८२१०१७ मा. वि. बढुवा

 

नेपाल सरकार

शिक्षक सेवा आयोग

आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा-२०८२

तह माध्यमिक       श्रेणी: द्वितीय

समय : ४० मिनेट      सेट: A      पूर्णाङ्क : ४०


वस्तुगत प्रश्नपत्र


उम्मेदवारले आफ्नो प्रत्रपवको माथि दायाँतर्फ बक्सभिव विइएको सेट (A, B, C वा D मध्ये कुनै एक) बस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रह हुनेछ। साथै, सही उत्तरलाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोटा (A, B, C वा मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ।


१. नवप्रवर्तनात्मक शैक्षणिक योजना (Innovative Instructional Planning) मा आधारित भएर बिद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप गर्दा शिक्षकले आफ्नो भूमिकालाई मूल रूपमा कसरी प्रस्तुत गरेको हुन्छ ?

A. सुपरीवेक्षक (Supervisor) को रूपमा

B. सहजकर्ता (Facilitator) को रूपमा

C. मेन्टर (Mentor) को रूपमा

D. अन्वेषक (Investigator) को रूपमा


२. शिक्षण सिकाइको क्रममा विद्यार्थीको पढाइमा कमजोरी देखिएपछि त्यसको कारण पत्ता लगाउन विशेष मूल्याङ्कन गरिन्छ भने त्यस्तो मूल्याङ्कन तलकामध्ये कुन प्रकारको मूल्याङ्कन हो ?

A. निदानात्मक

B. निर्णयात्मक

C. निर्माणात्मक

D. निरन्तर


३. मामला अध्ययनमा आधारित कार्यमूलक अनुसन्धानमा रूपान्तरण (Transformational change) ले के बुझाउँछ ?

A. विद्यालयको भौतिक अवस्थामा सुधार

B. प्रविधि प्रयोगको विस्तार

C. शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ प्रक्रियामा आमूल परिवर्तन

D. आर्थिक स्रोतको सुदृढीकरण


४. कक्षा शिक्षणमा मुख्य सिकाइ (Mastery Learning) को प्रयोग गर्दा यसका विभिन्न चरणहरूमध्ये एउटा चरणमा विद्यार्थीहरूलाई विभिन्न उदाहरणका साथै विभिन्न प्रश्नहरू दिइन्छ र तिनै उदाहरणको आधारमा प्रश्नहरु हल गर्न लगाइन्छ भने यो तरिकालाई के भनिन्छ ?

A. निर्देशित अभ्यास (Structured Practice)

B. नियन्त्रित अभ्यास (Guided Practice)

C. स्व-निर्देशित अभ्यास (Self-directed Practice)

D. उत्प्रेरित अभ्यास (Motivated Practice)


५. शिक्षक पेसागत विकास प्रारूप (परिमार्जित संस्करण), २०८० मा उल्लेख भएअनुसार शिक्षकका सक्षमताहरूमा समावेश नगरिएको ज्ञान तलकामध्ये कुनचाहिँ हो ?

A. विषयवस्तुको ज्ञान

B. शिक्षण सिकाइको ज्ञान

C. सामाजिक संवेगसम्बन्धी ज्ञान

D. कक्षा व्यवस्थापनको ज्ञान


६. एउटा विद्यालयमा सबै विद्यार्थीलाई समान पाठ्यक्रम र मूल्याङ्कन लागू गरिन्छ, तर भाषा, संस्कृति र क्षमतामा फरक भएका विद्यार्थीको आवश्यकता छुट्टै रूपमा सम्बोधन गरिएको छैन । विद्यालयले यसलाई 'समानता' को उदाहरण मान्छ । यस अवस्थामा लोकतान्त्रिक शिक्षाको दृष्टिले सबैभन्दा उपयुक्त सुधार के गर्न सकिन्छ ?

A. सबैको लागि एउटै परीक्षा पद्धति लागू गर्ने

B. व्यक्तिगत विभिन्नताअनुसार शिक्षण रणनीति अपनाउने

C. शिक्षकको कक्षाकोठाको नियन्त्रण बढाउने

D. विद्यार्थीको सहभागितालाई समानताको दृष्टिले कार्यान्वयन गर्ने


७. शिक्षक मेन्टोरिङ् (Mentoring) तलकामध्ये कस्तो कार्य हो ?

