Posts

विद्यालय

  अभिभावक ज्युहरुले बुझ्नुपर्ने ! १. जहाँ होमवर्क दिइन्छ त्यो होमोकालय हो ! २. जहाँ कोठाभित्र थुनेर रटाइन्छ त्यो पिँजडालय हो ! ३. जहाँ किताबको कुरा बताइन्छ त्यो सूचनालय हो ! ४. जहाँ निर्णयात्मक ग्रेडसिट दिइन्छ त्यो परीक्षालय हो ! ५. जहाँ English बेचिन्छ त्यो भाषालय हो ! ६. जहाँ बालबालिका पिटिन्छ त्यो यातनालय हो ! ७. जहाँ यौन दुर्व्यवहार गरिन्छ त्यो पिपाशुलय हो ! ८. जहाँ बालबालिकालाई सिकाइन्न त्यो ठगालय हो ! ९. जहाँ कडा नियममा राखिन्छ त्यो बधुवालय हो ! १०. जहाँ A र A प्लसको भूत दिइन्छ त्यो भूतालय हो ! ११. जहाँ सीप सिकाइन्न त्यो बेरोजगारलय हो ! "जहाँ प्रत्यक्ष प्रयोग गरेर बालबालिका आफैं सिक्दछन् र सिकेको कुरा उनीहरुले व्यबहारमा परिवर्तन गर्दछन् त्यो मात्र  विद्यालय हो !"  माथिका लयहरु जस्तामा छोराछोरी बुझाएर सन्ततिको भविष्य बर्बाद नगरौं !  अबको युग होमस्कूलिङको युग हो ! घरलाई स्कुल र स्कुललाई घर बनाऔं ! #Src_Social_Sites

कमजोर पढाईका कारण

 वर्तमान अवस्थामा विद्यार्थीहरुमा अनुशासनहिनता तथा पढ़ाई प्रति उदासीनता देखिनु पछाडिका केहि प्रमुख कारणहरु : 1. ग्रेड सिस्टम : यसले विद्यार्थिहरुमा नपढ़िकन पनि पास हुन सकिन्छ भन्ने धारणाको विकास भएको छ। फेल हुने डर नै हराएर गएको छ जबकि जीवनको हरेक क्षेत्रमा आफूले गरेको मेहनतको आधारमा फेल र पास हुने सिद्धान्त कायम छ । स्वभावले नै मानिस मौजमस्ती खोज्ने प्राणी ( Pleasure seeking animal) हो। यस अवस्थामा नपढीकन पनि पास भइन्छ भन्ने ग्रेड सिस्टमले  विद्यार्थिहरुलाई पढ़ाई प्रति गम्भीर हुन दिएको छैन। 2. चीटिंग सिस्टम : SEE परीक्षा होस या 12 को परीक्षा फेल हुने विद्यार्थिहरु पनि व्याप्त चीटिंगले गर्दा राम्रो डिवीजनमा पास भएका छन। यसले आफू भन्दा जूनियर विद्यार्थिहरुमा प्रत्यक्ष सन्देश दिएको छ : चिंता नगर नपढीकन पनि चोरेर पास हुन हुन्छौ र जब विद्यार्थिहरुसंग मेहनत गरेर पढेर पास हुने र चोरेर पास हुने दुइवटै विकल्प छन भने ऊनीहरु सजिलो तरीका चोरेर पास हुने छनोट गर्छन।  3. पढ़ाई बाहेक आनन्दको विकल्प : हाम्रो बेलामा हामी संग दुइवटा बिकल्प हुन्थे : की त पढ्नु पर्यो की त खेतमा  या जंगलमा य...

बालबालिकामा हर्ट अट्याक

 अभिभावकहरु ध्यान दिनुहोस्  हार्ट अट्याकबाट ११ बर्षिय विद्यार्थीको मृत्यु कारण डाक्टरहरुले भनेका छन्:  १• बिहान बच्चाहरुलाई काचो निन्द्रामा उठाउनाले ( निन्द्रा पूरा नहुनाले )  २• बिहान नास्ता बिना खाली पेट स्कुल पठाउनाले । ३• बच्चाको कुल वजन भन्दा बढी स्कुल ब्याग बोक्नाले । ४• स्कुलको होमवर्क पूरा नगरेकोमा शिक्षकको दबाब ।   ५• बोकेर लगेको खाना खान नपाउनाले ।  ६• स्कुलबाट आउने बित्तिकै नुहाउनाले, चिल्लो गुलियो खाना खुवाउनाले । ७• घरमा आराम नगरी होमवर्क सकाउनको लागि बुबा आमाको दबाब दिनाले... अभिभावकहरु के ८-१० बर्षको बच्चालाई पनि डाक्टर, इन्जिनियर , लप्टन , इनिस्पेकट पाइलट बनाउनुहुन्छ?  आफुलाई हेर्नुहोस कति पढ्नुभाछ र तपाईंले कहिलेदेखि स्कुल जान सुरु गर्नुभयो, तपाईंले उस अबोध बच्चाको जिबनको पछी लागिरहनु हुन्छ ।  हामीले एकअर्काको देखासिकीमा बच्चाको बचपन छिनिरहेका छौँ ।  तपाई जवान हुनुहुन्छ बिहान ५ बजे उठेर अढाइ बजेसम्म रेगुलर काम गरेर देखाउनुहोस र त्यसपछि भोजन गरेर फ़ेरि तुरुन्तै काम गरेर देखाउनुहोस। सानो अबोध बच्चाको साथ यति अन्याय के सहि ह...

