Teacher's Problems
ग्रामिण भेगका सामुदायिक विद्यालयको वास्तविक अवस्था यस्तो छ
१. गरिब तथा विपन्न विद्यार्थीमात्र अध्ययन गर्छन् ।
२. विद्यार्थीहरुको सिकाइको स्तर निकै कमजोर हुन्छ ।
३. विद्यार्थीको नियमितता तथा उपस्थिति दर पनि एकदमै न्यून हुन्छ ।
७. विद्यार्थीहरुमा पढाई तथा सिकाई प्रति खासै चाँसो हुदैन र शिक्षकले पढाएको कुरामा ध्यान दिदैनन।
८. घरमा पठनपाठन को वातावरण हुँदैन ।
९. अभिभावकले पनि बालबालिकाको पढाई लेखाइलाई त्यति प्राथमिकता दिदैनन ।
१०. कतिपय अवस्थामा अभिभावक आफै विद्यार्थीलाई सके हाजिर गरेर नभए टिफिन टाइममा छुट्टी मागेर आउनु भन्छन्
११. विद्यार्थीले विदा माग्ने कारण यस्ता हुन्छन् - घरमा कोही छैन, मम्मी मामा गर जानू भा छ, मम्मी बजार जानू भएको छ गाई भैसीलाई घाँस पानी दिनु छ, सानो भाइबहिनी हेर्ने कोही छैन, मम्मी नछुने हुनु भएको छ खाना पकाउनु छ, अस्पताल जानू छ, आज पापा इन्डिया जाँदै छन
१२. विदा नदिने हो भने आफै भागेर जान्छन् ।
१३. विद्यार्थीको न्युनतम हाजिर समेत पुग्दैन, पुगे पनि उपस्थित भएको दिन पुरा समय बसेको हुदैन,।
१४. पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गरेको हुँदैन ।
१५. विद्यार्थीले दिएको होमवर्क, गर्दैन, आफैले गर्न पनि सक्दैन, अभिभावकले पनि गराउदैन ।
१६. अभिभावकले पढाउने काम विद्यालयको मात्र हो भनेर ठान्छ, विद्यालय पठाएका छौ घरमा किन पढाउने, घरमा पढाउने भए विद्यालय किन पठाउने भन्छन ।
१७. विद्यार्थीमा पठाइ प्रतिको उत्सुकता कत्ति पनि हुदैन, जस्तोसुकै तालिमप्राप्त शिक्षकले पनि उत्सुकता जगाउन सकिरहेको छैन ।
१८. विद्यार्थीले पाठ्यक्रमले तोकेको न्यूनतम सिकाई उपलब्धि हासिल गर्न नसकेको कारण उसले आधारभूत कुरा पनि सिकेको हुँदैन ।
१९.निरन्तर तथा आन्तरिक विद्यार्थी मुल्यांकन गरिदैन, त्यतिकै हचुवाको भरमा अंक दिइन्छ । आवधिक तथा वार्षिक परीक्षामा पनि केही लेखेको हुँदैन, त्यतिकै माथिल्लो कक्षा चढाइन्छ ।
२०. अझै माथिल्ला कक्षामा पुग्दा त बेसिक ज्ञानको कमी हुँदा शिक्षकले जतिसुकै बुझ्ने तरिकाले सिकाउदा नि उसले केही सिक्दैन ।
२१. अभिभावकलाई जतिसुकै बोलाउदानी विद्यालयमा आउदै आउदैनन, आइहाले पनि, हामी पढेलेखेका छैनौं, हामी केही जान्दैनौ, हामी संग पढाउने फुर्सद छैन, हामीलाई टेर्दैन, हामी सक्दैनौ, हामीले त विद्यालय पठाको तपाईंको जिम्मेवारी हो, हाम्रो भनेको मान्दैन, दिनभर डुलिरहन्छ, होमवर्क दिएको छैन भन्छ, घरमा त किताबै समाउदैन, पढाइमा त ध्य्यनै छैन, दिनभर मोबाइल TV हेर्छ, मोबाइलमा गेम खेल्छ भनेर टार्छन ।
२२. विद्यार्थीमैत्री क्रियाकलाप गरि पठनपाठन गर्दा विद्यार्थीले शिक्षकलाई टेर्दैन, टाउकोमा टेक्छन ।
२३. शिक्षकले पठनपाठन सम्बन्धि क्रियाकलापमा विद्यार्थीमाथी अलि कडा रूपमा प्रस्तुत भयो भने अभिभावक झगडा गर्छन् र गुनासो गर्छन् कि हाम्रो बच्चा पढेपढोस नपढे नपढोस जबरजस्ती नगर्नुस् भन्छन् ।
२४. शिक्षकमा कसैले मुद्दा मामिला गर्यो भने बल्लतल्ल पाएको जागिर नै जाला भन्ने त्रास हुन्छ ।
२५. विद्यार्थीहरुमा सिकाई प्रति अभिरुचि छै, अभिरुचि जगाउने वातावरण छैन ।
यस्ता यस्ता तमाम समस्याका बावजुत पनि शिक्षकले आफ्नो तर्फबाट पुरा प्रयास गर्छ, नतिजा भने शुन्य आउँछ, अझै गालिको ओइरो शिक्षक तिरै लाग्छ । कुन जुनीको पापको भारी यस जन्ममा विसाउदैछ्न सामुदायिक विद्यालयका शिक्षकहरु, कुन्नि?
#Copied from social sites.
Comments
Post a Comment