प्र. अ. को चासो
प्रअले के- के थाहा पाउनु र के- के गर्नु पर्दछ ?
- - मेराे बिद्यालयकाे जन्म कसरी भयाे ? कुन मितिमा भयाे? अनुमति पत्रहरू कता छ? बिद्यालय जन्माउने र हुर्काउनेहरू काे काे हुन्? कहाँ कहाँ छन्? र अहिले कस कसले चासाे दिईरहेका छन् ?
- - मेराे बिद्यालयबाट उत्पादित जनशक्तिहरूकाे खाेजी र पहिचान
- - मेराे बिद्यालयकाे जग्गाकाे अवस्था, लालपुर्जा । यदि नाममा छैन भने कसरी प्राप्ति हुन्छ, साेकाे बारेमा खाेजी
- - बिद्यालयकाे सेवाक्षेत्र
- - बिद्यालयकाे नगद र जिन्सीकाे अवस्था
- - बिद्यालय सुधार याेजना, सामाजिक परीक्षण र लेखापरीक्षणकाे गहन अध्ययन र सार्थक कार्यान्वयन
- - मेराे क्षेत्रकाे संघीय सांसद, मन्त्री, प्रदेश सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूसँगकाे संबाद।
आफ्ना अध्यक्ष, उपाध्यक्ष , वडाअध्यक्षहरूसंग निकटस्थ सम्बन्ध राख्ने
- - आफ्ना स्टाफहरूबाट बिश्वास जित्ने ( अध्ययनशील,आत्मबिश्वास र उर्जाशील, समान व्यवहार, पारदर्शी ,केही गर्छु भन्ने हुटहुटीबाट बिश्वास जित्न सकिन्छ)
- - बिव्यस र शिक्षक अभिभावक संघ सँगकाे निरन्तर संवाद
- - अभिभावक भेटघाट
- - मेराे स्टाफहरूमा कसलाई के कुराकाे बढी ज्ञान छ भन्ने जानकारी
- - चुस्थ दुरूस्त अभिलेख
- - राष्ट्रिय पाठ्यक्रम र मूल्यांकन
- - माैजुदा शैक्षिक नीति र कानुनहरू
- - सूचना लिने दिने कार्यमा बहुतै चनाखाे
- - बिद्यालय लघु समाज हाे जहाँ भाेलि समाजलाई नेतृत्व दिने कलिला मस्तिष्कहरू आईरहेका छन । तिनिहरूलाइ नैतिकता, सदाचार र अनुशासन सिकाउने संयन्त्र खडा गर्ने।
@copied
Comments
Post a Comment