Practice

का ता

बिदाको सदुपयोग

 अभिभावकज्यूहरु ,                             सादर नमस्कार ! विशेषतः कक्षा नौ सम्म अध्ययनरत हजुरका नानी बाबुहरुको वार्षिक परीक्षा सकिने क्रममा छ | यस पछि उनिहरुलाई कम्तीमा १० दिन जतिको छुट्टि हुदैछ | र यो समयलाई निम्नानुसार सदुपयोग गर्ने वातावरण मिलाइदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु |  - कम्तीमा आफूले खाएका थाल कचौराहरु उनैलाई माझ्न लगाउनु होला | लुगा धुन लगाउनु होला | - बोट विरुवामा बिहान बेलुका पानी हाल्न लगाउनु होला | - बिहान / बेलुका आफूसङै आफ्नो खेतबारी तिर डुलाउन लैजानु होला | खेतीपाती देखाउनु होला | - कुनै दिनमा कुलोको मुहान , नजिकैको पाखो पखेरो , बुट्ट्यान वा झाडी अनि त्यहा बस्ने चराचुरुङ्गी आदि इत्यादी देखाउनु होला | - चार छ दिन आफन्तकोमा भेटघाट र चिनजान गराउन लैजानु होला वा पठाउनु होला | - चाडबाड , जात्रा वा पर्वहरुमा पठाउनु होला | पर्वको महत्व सम्झाउदै नववर्षको दिन एकाबिहानै माई स्नान गर्न लैजानु होला | - गाँउ तिर पाइने काफल , बयेर , अ्मिली ( इमली ), यसै गरि जामुन , केमुनो , खनियो , इसबगोल , काली ग...

अभिभावकको गल्ती

 अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत डा. विजय ज्ञवाली ‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् । बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी लगभग हरेक बालबालिकामा देखिन्छ । एकल परिवारमा आमाबाबु दुवै काममा व्यस्त हुने भएकाले बच्चालाई पर्याप्त समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बच्चालाई भुलाउन उनीहरुको हातमा मोबाइल थमाइदिन्छन् । यसले उनीहरुलाई मोबाइलको लत बसाइदिन्छ । जसबाट छुटाउन निकै सकस पर्छ । १. अभिभावकले समय नदिनु बालबच्चालाई मोबाइल वा टीभीको लत बस्नुमा अभिभावक नै जिम्मेवार हुन्छन् । आफ्ना आमाबुबालाई फोनमा व्यस्त भएको देख्दा उनीहरुले पनि त्यही सिक्ने हुन् । आमाबुबाले समय नदिंदा उनीहरुले विकल्प खोज्छन् र त्यसको पहिलो प्राथमिकतामा मोबाइल पर्छ । समय बिताउन मोबाइल चलाउँ...

घमण्डी मोबाइल

 ------------------घमण्डी मोबाइलको कुरा -------------------  म मोबाइल हुँ, मैले घडिलाई खाएँ, मैले टिभीलाई खाएँ, मैले रेडियोलाई खाएँ, मैले चिट्ठीको त नामोनिसाना छाडिन, म मोबाइल हुँ,, मैले किताबलाई खाएँ, मैले पढाइलाई खाएँ मैले मान्छेकाे  समयलाई खाएँ मैले क्याल्कुलेटरलाई खाएँ, म मोबाइल हुँ, म धेरै सानो छु तर पनि ठुलो पर्दावाला फिलिम हललाई खाएँ, मैले टर्चलाइटलाई खाएँ, मैले टेपरिकर्डरलाई खाएँ,,  मैले क्यासेट र सिडिलाई खाएँ मैले धेरै कलाकारहरुकाे पेसालाई खाएँ , मैले क्यामेरालाई खाएँ, मैले गल्ली गल्लीमा खेलिने खेललाई खाएँ  म मोबाइल हुँ,, मैले बच्चाको बालापनलाई खाएँ, जवानको जवानीलाई खाएँ, मैले धेरैकाे घरबार खाएँ मैले बाजेबज्यैको कथालाई खाएँ,, म मोबाइल हुँ, ममा ज्ञानको भण्डार छ  तर पनि प्रयोग बँचेर गर्नु ,म तपाईंको निद हरण गरिदिन सक्छु,। म होस उडाइदिन्छु, आँखाको नानी गुमाइदिन्छु,,, म मोबाइल हुँ, न म तपाईंको  कसरत गर्ने समय राख्छु  न त तपाईंको खेल्ने समय नै राख्छु,, यहाँसम्म कि म तपाईंको काम गर्ने शक्ति आधा भन्दा बढी खाइदिन्छु😍😍 हो म मोबाइल हुँ, मेरो प्रय...