A. विद्यालय निरीक्षक वा विषय विज्ञले शिक्षकहरुसँगको सल्लाह अनुसार उपचारात्मक सुपरीवेक्षण र नमूना शिक्षण प्रदर्शन गर्ने

B. प्रशिक्षकसँग मिलेर शिक्षण सिकाइ क्रियाकलापका कुनै विषयमा शिक्षकले अनुसन्धान गर्ने

C. शिक्षक र विद्यार्थी मिलेर परियोजना कार्यको सञ्चालन र त्यसको संयुक्त अनुगमन गर्ने

D. दक्ष एवम् अनुभवी शिक्षकसँग बसेर काम गर्दै नवप्रवेशी शिक्षकले आफूलाई परिष्कृत गर्दै लैजाने ।


८. सिकाइमा संवेगात्मक तत्त्वको सबैभन्दा नकारात्मक प्रभाव कुन अवस्थामा देखिन्छ ?

A. मध्यमस्तरको चिन्ता

B. अत्यधिक चिन्ता र तनाव

C. पूर्णरूपमा चिन्तारहित अवस्था

D. सकारात्मक संवेगको अवस्था


९. राष्ट्रिय पाठ्यक्रम प्रारूपले तय गरेको खाकाबमोजिम आधारभूत तहमा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको नेतृत्त्व गर्ने अवसर पाउँदा तपाईं तल दिइएका कामहरूमध्ये सबभन्दा पहिले कुन काम गर्नुहुन्छ ?

A. राष्ट्रिय पाठ्यक्रम प्रारूपका आधारमा कक्षागत सिकाइ उपलब्धि तय गर्ने

B. स्थानीय परिवेश हेरी उपयुक्त विषयवस्तुको पहिचान गर्ने

C. स्थानीय तहमा आवश्यकताको पहिचान गर्ने

D. कक्षागत उद्देश्य र सोको प्राप्तिका लागि छुट्‌याउन सकिने समय निर्धारण गर्ने


१०. शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेको अनलाइनमा आधारित एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आवश्यक पर्ने व्यक्तिगत तथा संस्थागत शैक्षिक विवरणहरू प्रविष्टि गर्ने र समय समयमा त्यसलाई अध्यावधिक गर्ने दायित्व र जिम्मेवारी कसको हो ?

A. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको सम्बन्धित शाखाको

B. विद्यालयको

D. शिक्षा विकास तथा समन्वय इकाइको

C. स्थानीय तहमा रहेको शिक्षा शाखाको


११. विद्यालयको कक्षाकोठामा शिक्षकले नियमित रूपमा गर्ने कार्यमूलक अनुसन्धान (Action research) बाट तुलनात्मक रूपमा कम अपेक्षा गरिने विषय कुन हो ?

A. सिद्धान्त प्रतिपादन

B. सहकार्यात्मक अभ्यास

C. सशक्तीकरण

D. निरन्तर सुधार


१२. विशिष्टीकरण तालिकाले परीक्षाको कुन गुण सुनिश्चित गर्छ?

A. आधार-प्रासङ्गिक वैधता

B. विषयगत वैधता

C. रचना वैधता

D. समवर्ती वैधता


१३. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९) मा उल्लेख भए अनुसार माध्यमिक शिक्षा (कक्षा ९-१२) का सक्षमतामा कुन कुरा अपेक्षित छैन ?

A. उच्च तहमा अध्ययनको आधार विकास

B. व्यावहारिक गणितीय ज्ञान र सिपको बोध र प्रयोग

C. मातृभाषा, सांस्कृतिक परम्पराको निरन्तरता र अनुशीलन

D. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वास साथ तयारी


१४. विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ मा भएको व्यवस्थाअनुसार परीक्षण प्रतिवेदनको कार्यान्वयन गर्ने प्रमुख दायित्व कसको हुने गरी तोकिएको छ ?

