स्थाई छैन ।  यसमा विश्वास गर्नु ।

१५. जवसम्म आफ्नो अपनत्व रहन्छ तवसम्म आफ्ना सामाजिक जिमेमेवारि लिनु निवृत्त नभएसम्म ।


(श्रोत: सामाजिक संजाल)

Comments

Popular posts from this blog

शिक्षक आन्दोलन २०८१/८२

Books

Leave बिदा