New Head Teacher

 नयाँ प्र अ बन्दै हुनुहुन्छ भने यति कुरा मा ध्यान दिनु होला।

______


१) विद्यालय मा आजसम्म को हिसाब किताब को दुरुस्त जानकारी लिनुहोला।

_

२) तपाईं को जिम्मेवारी र जवाफदेहिता भनेको नयाँ प्र अ बनेपछि को कामको मात्र हो।

पुरानो प्र अ को नाममा बिगो देखियो भने ८० वर्ष पछि पनि उसैको खोजी हुन्छ तपाईं ले पुरानो हिसाब मा डराउनु त जरुरी छैन।

तर

सकेसम्म सामाजिक परिक्षण र लेखापरीक्षण पुरानो प्र अ लाइ गराएर मात्र जिम्मेवारी लिनु होला।

नत्र भोलि तपाईं ले गराउनु पर्दा__ हरेक फाइल_ बिल_ माइन्युट यी खोजेर दिनुपर्छ लेखापरीक्षण गर्ने मान्छे लाइ तपाईं ले भेट्नु हुन्न।

नयाँ बुहारी लाई नयाँ भान्सा मा नुन कहाँ तेल कहाँ अन्योल हुन्छ।

र बिगो _ बेथिति देखियो भने स्कुल को बदनामी भनेको तपाईं को बदनामी स्वत': हुन्छ।

___

३) प्र अ बन्न पालिका को सहमति त जरुरी छैन तर मनसाय चाँहि _ पालिका को _ वि व्य स को_ स्टाफ को_ समुदायको सकारात्मक हुँदा सहज हुन्छ। त्यो पनि बुझ्नुस्।

__

४) मुख्यकुरा हो बरबुझारथ _ पुरानो प्र अ ले तपाईं लाइ चाबि दिँदा_ यति_ भवन_ यति _ डेक्चि_ यति बेन्च_ यति कम्प्युटर _ भनेर नगद_ जिन्सी दुवै खुलाएको हुनुपर्छ।

र ति समान दुरुस्त छन छैनन तपाईं ले यकिन गर्नैपर्छ।

नत्र फसिने यस्तो मा हो।


आर्थिक त बैँकिङ हुन्छ। बिल हुन्छ जहिले पनि छानविन हुन्छ।


पुरानो समान_ हरु जिन्सी चाँहि मैले त दुरुस्त दिएको यसैले बेचेर खायो होला भन्दिन्छ।

____

५) यो भन्दा पनि मुख्य कुरा __ फाइल हरु सुरक्षित छन कि छैनन यो हेर्नुहोस्।

जस्तो:__तपाई लाइ फसाउन वा आफ्नो प्रमाण मेटाउन केही पुराना फाइल गायब भएको हुनसक्छ।

जस्तो विद्यार्थी हाजिरी रजिष्ट्रार __२०७१__७४ सम्मको गायब होलान् __ भोलि एउटा पुरानो विद्यार्थी आउँछ मैले २०७३ मा यहि पढेको आज सर्टिफिकेट दिनुहोस् भनेर फाइल खोज्दा भेटिएन।

तपाईं लाइ मार्छ।

पुरानो प्र अ ले त मैले त दुरुस्त दिएको यसैले बेचेर खायो भन्दिन्छ।

प्रमाण केही हुदैन।

तब दुरुस्त हेर्नुहोस्।

___

६) आफ्नो कारोबार को नयाँ दराज बनाउनुहोस् सबै एक-एक बिल_ भर्पाइ सुरक्षित राख्नुहोस।

_

६/ ६ महिना मा आफैंले परिक्षण गर्नुहोस्।

यदि बिल र हिसाब फरक परे_ एउटा नक्कली बिल मागेर थप्न सकिन्छ।

__

७) खर्च शिर्षक वैधानिक बनाउनु होस वि व्य स बाट माइन्युट गरेर 

जस्तो पालिका जाँदा बाटो खर्च रु १००० स्कुल को खाताबाट चलाउन पाउने _ जिल्ला जाँदा १५०० स्कुल को कामले जाँदा__

यसरी भोलि कतै हिसाब नमिले पनि एक दिन गएको ठाउँमा ३ दिन गएको राख्न सकिन्छ।

___________________________________________


प्र अ शेरको सवारी हो। मजबूत भएर चलाउन सके मान_शान हुन्छ।

बिचमा धरमराए त्यहि बाघको शिकार बनिन्छ।

ध्यान दिनुहोला।

जिम्मेवारी लिनुहोस् तपाईं लाइ हरेक कुरामा सहयोग हुनेछ।

*****

तपाईं प्र अ हुनुहुन्छ भने एकजना लाइ निमित्त प्र अ बनाउनुहोस् तपाईं लाइ फाइदा हुन्छ।

तर

यस्तो व्यक्ति लाइ मात्र बनाउनुहोस्।


जो

___________________________________________


१) स्थानिय नहोस 

२) दिमाग कम भएको शाहस बढी भएको होस।

३) ऐन कानुन _ मुद्दा _ कार्वाही यस्तो झमेला नबुझेको होस् 

४) बाहिर कुरा नकाट्ने होस

५) दिएको गाँस नबोलि खाने होस् 

६) सिकाएको कुरा मात्र गर्ने होस डमी होस् 

७) खाजा को सँयोजक पनि त्यसैलाई बनाउनुहोस् 

८) विद्यार्थी हरुले जसलाई कम रुचाउँछन् वा जो कामचोर छ । वा पढाउन नजान्ने छ त्यसलाई बनाउनुहोस् 

९) वि व्य स बाट माइन्युट गरेर नै दिनुहोस् ऊ जिम्मेवार बन्छ।

१०) यति गर्न सके प्र अ सुरक्षित बन्नुहुन्छ।

प्र अ को बदनाम हुनु स्कुल को बदनाम हो।

_________________________________________


जो निमित्त बन्नु भएको छ सचेत रहनुहोला किन मलाई मात्र बनायो सोच्नुहोला।


@ Naba Raj Bhatta (Facebook)

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books