A. अभिभावक सङ्घ

B. विद्यालय प्रशासन

C. स्थानीय तह

D. विद्यालय व्यवस्थापन समिति


१५. शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) को प्रयोग गर्दा देखिने मूल चुनौती कुन हो?

A. वैयक्तीकृत सिकाइ व्यवस्था गर्ने

B. उपयुक्त सामग्री विकास गर्ने

C. नैतिक एवम् जिम्मेवारीपूर्ण प्रयोग गर्ने

D. विद्यार्थीलाई सिकाइमा संलग्न गराउने


१६. शिक्षा नियमावली, २०५९ बमोजिम शिक्षकहरूले तोकिएको आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?

A. प्रधानाध्यापक

B. विद्यालय व्यवस्थापन समिति

C. शिक्षक अभिभावक सङ्घ

D. स्थानीय तह


१७. दिगो विकासको लक्ष्य-४ को मुख्य उद्देश्य कुन हो?

A. विद्यालय शिक्षामा लगानी बढाउनु

B. विद्यालयमा सबै शिक्षकलाई तालिम दिनु

C. शिक्षामा समता र न्याय सुनिश्चित गर्नु

D. सबैलाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु


१८. विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका, २०८० मा उल्लेख भएअनुसार योजना चक्रमा कुन कुरा समावेश छैन ?

A. योजना निर्माण

B. कार्यान्वयन

C. अनुगमन

D. समीक्षा


१९. माध्यमिक तह (कक्षा ९-१०) का विद्यार्थीलाई समुदायमा पठाएर परियोजना कार्य गराउनुको मूल अभिप्राय के हो?

A. शिक्षकको अनुपस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनु

B. सिकाइलाई व्यावहारिक जीवनसँग जोड्नु

C. विद्यार्थीलाई समुदायमा गएर अनुसन्धान गर्नसक्ने बनाउनु

D. सिकाइका लागि विद्यालय समुदाय सम्बन्धलाई प्रभाबकारी बनाउनु


२०. सामाजिक-सांस्कृतिक सिकाइ सिद्धान्त तलकामध्ये कोसँग सम्बन्धित छ ?

A. एडवार्ड बर्नडाइक

B. जीन पियाजे

C. जोन डिवे

D. लेभ भिगोत्स्की


२१. राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम औपचारिक र अनौपचारिक माध्यमबाट प्राप्त ज्ञान, सिप र दक्षतालाई व्यावसायिक योग्यतामा बदल्न नीति निर्माताको रूपमा तपाईंले कुन पद्धति लागु गर्नुहुन्छ ?

A. Standardized Test

C. Credit Banking and Transfer

B. Licensing and Accreditation

D. National Assessment of Skills


२२. शिक्षक अभिभावक सङ्घको कार्यकारी समितिको काम, कर्तव्य र अधिकार तल दिइएकामध्ये कुनचाहिँ हो ?

A. विद्यालय सुधार योजना बनाउने र कार्यान्वयन गर्न लगाउने

B. विद्यालयका काम कारवाहीको वार्षिक रुपमा सामाजिक परीक्षण गर्ने

C. वैकल्पिक शिक्षा मार्फत पढाइ पूरा गरेका वालवालिकालाई विद्यालयमा भर्ना गराउने

D. विद्यालयको शैक्षिक गतिविधिबारे नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा अन्तरक्रिया गर्ने


२३. सिकाइ आपूरण तथा दूत सिकाइ योजना (Recovery and Accelerated Learning (ReAL.) Plan) कार्यान्वयन गरी सिकाइ अवस्था कमजोर भएका बालबालिका पहिचान र सिकाइ कार्य सञ्चालन गर्न कस्तो मूल्याङ्कनको व्यवस्था गरिएको छ ?

A. निर्माणात्मक

B. निदानात्मक

C. निर्णयात्मक

D. परीक्षाबाहेकका साधन,


२४. लेटर ग्रेडिङ निर्देशिका, २०७८ (संशोधन सहित) अनुसार विद्यालय शिक्षामा विद्यार्थी मूल्याङ्कनमा ग्रेड निर्धारण गर्दा विद्यार्थीको उपलब्धि प्रतिशत ६० र सो भन्दा माथि ७० भन्दा कमका लागि स्तरीकृत अङ्क, उपलब्धि स्तरको अक्षर र व्याख्या तलकामध्ये कुन हो ?

