Study

 📚 आज ६ घण्टा पढ् ,

नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ।

पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो। 

🔐 

पढाइ कुनै सजाय होइन, न त कसैको लादिएको बोझ हो,

यो त स्वतन्त्रता प्राप्त गर्ने ढोका खोल्ने सुनौलो चाबी हो।

आजको ६ घण्टा पढाइले भोलिको जिन्दगी सजिलो बनाउँछ।

भोलि गर्मीमा चप्पल नलगाई मजदुरी गर्नुपर्ने,

घर पाल्नको लागि पसिनासँग आँसु मिसाउनुपर्ने,

अभावका रातहरू अनि रित्तो पेटसँग संघर्ष गर्नुपर्ने दिनहरू

तिमीले आजको पढाइले टार्न सक्छौ।


किनभने —


📖 पढाइ त केवल अक्षर चिन्न मात्र होइन,

यो त आफ्नै मूल्य, पहिचान र अस्तित्व चिन्न सिकाउने अस्त्र हो।

पढाइले तिमीलाई हरेक ठग प्रवृत्तिबाट जोगाउँछ,

अधिकारका लागि बोल्न सिकाउँछ,

आफ्नो परिश्रमको सही मूल्य माग्न सिकाउँछ।


👩‍🏫 शिक्षा नहुँदा तिमी मजदुर हौ,

तर शिक्षा भएपछि तिमी मालिक बन्न सक्छौ।

नयाँ बाटो खोल्ने, आफ्ना सपना साकार पार्ने,

दुःखलाई जितेर रमाइलो जिन्दगी जिउने साहस पढाइबाटै आउँछ।


👉 जो बच्चाहरूले आज ६ घण्टा मन लगाएर पढ्छन्,

उनीहरूले भोलिको १३ घण्टाको पसिना बाँच्ने अवसर बनाउँछन्।

नत्र आजको अल्छी भोलिको आँशु बन्छ।

पढ्न पाउनु भाग्य हो, त्यसको सम्मान गरौं।

आज पढ, भोलिको जिन्दगी बन्छ।

आज लड, भोलि उड्न पाउँछौ।


✍️ देवीलाल पाण्डे

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books