Teachers vs other employees

 शिक्षक ....

१. शिक्षकले आफ्नै निजि सवारीसाधन वा सार्वजनिक यातायात चड्छ्न् !

२. जति गर्मी भए पनि एसिमा बस्दैनन्, बरु रुखको छहारीमा अध्यापन गर्छन्!! जाडोमा हिटर हुँदैन, अलि जाडो भएको अवस्थामा घाम लागेमा खुल्ला चौरमा अध्यापन गर्छन्। 

३. मास्क पनि आफ्नै खर्चमा प्रयोग गर्छन्।

४. गृहकार्य जाँच्नको लागि आफ्नै रातो कलम प्रयोग गर्छन्!!

५. कुनै पनि बैठकको भत्ता लिदैन वा पाउँदैन। बैठक अलि लामो हुने भए खाजा पनि नाम मात्रको हुन्छ जस्तै कालो चिया र सानो विस्कुट!!! कुनै बेला त पानी मात्र !!

६. विद्यार्थीलाई भ्रमणमा लैजाँदा कुनै भत्ता हुँदैन, लिदैनन्, बिमा पनि हुन्न!!

७. बस्ने कुर्ची चाहिंदैन, बेन्च भए पुग्छ।

८. ल्यापटप पनि आफ्नै खर्चमा प्रयोग गर्छन्!!

९. त्रैमासिक परीक्षामा ३ घण्टा उभिँदा/ खट्दा घन्टाको रु २५-३० पाउँछन्, खाजा पाउँदैनन् !

१०. त्रैमासिक परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्दा कुनै पारिश्रमिक पाउँदैनन् ।

११. प्रअ भत्ता पनि भन्नै लाजमर्दो छ!!!

१२. कुनै कारण सार्वजनिक विदाको दिन विद्यालयमा १०.

-४  काम गरेपनी कुनै भत्ता लिदैनन्। 

१३. ४ बजेपछि विद्यालयमा थप काम गरेपनि कुनै भत्ता लिदैनन्!

१४. कुनै काम विद्यालय समयमा गर्न नभ्याए ,घरमै गर्छ्न् , कुनै भत्ता लिदैनन् !

१५. आकस्मिक बिदा परे शनिबार वा अन्य सार्वजनिक विदाको दिन सट्टाभर्ना गर्नुपर्छ, भत्ता लिदैनन्/ पाउँदैनन्!!!

१६. घरपायी नभएका शिक्षकले कोठाभाडा बापत भत्ता लिदैनन्/ पाउँदैनन्

 (#Copied from socia sites)


******************

Others...


जागिर सरकारी ।

क्वाटर सरकारी । 

सवारी साधन सरकारी ।

इन्धन सरकारी ।

ड्राइभर पनि सरकारी ।


ल्यापटप सरकारी ।

त्यसमा जोड्ने इन्टरनेट पनि सरकारी ।

मोबाइल सरकारी ।

सिम सरकारी ।

रिचार्ज पनि सरकारी ।


ड्रेस सरकारी ।

कार्यालयमा प्रयोग हुने फर्निचर सरकारी ।

आवास कक्षामा प्रयोग हुने फर्निचर सरकारी ।

ओढ्ने ओछ्याउने, पकाउने खाने भाडा पनि सरकारी । 

सेवाग्राहीलाई सेवा दिन आवस्यक स्टेशनरी त ठिकै छ हुँदा हुँदा जागिर खान हाजिर कापीमा हस्ताक्षर गर्ने कलम पनि सरकारी । 


गेट बाहिर निस्के टिएडिए ।

आफ्नै अफिसमा हुने बैठकको पनि भत्ता ।

एउटै बैठकबाट टुंगोमा पुग्ने विषय पनि आज एउटा भोलि अर्को गर्दै ब‌ठकै बैठक ।

बैठकै पिच्छे भत्तैभत्ता ।


जनताको सानो काम पनि अनुचित लाभ नलिई नगर्ने प्रवृत्ति ।


१०० मिटरको दुरी भित्र पनि यो झ्याल त्यो झ्याल गर्दै दिनभर दगुरे पनि नसकिने फाँटैफाँट । 


आफु चाहीं गजधम्म परेर घुम्ने कुर्सीमा बस्ने अनि दिनभर लाइनमा उभिएर सेवा लिने सेवाग्राहीसँग गरिने रुखो बोली व्यवाहार ।


अरु त ठिकै छ सरकारलाई राजश्व बुझाउन पनि मान्छे किनेर लाइन लगाउन पर्ने अवस्था । 


भर्खरै सकिने काम पनि यता र उताको झ्यालमा दौडाउने प्रवृत्ति ।


कसरी सजिलो बनाउने भन्दा पनि कसरी अड्काउने ?  दु:ख दिने र कसरी हैरान पारेर गोजी टकटकाउन बाध्य पार्ने भन्ने प्रवृत्ति ।


यता र उताको नियम कानुन देखाएर सच्चा जनप्रतिनिधि र राष्ट्रसेवकहरूलाई समेत औंला बाङ्गो बनाउन सिकाउने प्रवृत्ति । 


आफ्नो जिम्मेवारीमा तोकिएको बाहेक सबैजसो काम जान्ने, सबैलाई सल्लाह दिन जान्ने प्रवृत्ति ।


यो प्रवृत्तिमा परिवर्तन नभए सम्म जुन व्यवस्था आएपनि, जुन तन्त्र ल्याएपनि सर्वसाधारण जनताले पाउने भनेको  सास्ती वाहेक केही हुँदैन ।


(साँच्चिकै देश र जनता सम्झेर कार्यसम्पादन गर्ने असल राष्ट्रसेवकहरू प्रति उच्च सम्मान छ ।)

(तीर्थराज ढकाल)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books