A. ३.२, B+, उत्कष्ट (Very Good)

C. २.८, B, उत्कृष्ट (Very Good)

B. ३.२, B+, उत्तम (Good)

D. २.८. B, उत्तम (Good)


२५. शिक्षक पेसागत विकास प्रारूप, २०८० मा शिक्षकको पेसागत विकासका लागि उल्लेख नभएको विधि कुन हो ?

A. प्रमाणीकरण शिक्षक तालिम

B. शिक्षक मेन्टरिङ

C. उच्च शिक्षा अध्ययन

D. कार्यमूलक अनुसन्धान


२६. नेपालको भाषिक विविधतालाई आधार मानी नेपालको संविधानको कुन धारामा मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूति गरिएको छ ?

A. धारा ३१

B. धारा ३२

C. धारा ३३

D. धारा ३४


२७. विद्यालयमा हुने सार्वजनिक सुनवाइमा अभिभावकको भूमिका तलकामध्ये कस्तो हुनुपर्ने अपेक्षा गरिएको हुन्छ ?

A. निष्क्रिय श्रोता

B. सहभागीको रूपमा

C. सुझाव र पृष्ठपोषण प्रदान गर्ने

D. दाताको रूपमा


२८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ मा त्रिभुवन विश्वविद्यालयले कहिले देखि प्रमाणपत्र तहको कक्षा सञ्चालन बन्द गर्न सिफारिस गरिएको थियो ?

A. वि.सं. २०५०

B. वि.सं. २०५२

C. वि.सं. २०५३

D. वि.सं. २०५५


२९. आफूलाई पढाउने शिक्षकले निसङ्‌कोच रूपमा चुरोट र रक्सीको सेवन गरेको देखेको विद्यार्थीले त्यस्तो व्यवहारको बढी नक्कल गर्दछ । अनुकरणात्मक सिकाइ सिद्धान्तको व्याख्या गर्दा यस घटनामा उक्त शिक्षकको भूमिकालाई कुन रूपमा व्याख्या गर्नुहुन्छ ?

A. खराब नमूना (Bad model)

B. वास्तविक नमूना (Real Life model)

C. सांकेतिक नमूना (Symbolic model)

D. प्रेरक नमूना (Motivational model)


३०. विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगसम्बन्धी हातको राष्ट्रिय रणनीति के हो ?

A. मूल विषयहरूलाई प्राथमिकतामा राखी विभिन्न कक्षाका अन्तरक्रियात्मक डिजिटल सामग्री विकास गर्ने

B. सबै कक्षाका सबै विषयमा डिजिटल सामग्री विकास गर्ने

C. नयाँ शिक्षक दरबन्दी थप गर्नुको स‌ट्टा अनलाइन पठन पाठन विस्तार गर्ने

D. माध्यमिक तहमा कम्प्युटर विषयमा प्रत्येक विद्यालयमा अलग्गै शिक्षकको व्यवस्था गर्ने


३१. कक्षाकोठा व्यवस्थापनको प्रमुख पक्ष कुन हो ?

A. भौतिक व्यवस्थापन र बसाइ

C. मनोवैज्ञानिक वातावरण र उत्साह

B. सिकाइ वातावरण र सहभागिता

D. सामाजिक वातावरण र मेलमिलाप


३२. सिकाइ उपलब्धिसम्बन्धी अनुसन्धान गर्दा एकभन्दा बढी तथ्याङ्कका स्रोतहरूको प्रयोग गर्ने विधिलाई के भनिन्छ ?

A. Data Collection

C. Data Classification

B. Data Tabulation

D. Data Triangulation


३३. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ ले दफा २६ मा गरेको व्यवस्थाअनुसार विद्यालयले प्रदान गर्ने शिक्षणको माध्यमका सम्बन्धमा कुन कुरा उल्लेख छैन ?

