बिदा
📢 विदा भनेको खाली समय होइन, जीवन बुझ्ने, रमाउने र सिक्ने अमूल्य अवसर हो 🌱📚
विदा केवल विश्राम वा गृहकार्यको समय होइन यो सृजनशीलता, आत्मचिन्तन र जीवन सीप सिक्ने सुनौलो अवसर हो । बच्चाहरूले विदामा किताब बाहिरको संसार बुझ्ने, रुचि पछ्याउने र आफ्ना प्रतिभा उजागर गर्ने मौका पाउँछन् । त्यसैले विदालाई शिक्षा बाहिरको सिकाइको एक महत्वपूर्ण हिस्सा ठान्नुपर्छ ।
🙋♀️ अभिभावकहरूको प्रश्न "गृहकार्य किन दिइएन ?"
अबको शिक्षा केवल कर्मकाण्डी गृहकार्य होइन दैनिक जीवनसँग जोडिएको अर्थपूर्ण सिकाइ हो ।
🎯 यस्तो बिदाको उपयोग यसरी गर्न सकिन्छ :
✅ खेतीपातीमा सहभागी गराऔं– बालबालिकाले मेहनत, प्रकृति र उत्पादनको अर्थ बुझ्न सकून् ।
✅ घुमफिर गराऔं– आफ्नो गाउँ, सहर, प्रकृति वा ऐतिहासिक स्थल चिनून् ।
✅ DIY किट वा हस्तकलामा संलग्न गराऔं– सृजनशीलता र आत्मविश्वासको विकास ।
✅ खेलकुदमा भाग लिन प्रोत्साहित गरौं– शारीरिक तन्दुरुस्ती, अनुशासन र सहयोगभाव सिक्न सहयोगी ।
✅ भान्सामा संलग्न गराऔं– नुनको मात्रा मात्र होइन, जीवनको सन्तुलन पनि बुझ्न सिकून् ।
✅ घर सफा गर्ने, सजाउने, व्यवस्थित बनाउने काममा संलग्न गराऔं– दायित्व र जिम्मेवारी अनुभूत गरून् ।
✅ TV/YouTube निर्देशनसहित हेर्ने– डकुमेन्ट्री, वैज्ञानिक प्रयोग, भाषा, कलाको भिडियो हेरेर मनोरञ्जनसहित सिक्न सकिन्छ ।
✅ इन्टरनेटको सही प्रयोग– Free coding courses (Python, Scratch, Canva, AI tools आदि) ।
✅ पढ्ने बानी विकास गरौं– बाल साहित्य, कथा, कविता, चित्रकथा, जानकारीमूलक पुस्तकहरू पढ्न दिनुहोस् ।
✅ पारिवारिक समय बिताऔं– आत्मीयता, सम्बन्ध र सहकार्य बलियो बनाउँछ ।
✅ ध्यान, योग, साँस्कृतिक गीतसंगीतमा रुचि जगाऔं– मानसिक सन्तुलन र आत्मपरिचयका लागि ।
✅ कला, संगीत, नृत्य वा कुनै नयाँ सीप सिक्न दिनुहोस्– भविष्यको लागि नयाँ बाटो खुल्छ ।
🚫 गृहकार्य नपाएकोमा चिन्ता होइन अवसरको खोज गरौं ।
📌 सिकाइ पाठ्यपुस्तकभित्र मात्र सीमित हुँदैन — जीवनभरिको शिक्षाको जग यस्ता अनुभवबाटै बस्छ ।
📢 अबको शिक्षा – पाठ्यक्रम भन्दा पर जीवनसँग नजिक हुनुपर्छ ।
👉 दिमागको बिर्को खोलौं – नत्र डाइनोसर बन्ने यात्रा पक्का हुनेछ । 🦖
🎨 रचनात्मक बिदा = रमाइलो + अनुभव + आत्मविकास
✍️ अबको गृहकार्य :
📷 एक फोटो खिच– जुन तिमीले सिक्यौ ।
📖 एक कुरा लेख– जुन तिमीले बुझेका छौं ।
🗣️ एक कुरा भन्न सिक– जुन अरूलाई काम लाग्छ ।
#CreativeVacation #LearningIsEverywhere
#HomeIsASchool #LifeSkillsMatter
#SmartParenting #ChildDevelopmentNepal #EducationForFuture #BeyondHomework
#ExperienceLearnig
#Source: social media
Comments
Post a Comment