प्रविधि

 मैले एकजना साथीसँग बैंकमा एक घण्टा बिताएँ, किनकि उसलाई केही पैसा ट्रान्सफर गर्नु थियो। मैले आफूलाई रोक्न सकिनँ र सोधें....तिमी इन्टरनेट बैंकिङ किन प्रयोग गर्दैनौ ? आफ्नो किनमेल अनलाइनबाट गर्न सजिलो हुन्छ... आदि आादि कुरा गर्दै म उसलाई नेट बैंकिङको संसारमा प्रवेश गराउन उत्साहित गर्दे थिएँ।

मेरो कुरा सुनेपछि उनले भने, ''यदि मैले त्यसो गरें भने, म घरबाट बाहिर निस्कनु पर्दैन? 

मैले भनेँ "हो, हो''! किराना पसलेले सामान पनि ढोकामै डेलिभरी गरिदिन्छ साथै अन्य सामग्रीहरु पनि अनलाईनबाटै डेलिभरी हुन्छ ।

अनि उसले भन्यो, ''आज म यो बैंकमा प्रवेश गरेदेखि, मैले मेरा चार साथीहरूलाई भेटेको छु, मैले कर्मचारीहरूसँग केही समय हेलोहाय गरे उनीहरु सँग धेरै राम्रो चिनजान र सम्बन्ध बनेको छ । 

जुन पसलबाट म सधै फलफूल किन्ने गर्छु उनि दुई वर्षअघि म सिकिस्त बिरामी पर्दा मलाई भेट्न आएर मेरो ओछ्यानको छेउमा बसेर रोएँका थिए।

केही दिनअघि मेरी श्रीमती मर्निङ वाकमा लडिन्। हाम्रो स्थानीय किराना पसलेले उनलाई देखे र तुरुन्तै आफ्नो कार लिएर अस्पताल सम्म पुर्याईदिनु भयो । 

अनलाइनबाट मैले कारोबार गरे भने के म त्यो 'मानव' स्पर्श पाउन सक्छु ? अत: म त्यो व्यक्तिलाई चिन्न चाहन्छु जससँग म व्यवहार गरिरहेको छु, केवल 'बिक्रेता' होइन। यसले सम्बन्धको बन्धन सिर्जना गर्छ।

के यो सबै सम्बन्ध पनि डेलिभर हुन्छ ?'' उसले भन्यो प्रविधि जीवन होइन..मानिसहरूसँग समय बिताउनुहोस् .. उपकरणहरूसँग होइन 👇

(स्रोत: सामाजिक संजाल)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books