A. विद्यालयले निर्धारण गर्ने

C. अङ्ग्रेजी भाषा हुने

B. नेपाली भाषा हुने

D. सम्बन्धित नेपाली समुदायको मातृभाषा हुने


३४. राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रधानाध्यापकको रूपमा तपाईंले माध्यमिक तहको (कक्षा ९-१०) मा वार्षिक कति कार्यघण्टा हुने गरी योजना निर्माण गर्नुहुन्छ ? 

A. ८३२ घण्टा

B. १०२४ घण्टा

C. ११३२ घण्टा

D. ११४८ घण्टा


३५. मानव अधिकारमा आधारित शिक्षाअन्तर्गत नेपालको संविधानले दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्‌केतिक भाषाको माध्यमवाट कस्तो शिक्षा पाउने व्यवस्था गरेको छ ?

A. आधारभूत तहसम्मको निःशुल्क शिक्षा

C. कानूनबमोजिम उच्च शिक्षासम्मको निःशुल्क शिक्षा

B. माध्यमिक तहसम्मको निःशुल्क शिक्षा

D. कानूनबमोजिम निःशुल्क शिक्षा


३६. यदि तपाईंले शिक्षण सिकाइमा दैनिक तालिका अनुसार काम भएको छ कि छैन भनेर ध्यान दिने, दैनिक घटनालाई महत्त्व दिई त्यसवाट अनुभव हासिल गर्ने र विद्यार्थीको सिकाइस्तर बढाउन प्रतिबद्ध भै पेसागत जिम्मेवारीलाई वहन गर्ने गर्नुभयो भने तपाईंले गरेको अभ्यासलाई शिक्षकको पेसागत विकासका ढाँचाहरूमध्ये कुन ढाँचाको प्रयोग भएको मान्न सकिन्छ ?

A. परियोजनामा आधारित मोडल (Project-based Model)

C. रिफ्लेक्टिभ मोडल (Reflective Model)

B. स्व-निर्देशित मोडल (Self-directed Model

D. कास्केड मोडल (Cascade Model)


३७. विपद व्यवस्थापनअन्तर्गत जोखिम न्यूनीकरणको अवधारणासित असम्बन्धित कुरा तलकामध्ये कुनचाहिँ हो ?

A. नयाँ निर्माणको थालनी (Construction of new project)

B. आपतकालीन पूर्व तयारी (Preparation)

C. प्रतिकार्य (Response)

D. पुनर्लाभ (Recovery)


३८. स्थानीय पाठ्यक्रमको विशेषतामा नसमेटिएको कुरा तलकोमध्ये कुनचाहिँ हो ?

A. स्थानीय आवश्यकतामा आधारित

C. राष्ट्रिय पाठ्यक्रमको खाकासँग मिलान भएको

B. लचिलो मागमा आधारित

D. पूर्व निर्धारित आपूर्तिमा आधारित


३९. विद्यालय शिक्षामा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्ने जिम्मेवार निकाय कुन हो ?

A. शैक्षिक गुणस्तर परीक्षण केन्द्र

B. राष्ट्रिय परीक्षा बोर्ड

C. शिक्षा तथा मानव स्रोत विकास केन्द्र

D. पाठ्यक्रम विकास केन्द्र


४०. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को प्रस्तावनामा उल्लेख भएअनुसार कस्तो प्राविधिक जनशक्ति उत्पादन गर्नु परिषद्‌को कार्यक्षेत्रभित्र पर्दैन ?

A. आधारभूत प्राविधिक जनशक्ति

C. उच्चस्तरीय प्राविधिक जनशक्ति

B. मध्यमस्तरीय प्राविधिक जनशक्ति

D. विशिष्टीकृत प्राविधिक जनशक्ति


समाप्त


*******


बिषयगत प्रश्नहरू:

१. माध्यमिक तहको शिक्षामा तोकिएको उमेर समूहका बालबालिकाको पहुँचको अवस्था चित्रण गर्दै सो तहको शिक्षा पूरा गर्ने विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था उल्लेख गर्नुहोस् । पहुँच विस्तार एवम् सिकाइ उपलब्धि सुधारका पक्षहरूमा के कस्ता समस्याहरू रहेका छन् ? ती समस्या समाधानका लागि केकस्ता कार्य गरिनुपर्छ ? नेपालको विद्यालय शिक्षासम्बन्धी नीति, कानुन, कार्यक्रम तथा उपलब्ध तथ्याङ्कका आधारमा तार्किक विवेचना गर्नुहोस् । ३+३+४


