Posts

Showing posts from November, 2022

EPF Online Entry

 कर्मचारी सञ्चयकोषमा office KYC र अनलाइन फाटबारी इन्ट्री गर्ने तरिका KYC DATA EDIT को लागि ध्यान दिन पर्ने कुरा : Please note that, if you have need to update and changes any data (mobile No., Bank Account, Password reset, PAN No. Name, Address, Date etc) in your KYC, please fill the application (you can download from our website www.epf.org.np ) with your signature and your organization's authorized person's signature with related supporting document then send it on our email id kyc@epf.org.np or contact our nearest branch.  KYC Reject कार्यालयको KYC भर्दा Office Code मिलेको हुनु पर्ने र इमेलमा कार्यालयकै इमेल राख्नु पर्नेमा व्यक्तिको इमेल राखेर KYC submit भएको अवस्थामा Office KYC reject हुने हुँदा आफ्नो कार्यालय को Office Code एकिन गरि कार्यालयकै इमेल राखेर KYC submit गर्नु होला /  Office KYC भर्दा ध्यान दिनु पर्ने कुरा: कोषले सञ्चयकर्तालाई प्रवाह गर्ने बिभिन्न सेवा सुविधा सरल, सहज र प्रभावकारी बनाउन कोष कट्टी गर्ने कार्यालयको Office KYC बिवरण अध्याबधिक गर्ने कार्य भै र...

यक्ष र युधिष्ठिरबिचको संवाद

  यक्ष र युधिष्ठिरबिचको संवाद । (लामो भए पनि रोचक छ । पढ्नु होला, पछुतो हुँदैन) यक्ष – जीवनको उद्देश्य के हो ? युधिष्ठिर – जीवनको उद्देश्य जीवमा भएको चेतन तत्त्वलाई जान्नु हो र जीवन/मरणको चक्रबाट छुटकारा पाउनु हो । जीवन/मरणको चक्रबाट छुटकारा पाउनु नै मोक्ष हो । यक्ष– जन्मको कारण के हो ? युधिष्ठिर – अतृप्त वासना, कामना र कर्मफल नै जन्मको कारण हो । यक्ष– जन्म र मरणको बन्धनबाट को मुक्त छ ? युधिष्ठिर – जसले स्वयंलाई अर्थात् त्यस आत्मालाई जान्यो त्यो जन्म/मरणको बन्धनबाट मुक्त छ । यक्ष– वासना र जन्मबिच के सम्बन्ध छ ? युधिष्ठिर – जस्तो वासना त्यस्तै जन्म । यदि वासना पशुजस्तो छ भने पशु योनीमा जन्म । यदि वासना मनुष्यजस्तो छ भने मनुष्य योनीमा जन्म । यक्ष– संसारमा दुःख किन छ ? युधिष्ठिर – लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो । यक्ष–त्यसो भए ईश्वरले दुःखको रचना किन गरे ? युधिष्ठिर – ईश्वरले संसारको रचना गरे भने मनुष्यले आफ्नो विचार र कर्मले दुःख/सुखको रचना गरे । यक्ष– ईश्वर के हो ? उसको रूप कस्तो छ ? ऊ स्त्री हो कि पुरुष? युधिष्ठिर – हे यक्ष! कारणबिना कार्य हुन सक्तैन । यो संसार (कारण) नै ...

शिक्षा भौचर

  शिक्षामा भौचर के हो ? School Voucher/Education Voucher --- राजनितिक दलहरुका घोषणा पत्र/संकल्प पत्र आइरहदा नेपाली #काग्रेसको संकल्प पत्रमा उल्लेख भएको शिक्षामा भौचर पद्धतिको बारेमा जिज्ञासा शुरु हुन थालेको छ ! भौचरको बारेमा विश्वमा भएका केही अभ्यास अध्ययन गर्दा बुझेका कुरा--- *मानव अधिकारको रुपमा रहेको अनिवार्य र निशुल्क प्राथमिक (आधारभुत) शिक्षा र निशुल्क माध्यमिक शिक्षा सरकारले कार्यन्वयन गर्न भौचर पद्धती कार्यन्वयनमा ल्याएको पाइयो ! *भौचर सरकारले बालबालिकालाई अध्ययनका लागि दिने प्रमाणपत्र हो जसको अभिलेखिकरण सरकारले गर्छ ! *विद्यालय पढने उमेरका बालबालिका सबैलाइ सरकारले भौचर दिन्छ जुन भौचरको आधारमा विद्यार्थी विद्यालय पढन जान्छन ! *भौचरको आधारमा विद्यार्थी/अभिभावकले विद्यालय छनोट गर्ने (school choice) अवसर पाउँछन्, आफुले चाहेको विद्यालयमा पढन सक्छन ! *सरकारले प्रती विद्यार्थी लगानी सुनिस्चित गर्छ र त्यो बराबरको लगानी सरकारको हुन्छ ! *विद्यालय छनोट सामान्यतया सामुदायिक वा निजि जुन पनि हुन सक्छ ! केही देशले सामुदायिकलाई मात्र राखेका छन भने केहिले दुबै ! *गरिब तथा मध्यम वर्गका लाई अ...