IEMIS Salary
शिक्षक र कर्मचारीको विवरण र तलबभत्ताको माग फाराम भर्दा ध्यान दिनु पर्नेकुराहरुः
१. सर्वप्रथम विद्यालयमा भएका सबै शिक्षक कर्मचारीको सूची तयार गर्ने।
२. सूचीमा भएका सबै शिक्षकहरुको आधारभुत विवरण(Basic Information)मा रहेका सबै Tab हरू अनिवार्यरुपमा भर्ने।
३. यसरी विवरण भर्दा कुनैपनी विवरण नछाड्ने। केही विद्यालयहरुले * लगाएकामा मात्र ध्यान दिदा अरू विवरण छुटेको हुनाले यस पटक सबै विवरण नभर्दा सम्म तलबभत्तामा नदेखाउने हुदा
विशेष ध्यान दिनुहुन।
४. त्यसपछी विद्यालय मात्र छनोट गरी(अरु छनोट नगरी) लोड गर्ने।लोड गरेपछी Action को Tab मा Click गरी Edit मा Click गर्ने त्यसपछी Qualification,Experience र
Training अनिवार्य रुपमा भर्दै जाने।
५. Qualification भर्दा तल्लो बाट माथिल्लो सबै भर्दै जाने। जस्तो कुनै शिक्षक/कर्मचारीले स्नातक सम्म अध्ययन गरेको भए सर्वप्रथम SLC, +2/Intermidate,स्नातक गर्दै भर्नु पर्छ।
यसमा भएका सबै फिल्डहरू अनिवार्यरुपमा भर्ने।
६. Experience भर्दा कुनै शिक्षक/कर्मचारीले यस भन्दा अगाडी जुन जुन विद्यालयमा जुन जुन तहमा अध्ययापन गरेको छ सोको विवरण अघिल्लो देखी पछिल्लो क्रममा भर्दै जाने र हाल कार्यरत पदमा
पहिले अध्यापन गरेका विद्यालयमा No र हाल अध्यापन गरिरहेको विध्यालयमा हाल कार्यरतमा Yes गर्ने। यसमा भएका सबै फिल्डहरू अनिवार्यरुपमा भर्ने।
७. Training Tab मा विवरण भर्दा जुन जुन शिक्षक/कर्मचारीले सेवाकालिन तालिम वा अन्य तालिम लिएको भएमा मात्र भर्ने।
८. यसपछी मात्र तलबभत्ताको मेनुमा शिक्षक/कर्मचारीहरूको नाम देखाउछ। नत्र देखाउदैन। यदी विद्यालयमा २० जना शिक्षक/कर्मचारीको रहेका छन् भने १९ जना शिक्षकको विवरण पुर्ण छ तर
१ जना शिक्षकको कुनै एक ठाउँको विवरण नभरिेएमा कुनै पनी शिक्षक/कर्मचारीहरूको नाम देखाउदैन।
९. यसरी भर्दा कुनै समस्या भएमा स्थानीय तहको शिक्षा शाखामा सम्पर्क गर्ने। स्थानीय तहले समस्या सामाधान गर्न नसकेमा स्थानीय तहले IEMIS Section को Support Number 1-6638704
9709089702 र ईमेल iemis@cehrd.gov.np मा सम्पर्क गर्नुहुन।
धन्यवाद।
#शैक्षिक_तथ्याङ्कको_सत्यपना_हामि_सबैको_अभियान
#हाम्रो_विवरण_हाम्रो_जिम्मेवारी
Comments
Post a Comment