२. विद्यालयमा विभिन्न योजना निर्माण गरी कार्यान्वयन गरिन्छ । प्रमुख शैक्षिक योजना र शैक्षणिक योजनाको सूची बनाउनुहोस् । अधिकांश विद्यालयले यस्ता योजना निर्माण र कार्यान्वयन गरेको पाइदैन । यसका प्रमुख कारणहरु के के हुन् ? योजना निर्माण र कार्यान्वयनको अभ्यासलाई सुधार गर्न विद्यालय प्रधानाध्यापकको रूपमा तपाईंले गर्ने कार्यहरुको संक्षिप्त व्याख्यासहित उल्लेख गर्नुहोस् ।२+४+४


३. विद्यालय शिक्षाका पाठ्यपुस्तक छपाइ र वितरणमा राज्यले ठुलो लगानी गरिरहेको छ। पाठ्यपुस्तक बालबालिकाको सिकाइको मुख्य सामग्री हो। यसलाई पुनः प्रयोग गर्न सकिएमा त्यसबाट बचत भएको रकम अन्य पाठ्यसामग्रीमा उपयोग गर्न सकिन्छ । यसबाट विद्यालय शिक्षाको गुणस्तर सुधार हुने अपेक्षासमेत गर्न सकिन्छ । यस सन्दर्भमा तलका प्रश्नहरूको जवाफ दिनुहोस् : 

क) पाठ्यपुस्तक पुनः प्रयोग गर्न विद्यालयले खेल्नुपर्ने भूमिका के के हुनसक्छ ? ३

ख) पाठ्यपुस्तक पुनः प्रयोग गर्दा आइपर्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरू के के हुन सक्छन् ? ४

ग) विद्यालय शिक्षाको गुणस्तर सुधार र पठन संस्कृतिको विकासमा विद्युतीय पुस्तकालयको आवश्यकता प्रस्ट पार्नुहोस् । ३


४. साक्षरता जीवनयापनको आधारभूत सिप हो। साक्षरता र जीवनपर्यन्त शिक्षाका सम्बन्धमा हालसम्म धेरै प्रयासहरू गरिएता पनि अझै धेरै स्थानीय तह साक्षर घोषणा हुन बाँकी नै रहेको देखिन्छ । यसको समीक्षा गर्दै सबै नेपाली साक्षर भई साक्षर नेपालको सपना पूरा गर्नका लागि आगामी दिनमा विद्यालय तथा स्थानीय निकायले के कस्ता कार्यक्रम र योजना तर्जुमा गर्न उपयुक्त ठान्नुहुन्छ ? सुझावसहितको कार्ययोजना प्रस्तुत गर्नुहोस् । ५+३+२


५. शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विभिन्न प्रतिवेदनहरूले हाम्रा विद्यार्थीहरूको सिकाइ उपलब्धि सन्तोषजनक अवस्थामा नरहेको दृष्टान्त प्रस्तुत गरेका छन् । खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुको सिकाइ सुधारको लागि शिक्षा क्षेत्रका रणनीतिहरु के के हुन सक्छन् ? विद्यार्थीको सिकाइ सुधारका लागि पाठ्यक्रम निर्माण, शिक्षक क्षमता विकास, शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कन प्रणालीमा कस्तो रूपान्तरण आवश्यक छ ? कार्यान्वयनयोग्य रणनीति प्रस्तुत गर्नुहोस् । 


६. शिक्षकले कार्यमूलक अनुसन्धान गर्नुपर्नाको उद्देश्य, प्रस्तावना लेखन, प्रतिवेदन तयारी र उपयोगका बारेमा प्रस्ट पार्नुहोस् । २+२+३+३


समाप्त

Comments

Popular posts from this blog

Leave बिदा

शिक्षक आन्दोलन २०८१/८२

Books