Posts

Showing posts from November, 2025

Children's Voice

 ✨ बच्चाहरूले हामीलाइ नभनेका कुराहरू ✨ 🔴 १. म सँग चर्को आवाज नबोल्नुहोस् । तपाईंको आवाज चर्को हुँदा म डराउँछु। पक्कै मेरो कुनै गल्ती हो जस्तो महसुस हुन्छ। 🔴 २. मेरो कुरा सुन्नुहोस् । जब म आफ्ना कुरा भन्छु । मेरो आँखामा हेर्नुहोस्। जसले गर्दा मलाई र मेरो सानो संसारलाई तपाईंले महत्व दिनुभएको छ भनेर म आशावादी हुन्छु । 🔴 ३. मलाई मेरो गति अनुसार बढ्न दिनुहोस्। कुनै कुराको लागी म तयार छैन भने दबाब नदिनुहोस्। याद गर्नुहोस म बच्चा हुँ । म खेल्दै¸ अन्वेषण गर्दै त्यसैको आधारमा राम्रो सँग सिकीरहेको हुन्छु । 🔴 ४. मलाई समय दिनुहोस् । तपाईंले मलाई समय दिनुभयो भने म खुशी हुन्छु । मलाइ त्यो धेरै मन पर्छ । तपाईं खुसी मनस्थितिमा हुनुहुन्छ भने मसँग खेल्नुहोस् । हाँस्नुहोस् । तपाइको सामिप्यतामा घुलमिल हुँदै बनेका यादहरू मेरो जीबनको अन्त्यसम्म पनि साथमै रहनेछन् । 🔴 ५. मलाई दाजुभाइ–दिदीबहिनी वा अरू बच्चासँग तुलना नगर्नुहोस्। यसो गर्दा म आँफुले आँफैलाई कमजोर ठान्न बाध्य हुन्छु । मेरो मनोबल कमजोर हुन्छ । मलाई सबैभन्दा बढी चाहिएको तपाईंको स्वीकार र साथ हो। 🔴 ६. म दुखी हुँदा मलाई समाउनुहोस्। मलाई रुन ...

New Head Teacher

 नयाँ प्र अ बन्दै हुनुहुन्छ भने यति कुरा मा ध्यान दिनु होला। ______ १) विद्यालय मा आजसम्म को हिसाब किताब को दुरुस्त जानकारी लिनुहोला। _ २) तपाईं को जिम्मेवारी र जवाफदेहिता भनेको नयाँ प्र अ बनेपछि को कामको मात्र हो। पुरानो प्र अ को नाममा बिगो देखियो भने ८० वर्ष पछि पनि उसैको खोजी हुन्छ तपाईं ले पुरानो हिसाब मा डराउनु त जरुरी छैन। तर सकेसम्म सामाजिक परिक्षण र लेखापरीक्षण पुरानो प्र अ लाइ गराएर मात्र जिम्मेवारी लिनु होला। नत्र भोलि तपाईं ले गराउनु पर्दा__ हरेक फाइल_ बिल_ माइन्युट यी खोजेर दिनुपर्छ लेखापरीक्षण गर्ने मान्छे लाइ तपाईं ले भेट्नु हुन्न। नयाँ बुहारी लाई नयाँ भान्सा मा नुन कहाँ तेल कहाँ अन्योल हुन्छ। र बिगो _ बेथिति देखियो भने स्कुल को बदनामी भनेको तपाईं को बदनामी स्वत': हुन्छ। ___ ३) प्र अ बन्न पालिका को सहमति त जरुरी छैन तर मनसाय चाँहि _ पालिका को _ वि व्य स को_ स्टाफ को_ समुदायको सकारात्मक हुँदा सहज हुन्छ। त्यो पनि बुझ्नुस्। __ ४) मुख्यकुरा हो बरबुझारथ _ पुरानो प्र अ ले तपाईं लाइ चाबि दिँदा_ यति_ भवन_ यति _ डेक्चि_ यति बेन्च_ यति कम्प्युटर _ भनेर नगद_ जिन्सी दुवै खुलाएको ...

Teacher's Problems

 ग्रामिण भेगका सामुदायिक विद्यालयको वास्तविक अवस्था यस्तो छ १. गरिब तथा विपन्न विद्यार्थीमात्र अध्ययन गर्छन् । २. विद्यार्थीहरुको सिकाइको स्तर निकै कमजोर हुन्छ । ३. विद्यार्थीको नियमितता तथा उपस्थिति दर पनि एकदमै न्यून हुन्छ । ७. विद्यार्थीहरुमा पढाई तथा सिकाई प्रति खासै चाँसो हुदैन र शिक्षकले पढाएको कुरामा ध्यान दिदैनन। ८.  घरमा पठनपाठन को वातावरण हुँदैन । ९. अभिभावकले  पनि बालबालिकाको पढाई लेखाइलाई त्यति प्राथमिकता दिदैनन । १०.  कतिपय अवस्थामा अभिभावक आफै  विद्यार्थीलाई सके हाजिर गरेर नभए टिफिन टाइममा छुट्टी मागेर आउनु भन्छन्  ११. विद्यार्थीले विदा माग्ने कारण यस्ता हुन्छन् - घरमा कोही छैन, मम्मी मामा गर जानू भा छ, मम्मी बजार जानू भएको छ गाई भैसीलाई घाँस पानी दिनु छ, सानो भाइबहिनी हेर्ने कोही छैन,   मम्मी नछुने हुनु भएको छ खाना पकाउनु छ,  अस्पताल जानू छ, आज पापा इन्डिया जाँदै छन १२. विदा नदिने हो भने आफै भागेर जान्छन् । १३. विद्यार्थीको न्युनतम हाजिर समेत पुग्दैन, पुगे पनि उपस्थित भएको दिन पुरा समय बसेको हुदैन,। १४. पाठ्यक्रमले तोकेको सिकाइ...